काडमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो सुपर ओभरमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ। सुपर ओभरमा पोखरासँग पराजित भएसँगै विराटनगर एनपीएलको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको हो। पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ। चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरिने संघारमा छ। एनपीएलकै पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए। जसमा रेइफरले सुरुवाती दुई बलमा छक्का प्रहार गरे। तेस्रो बल डट भयो। चौथो बल चौका भयो। पाँचौ बलमा रेइफरले एक रन लिए। छैटौं…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रहरीका एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अवकाश पाउने भएका छन्। एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी भीमप्रसाद ढकाल आज मंसिर २७ गतेबाट अवकाशप्राप्त बनेका हुन्। यस्तै अर्का एआईजी किरण बज्राचार्यले पनि अवकाश पाउन लागेकी छन्। एआईजी बज्राचार्यले पुस १५ गते अवकाश पाउन लागेका हुन्। आजबाट अवकाशमा जाने ढकाल प्रहरीको मानवस्रोत विकास विभाग र बज्राचार्य उपत्यका प्रहरी कार्यालयको प्रमुख छन्। उनीहरू दुवैजना हालका प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुवँरकै ब्याची हुन्। यस अगाडि एआईजी केदार ढकालले पनि ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका थिए। उनी प्रदेश समन्यव विभाग प्रमुख थिए। अब रिक्त दुई एआईजी पदमा डीआईजीद्वय भरतबहादुर बोहरा र दुर्गा सिंह चन्दलाई…
धनगढी: स्वास्थ्य समस्या आएर भारतको नयाँ दिल्ली साकेतस्थित म्याक्स अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई सघन उपचार कक्ष (आइसियु) बाट निकालेर प्राइभेट वार्डमा सारिने भएको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि बिहीबार आइसियुबाट प्राइभेट वार्डमा सार्ने नगर प्रमुखको सचिवालयले जनाएको छ। शुक्रबारदेखि स्वास्थ्य समस्या भएका हमालको न्युरेइन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखेर उपचार भइरहेको छ। स्वास्थ्यमा सुधार भइरहेका हमाललाई वार्डमा सारे पनि चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिने जनाइएको छ। चिकित्सकले उनलाई पूर्ण आराम गर्न सल्लाह दिएको नगर प्रमुख हमालको निजी सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार उनलाई अझै केही समय चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने भएकाले परिवारका सीमित…
काठमाडौं: नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितिले उनीहरुलाई प्रहरी हवल्दारमा बढुवा गरेको हो। बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको सम्बन्धमा
काठमाडौं: नर्स जानकी धामीले नेपाल नर्सिङ संघको महासचिव पदमा उम्मेदवारी दिएकी छन्। मंसिर २८ मा हुन लागेको नेपाल नर्सिङ संघको २० औँ केन्द्रिय कार्यसमितिको निर्वाचनका लागि धामीले स्वतन्त्र रुपमा महासचिवको उम्मेदवारी दिएकी हुन्। लामो समयदेखि नर्सिङ पेसामा आवद्ध धामीले ‘नर्सिङ पेशाको नेतृत्वको लागि नियर्णकर्ता स्वयम् नर्स हो’ भन्ने मूल मुद्दा उठाएर आफ्नो उम्मेदवारी दिएकी छन्। २० वर्षदेखि नर्सिङ पेशामा आवद्ध धामी पछिल्लो समय वीरअस्पतालमा कार्यरत छन्। धामीले आफ्नो उम्मेदवारी नर्सहरुले भोग्नु परेका विभिन्न समस्या र नेपालका नर्सहरु संसरका कुनै पनि देशमा पुग्दा उत्कृष्ट छन् भन्ने सन्देश दिन समेत रहेको बताएकी छन्। धामीले भनिन्,‘‘मेरा लागि पेशा सबैभन्दा माथि हो । यही…
कञ्चनपुर: कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने कार्य गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिक जसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो। यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउछन्। तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगाएबापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाए। “बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार…
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ। बुधबार भएको खेलमा काठमान्डुसँग लुम्बिनी १८ रनले पराजित भएको हो। यो हारसँगै लुम्बिनी लायन्स एनपीएलको प्लेअफ होडबाट बाहिरिने पक्का भएको छ। अन्तिम खेलअघि बाहिरिएको लुम्बिनीले ६ मध्ये ५ खेलमा हार ब्यहोर्यो। काठमान्डुले भने चार मध्ये दुई खेलमा जित निकालेको छ। काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याए पनि लुम्बिनीले लगातार विकेट गुमाएको थियो। चार बल खेल्न बाँकी लुम्बिनी ८५ रनमा अलआउट भयो। लुम्बिनीकाओपनरद्वय आशुतोष घिरैया ४ रन र अर्जुन साउद ३ रनमा आउट भए। दुवैलाई काठमान्डुका दिपेश कँडेलले आउट गरे। अर्को ओभरमा टिम मुर्सलाई गेरार्ल्ड इरासमस ६ रन बोल्ड…
बझाङ: बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स सूदुरपश्चिम रोयल्ससँग पराजित भएको छ। लगातार चार खेल जितेको जनकपुरले आज भएको पाँचौं खेलमा पहिलो हार व्यहोरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रनमा समेटियो। जारी एनपीएलमा यो सबैभन्दा कम स्कोर हो। जनकपुरलाई सस्तैमा रोक्न सुदूरपश्चिमका हरमित सिंह, ईशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। नरेन साउद, सैफ जैव र स्कट कुग्लेजिनले हसमानको नाममा एक-एक विकेट रह्यो। जोसुवा ट्रम्पले १३ रन बनाउनुबाहेक जनकपुरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यसो त…
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालको २९ नम्बर गण हेडक्वाटर ज्वालामाई दाङमा कार्यरत तत्कालीन सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा इन्स्पेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए। अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका…