धनगढी: सुदूरपश्चिम प्रदेशमा २८ प्रतिशत मतदान भएको छ। स्थानीय तहमा रिक्त एक जना उपाध्यक्ष र चार जना वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा दिउँसो १२ बजेसम्म २८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जानकारी दिए। उनकाअनुसार उपाध्यक्षका लागि उपनिर्वाचन भइरहेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा २२ प्रतिशत मतदान भएको छ। कुल सात हजार ४६० मतदाता रहेकोमा १२ बजेसम्म एक हजार ७०६ जनाले मतदान गरेका छन्। स्वामीकार्तिकमा उपाध्यक्षका लागि नेपाली कांग्रेसकी पुत्लीसरा शाही, एमालेकी सुलोचना भण्डारी बुढा र एकीकृत समाजवादी पार्टीकी जवा शाही प्रतिस्पर्धामा छन्। वडाध्यक्षका लागि मतदान…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जानकी गाउँपालिका–१ का ३५ वर्षीय बिमल डगौँरा थारु छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–१ टीकापुर लम्की सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो। शनिबार साढे १० बजे थारुले चलाएको सु.प.प्र. ०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर नालामा पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते थारुको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो।
धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका मर्निङ ग्लोरी स्कुलका सञ्चालक पृथ्वीराज भट्टले आफ्नी श्रीमतीलाई कुटेका छन्। हिजो (शनिबार) भट्टले आफ्नी पत्नी जयन्तीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्। घरायसी विवादका क्रममा कुटपिट गरेको भन्दै भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि परेको छ। यसअघि पनि बेला बेला उजुरी पर्दै आएकोमा पुनः कुटपिटको उजुरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेशराज जोशीले बताए। उनका अनुसार अहिले कुटपिटबाट घाइतेको धनगढीमा उपचार जारी छ। हिजो कुटपिटबाट घाइते भएपछि जयन्तीको उपचारका लागि महाकाली अस्पताल लगिएकोमा उपचार सम्भव नभएको भन्दै धनगढीस्थित सेती अस्पताल ल्याइएको थियो। उनका पतिले जयन्तीको टाउकोमा हानेको बताइएको छ। अहिले घटनाको थप…
धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन्। भीमदत्त नगरपालिका- ८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको हत्या गरेकाे प्रहरीले जनाएको छ। शनिबार साँझ घरसायी विवादकाे विषयलाई लिएर विष्टले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेकाे गरिदिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बताए। उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।विष्टले हत्या गरेकी ज्याेती उनकाे कान्छी श्रीमती हुन्।
काठमाडौं: सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ। जिल्लाको बरियारपट्टी गाउँपालिका– १ मा ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो। उनलाई नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन। मृतक यादव बीओपी बरहरीमा कार्यरत थिए। तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको हो।
काठमाडौं: नेपाल प्रहरीकी एआइजी किरण बज्राचार्यको अवकाश मितिमा त्रुटि भएपछि सच्च्याइएको छ। प्रहरी किताबखानाले अवकाश मितिमा त्रुटि गरेकोमा सच्च्याइएको हो। नेपाली र अङ्ग्रेजी मितिलाई रुपान्तरण गर्दा समस्या देखिएकाले अहिले त्रुटि सच्च्याइएको बज्राचार्यले जानकारी दिइन्। यस अगाडि उनलाई किताबखानाको मितिमा त्रुटि देखिएर एक महिनाअघि नै अवकाश दिन लागिएको थियो।किताबखानाले उनलाई १६ पुसमा अवकाश हुनुपर्नेमा मंसिरमै अवकाश हुने पत्र दिएको थियो। तर सो त्रुटि पछि सच्च्याइएको छ। उनको जन्म मिति ३१ डिसेम्बर हुनुपर्नेमा १ डिसेम्बर भनेर गलत विवरण परेकाले त्रुटि भएको थियो। बज्राचार्य हाल उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन्। यसअघि उनी सिआइबी प्रमुख थिइन्। यस्तै उनीसँगै अबको एक महिनाभित्र नेपाल प्रहरीका तीन…
कञ्चनपुरः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै शुक्रवार ध्यानाकर्षणपत्र बुझाइएको छ। विमानस्थल पुनःसञ्चालन समिति कञ्चनपुरका पदाधिकारीले उनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा विमानस्थल पुनःनिर्माणमा ढिलाइ भरहेको भन्दै सो कार्य तत्काल अगाडि बढाउन आग्रह गरिएको कञ्चनपुर होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष परमानन्द भण्डारीले जानकारी दिए। ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ठकुरीले निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। यसअघि उनले विमानस्थलको पुनःनिर्माण भइरहेको धावनमार्ग, एप्रोन, कार पार्किङ, नालासहितको कामको अनुगमनसमेत गरेका थिए। विसं २०२४ मा निर्माण भई विसं २०५६ सम्म विमानस्थल सञ्चालनमा रहेको थियो।…
काठमाडौं : सशस्त्र प्रहरी बलमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र एकजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहितको दरबन्दी थप्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरीमा दरबन्दी थप्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न प्रस्ताव गरिएको हो। सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रस्ताव गृह मन्त्रालयले राय सहमति लिन अर्थ मन्त्रालयमा पठाएको हो। सशस्त्रमा हाल ३७ हजारभन्दा बढी दरबन्दी छ। अर्थ मन्त्रालयको सहमति आएमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वको समितिले ओएण्डएम गरेर स्वीकृतिका लागी मन्त्रिपरिषद्मा पठाउनुपर्ने कानुनी व्यवस्था छ। सशस्त्र प्रहरीले करिब ६ हजार नयाँ दरबन्दी थप्नेगरी आन्तरिक गृहकार्य गरिरहेको छ। नयाँ दरबन्दी थप भएमा सिमानामा बोर्डर आउट पोस्ट (बिओपी) थप्न सकिने…
धनगढी: वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बाजुरामा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिकालाई संरक्षित क्षेत्र बनाइने बताएका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजना रहेको बताए। यस्तै उनले कतिपय धार्मिक पर्यटकीय स्थल संरक्षणको अभावले मानव अतिक्रमणको चपेटामा परिरहेको उल्लेख गर्दै त्यस्ता क्षेत्रको पहिचान गरेर संरक्षित क्षेत्रको रुपमा संरक्षण गर्ने सरकारको तयारी रहेको जानकारी दिए। संरक्षित क्षेत्र बनाउन बडिमालिकालगायत केही अरु ठाउँको बारेमा पनि प्रारम्भीक अध्ययन भइरहेको उनले बताए। फरक प्रसङ्गमा उनले वर्तमान सरकार २०८४ सम्मै जाने दावी गरे। उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व सुरुका दुई…
धनगढी: नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी (परराष्ट्र मन्त्रीसमेत) आरजू राणा देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। राणाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो। उनी नेकपा(बहुमत) निकट भएको प्रहरीको भनाई छ तर अहिले उनी आफूलाई विप्लव निकट भएको दाबी गरिरहेको प्रहरी स्रोत बताउँछ। गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो।…