धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लक्ष्मण किशोर चौधरीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
मिर्गौलामा समस्या बल्झिएपछि सांसद चौधरी लामो समयदेखि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् ।आज प्रदेश प्रमुख मियाँले उनको स्वास्थ्य अवस्थाबारे बुझ्दै स्वास्थ्य लाभको कामना गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री समेत भइसकेका छन् । अहिले पार्टी केन्द्रीय उपाध्यक्ष समेत रहेका उनी नाउपा संसदीय दलका प्रमुख समेतक हुन् ।
प्रदेश प्रमुखसँगको भेटका उनले उपचारमा आर्थिक समस्या उत्पन्न हुन थालेको बताएका थिए । प्रदेश प्रमुख मियाँले उपचारमा समस्या आउन नदिने भन्दै सांसद चौधरीलाई उपचारमा केन्द्रित हुन आग्रह गरेका थिए ।
एक दशक पहिले मिर्गौला प्रत्यारोपण गरेका चौधरीले अहिले भर्ना भएर उपचार गरिरहेका छन् ।