Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढी उपमहानगरपालिका बस्ने दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट धनगढी–५ का २८ वर्षीय अनमोल शाह र धनगढी–६ का १८ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई दुई ग्राम ११० मिलिग्राम लागुऔषधसहित मंगलबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । से.७ प १४०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

Read More

धनगढीः बझाङ जिप दुर्घटनामा घाइते भएका चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारी खतरामुक्त रहेका बताइएको छ । बाँकेस्थित कोहलपुुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा ब्राइन पोख्रेलले घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र उनीहरू बोल्न सक्ने अवस्थामा रहेका बताएका हुन् । उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुबै जनाको पछाडिको भागको मेरुदण्डमा समस्या देखिएको डा.पोख्रेलले बताए । जोशीको मेरुदण्ड दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडिको भागको एक ठाउँको हड्डी दबिएको छ । उनीहरु दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा. पोख्रेलले बताए ।…

Read More

काठमाडौँ: शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएकी हुन् । उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको बताएकी छिन् । भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका संवादलाई कारण देखाउँदै शाहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् । अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि संलग्न भएका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् । गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो…

Read More

धनगढी: गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर बझाङ लगिएको छ । श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको उनको शव हेलिकोप्टरमार्फत बझाङ लगिएको हो । मन्त्री सिंहका जेठा छोरा नर्वेमा छन् । उनी शुक्रवार नेपाल आइपुग्ने र त्यसपछि मात्रै स्वर्गीय सिंह दम्पत्ती र उनकी भाउजु जयाको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यतिञ्जेल तीनै जनाको शव जिल्ला अस्पतालमा राखिनेछ । मंगलबार दिउँसो बझाङको केदारस्युँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा उनकी पत्नी र भाउजूको पनि निधन भएको थियो । दुर्घटनामा घाइते चालक र पीएसओको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Read More

धनगढीः टीकापुर घटनाका चार जना कैदीलाई कैदमुक्त गरिँदैछ । कैद सजाय भोगिरहेका श्रवण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी र हरिनारायण चौधरीलाई कैदमुक्त गरिने भएको हो । उनीहरुलाई आगामी असोजमा संविधान दिवसका दिन कैदमुक्त गर्न सरकारले गृहकार्य अगाडि बढाएको बताइएको छ । कैलालीको टीकापुरमा २०७२ भदौमा भएको घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका रेशम चौधरीले आममाफी पाए पनि अन्यले कारागारमै कैद भुक्तान गरिरहेका छन् । सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टीले उनीहरूको सजाय माफी दिलाउनका लागि माफीको निवेदन दिन कैदीबन्दीलाई आह्वान गरेको छ । कैदमुक्त भएपछि रेशमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अन्यलाई माफी दिन आग्रह गरेका थिए भने प्रधानमन्त्रीले पनि माफीको…

Read More

कञ्चनपुर: कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन् । गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, चार सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, तीन सय ५८ एम्पुल फेनारगनलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । यहाँ भारतसितको खुला सिमानाका कारण यहाँ लुकीछिपी लागुऔषधको कारोबार हुने गरेको छ । कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागुऔषध नियन्त्रण मुख्य चुनौती…

Read More

धनगढी: सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढीको कर्भड हलमा राखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्री सिंहको निधनमा कर्भड हलमा श्रद्धाञ्जली सभा आयोजना गर्दै पार्थिव शरीर कर्भड हलमा राखेको हो । सिंहको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै मुख्यमन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयकाअनुसार मन्त्री सिंहको शव श्रद्धाञ्जलीका लागि केही समय कर्भड हलमै राखिनेछ भने त्यसपछि अन्त्येष्टिका लागि हेलीकोप्टरमार्फत बझाङ लगिनेछ । सेनाको हेलीकोप्टर पनि…

Read More

धनगढी: सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा घाइते भएका चालक र निजी सुरक्षा अधिकारी (पीएसओ) को स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। बाँकेको कोहलपुरमा उपचाररत चालक धर्मराज जोशी र मन्त्रीका पीएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो । मन्त्री सिंहसहित उनीहरु दुबै जनालाई सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर लगिएको थियो । मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भयो भने उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि स्थानीय अस्पतालमै मृत्यु भएको थियो । मन्त्रीसहित उनीहरु सवार सु प प्र ०१००१ झ ४८० नम्बरको…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।…

Read More

धनगढीः आज कैलालीको अत्तरिया बजार बन्द गरिएको छ । आन्दोलनकारीहरुले आफ्ना चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा अत्तरिया बजार बन्द गरेका हुन् । मंगलवार कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका थिए । प्रहरीले गाडी तोडफोड गरेको भन्दै चार जनालाई नियन्त्रणमा लिएको थियो । सोही विरोधमा बन्दकर्ताले आज अत्तरिया बजार बन्द गरेका छन् । संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले प्रहरीले आन्दोलनमा रहेका युवाहरुलाई पक्राउ गरेर कुटपिट गरी घाइतेसमेत बनाएकाले बजार बन्द गरिएको बताएका छन् ।

Read More