Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा एकैदिन ३७ जुवाडे पक्राउ परेका छन्। छुट्टाछुट्टै दुई स्थानमा प्रहरीले बुधबार राति छापा हान्दा ३७ जना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बिहीबार विहान जारी गरेको बुलेटिनअनुसार बेलौरी नगरपालिकाबाट २७ र कृष्णपुर नगरपालिकाबाट १० जना गरी ३७ जना पक्राउ परेका हुन्। बेलौरी नगरपालिका–५ शोभा तालस्थित शंकर चौधरीले अधिया गरी बसेको चामु चौधरीको बाझो घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका हुन्। लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरीसहित २७ जनालाई त्रफाउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट ५१ हजार एक सय २८ नगद पनि बरामद गरिएको छ। प्रदेश प्रहरी…

Read More

काठमाडौँः भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ। ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राती निधन भएको हो। यसअघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो। पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए। तर, बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो। भारतीय मिडियाहरुका अनुसार मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको हो। रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन्। आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठुलो योगदान रहेको छ।

Read More

धनगढीः कैलालीबाट आठ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला बजारस्थित न्यु साउद होटलबाट आठ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ गोप्काका ३४ वर्षीय टेकबहादुर बुढा, ४० वर्षीय पदमबहादुर चन्द, ३६ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीय चक्र भुल रहेका छन्। यस्तै गौरीगंगाकै ४१ वर्षीय टंक साउद,५४ वर्षीय बड्डो भुल, र ४२ वर्षीय बलबहादुर बुढा पक्राउ परेका छन्। उनीहरुलाई ८१ हजार ९४१ रुपैँया, एक गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। होटल सन्चालक निरज साँउद समेत गेर आठ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर कुमालले बताए। आज बिहान धनगढीमा पनि १२ जना…

Read More

काठमाडौंः  बडादसैँको सातौँ दिन आज नवदुर्गा स्थापना गरिएको स्थान तथा दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गर्ने प्रचलन छ । आजै हनुमानढोका दरबारको दसैँघरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जनाले र त्यहाँबाट काठमाडौंसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ…

Read More

धनगढी: सुदूरपश्चिमका चाडपर्व (दसैं तिहार) नजिकिएसँगै जुवा पनि ह्वात्तै बढेको पाइएको छ। प्रहरीको रिपोर्ट अनुसार केही दिन यता सुदूरपश्चिमका विभिन्न जिल्लामा जुवाखालहरु बढेका छन् भने जुवाडेहरु सक्रिय भएका छन्। उनीहरूलाई समात्न सुदूरपश्चिम प्रदेश प्रहरीले निर्मम भएर लाग्न पनि भनेको छ। तर यसपालि कैलाली तथा कञ्चनपुरमा अधिक जुवा भैरहेको बताइएको छ। यी दुई जिल्लामा प्रतिष्ठित होटलहरु, रेस्टुरेन्टहरु तथा जंगलमा समेत जुवा हुने गरेका छन्। प्रहरीले पछिल्लो समय जंगल, जुवाडेकै घर तथा होटलबाट जुवाडेहरुलाई समातिरहेको छ। स्रोतका अनुसार दुई जिल्लाका ठूला होटल, राष्ट्र बैंककै गेष्ट हाउससहित प्रहरी तथा सशस्त्रकै ब्यारेकभित्र समेत जुवा भैरहेका छन्। यस अगाडिका वर्षहरुमा पनि यसैगरी सेटिङमा जुवा हुने…

Read More

कञ्चनपुरः कञ्चनपुरमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख ५१ हजार ८ सय ३८ नगदसहित एक जना भारतीय नागरिक पक्राउ परेका हुन्। सशस्त्र प्रहरीको ब्रम्हदेवस्थित बिओपीले मंगलबार साँझ उक्त रकम बरामद गरेको हो। सशस्त्र प्रहरीको झलारी स्थित ३५ नम्बर गणका एसपी खगेन्द्रबहादुर चन्दका अनुसार भारत उत्तराखण्डको चम्पावत जिल्लास्थित टनकपुरका स्थानीय अभिशेक गुप्ताबाट १२ लाख ७४ हजार २२० भारु र ५ लाख १३ हजार नेपाली रुपैयाँ बरामद गरिएको हो। बरामद गरेर सो रकम अहिले राजश्व अनुसन्धान विभागमा पठाउने तयारी छ। यस्तै बरामद गरिएको रकम, भारतीय नम्बरको स्कुटर र भारतीय नागरिकलाई कोहोलपुरस्थित राजश्व अनुसनधान…

Read More

काठमाडौं: प्रहरी अधिकृत आधारभूत तालिममा प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा अरूण जोशी सर्वप्रथम भएका छन्। यस्तै सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब खड्का, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेत बने। यसरी उत्कृष्ट प्रहरी अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित प्रहरी अधिकृत आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले तालिमका विजयीलाई पुरस्कार वितरण गरे। यस्तै, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. मृगेन्द्र कुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विजय सुनार, चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा। विशाल थापा र प्रहरी कारबाही तथा युक्ति…

Read More

काठमाडौं: नाबालिकालाई प्रवेश दिएको आरोपमा प्रहरीले ठमेलका दुई डिस्कोका कर्मचारीलाई पक्राउ गरेको छ। सिनेट र फायर क्लबमा छापा हानी काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो। सनिप महर्जन र सन्देष थापालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेकाविरुद्ध बालबालिकासम्बन्धि ऐनअनुसार कारबाही गरिने प्रहरीले कारबाही अघि बढाएको छ। ती क्लबका सञ्चालक भने पक्राउ परेका छैनन्। क्लबमा १८ वर्षभन्दा कम उमेरका किशोर किशोरी प्रवेश गराउन नहुने प्रावधान छ। तर, डिस्कोमा उमेर खुलाएर प्रवेश गराउने प्रणाली छैन।

Read More

काठमाडौं: नेपाल प्रहरीका ३ जना एसएसपी यताउता भएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले ३ जना एसएसपीको सरुवा गरिएको जानकारी दिए। उनका अनुसार दिल्लीस्थित दूतावासमा रहेका एसएसपी उमाप्रसाद चतुर्वेदी नेपाल आएका छन्। उनलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौं ल्याएकोमा एसएसपी सन्जिव शर्मा दास दिल्ली गएका छन्। यस्तै अर्का एसएसपी दीपककुमार बस्नेतलाई भने नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज सुर्खेत पठाइएको छ। उनी यस अगाडि प्रदेश समन्वय विभागमा थिए। गृहमन्त्रीस्तरीय निर्णयबाट आज उनीहरूको सरुवा गरिएको हो।

Read More

काठमाडौं: आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै सर्वोत्कृष्ट भएका हुन्। उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वोत्कृष्टको प्रमाणपत्र प्रदान गरे। सो तालिम गत भदौ १६ देखि २१ असोजसम्म भएको थियो। सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका ज्ञवालीले सेवा प्रवेशकालको आधारभूत तालिम होस् वा पेशागत रुपमा प्रदान गरिने उन्नत सबै तालिममा उत्कृष्ट स्थान हासिल गर्न सफल भए।

Read More