Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन्। शनिबार साँझ साढे ५ बजेतिर लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार ती व्यक्तिले कर्णाली पुलबाट एक्कासी हाम फालेको देखेपछि स्थानीयले खबर गरेका थिए। नदीमा बेपत्ता भएका उनकाे इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टाेलीले खाेजी गरिरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लक्ष्मण किशोर चौधरीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मिर्गौलामा समस्या बल्झिएपछि सांसद चौधरी लामो समयदेखि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् ।आज प्रदेश प्रमुख मियाँले उनको स्वास्थ्य अवस्थाबारे बुझ्दै स्वास्थ्य लाभको कामना गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री समेत भइसकेका छन् । अहिले पार्टी केन्द्रीय उपाध्यक्ष समेत रहेका उनी नाउपा संसदीय दलका प्रमुख समेतक हुन् । प्रदेश प्रमुखसँगको भेटका उनले उपचारमा आर्थिक समस्या उत्पन्न हुन थालेको बताएका थिए । प्रदेश प्रमुख मियाँले…

Read More

काठमाडौं : बिरामी भएर वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेट गरेका छन् । बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ । शनिबार उद्योगमन्त्री भण्डारीले भेटेर चन्दको स्वास्थ्य लाभको कामना गरे । पूर्वप्रधानमन्त्री चन्द र भण्डारी एकै जिल्ला बैतडीका बासिन्दा हुन् । उद्योगमन्त्री भण्डारीले चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका विषयमा सुझाव लिन निवासमै आउने समेत बताएका छन् । उद्योगमन्त्री भण्डारीसँगै नेकपा एमालेका सुदूपश्चिम प्रदेश…

Read More

काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन्। कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन्। यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका हुन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे गत आम निर्वाचनमा सिन्धुली-१ बाट निर्वाचित भएका थिए।

Read More

काठमाडौं: दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ। झण्डै तीन घण्टादेखि पसिना आएपछि मन्दिरमा पूजापाठ शुरु गरिएको छ। भीमेश्वरको शिलामा पसिना आउनुलाई धार्मिक हिसाबले मुलुकमा अनिष्टको सूचकका रुपमा हेरिने जनविश्वास छ। पौने २ बजेदेखि पसिना आउन थालेपछि जिल्लास्थित सुरक्षा निकायका प्रमुख, गुठियारहरु पूजापाठमा संलग्न भएको बताइन्छ। यस्तो अवस्थामा राष्ट्र प्रमुख र संघीय सरकारले क्षमापूजा पठाउने चलन छ। भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठका अनुसार शिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ।  पसिना हेर्न र पूजापाठ गर्न सर्वसाधारणको घुईंचो लागेको छ। उनीहरुले वरपरका घण्टहरु बजाएका छन्। पसिना आउन थालेपछि शिलामा चमक देखिएको स्थानीयले बताए।

Read More

काठमाडौं: जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहरा पाँच महिनामै तानिएका छन्। एसपी बोहरा कर्णाली ट्राफिक कार्यालय सुर्खेतमा सरूवा भएका हुन्। पाँच महिनामै तानिएका एसपी बोहराले कांग्रेस र एमालेका कार्यकर्तालाई अनाहकमा दुःख दिने गरेको आरोप लाग्दै आएको थियो। एसपी बोहरा पूर्वगृहमन्त्री रवि लामिछानेका स्वकिय सचिव दिपक बोहरा निकट मानिन्छन्। उनै दिपकको निर्देशनमा काम गर्दै आइरहेको कांग्रेस र एमालेका कार्यकर्ताको आरोप छ। अब उनको स्थानमा प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीको सरुवा भएको छ। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धानमा आयोग र जिल्ला प्रहरी कार्यालय बर्दियामा काम गरिसकेका अफिसर हुन्। त्यसैगरी एसपी रमेश थापाको अन्वेषण योजना निर्देशनालय, हरीहरनाथ…

Read More

काठमाडाैं: नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो।​​

Read More

डडेल्धुरा: डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भीमबहादुर कठायत बिहीबार पक्राउ परेका हुन्। उनले किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले कठायतलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीमा खोलाले बगाएर एक युवती बेपत्ता भएकी छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बम शनिबार माईतीघरबाट फर्किने क्रममा सुपली खोला तर्ने क्रममा बगेको प्रहरीले जनाएको छ। उनलाई उक्त खोलाले बगाएर ठूलीगाडमा बेपत्ता पारेको छ। इलाका प्रहरी कार्यालय पण्डौनबाट प्रहरी टोली खटिएर खोजतलास भईरहेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने बिनोद रानाका साढे ४ वर्षीया छोरी अनाया रानाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आफ्नै घर आगनमा खेल्ने क्रममा नजिकै रहेको पानीको खाल्टोमा डुबेर बेहोस् भएकी थिइन्। तत्काल आफन्तले उपचारको लागि सेती प्रादेशिक अस्पताल…

Read More

धनगढीः श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपाली ब्याट्र सम्झना खड्काले अर्धशतक बनाएकी छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको पहिलो अर्धशतक हो। यूएईले दिएको एक सय १६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीकी ओपनर ब्याट्र सम्झनाले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन्। यस क्रममा उनले आठवटा चौका पनि प्रहार गरिन्। २४ वर्षीया सम्झनाका लागि यो १७औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो। अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि उनको उच्च स्कोर अविजित ३६ रन थियो। महिला एसिया कप क्रिकेटमा नेपाललाई यसअघि ५० रनको स्कोरमाथि पुग्नु नै धौधौ पर्दै आएको थियो। यसअघिका दुई संस्करणका ८ खेलमा पराजय भोग्दा ६ पटक ५०…

Read More