Author: महेन्द्रनगर पोष्ट

सिन्धुली: सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए। यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी…

Read More

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–९, ढाँटगाउँको खानेपानी योजना करिब १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। खानेपानी योजना पूरा नहुँदा स्थानीय गाउँमुनि रहेको दुई वटा पँधेराबाट पानीको जोहो गर्न बाध्य छन्।  खानेपानी योजना समयमा नै पूरा नहुँदा यहाँका एक सयभन्दा बढी परिवार ढाँटगाउँ खानेपानी योजनाबाट ढाँटिएका छन्। पानीको जोहो गर्न बिहान बेलुकी पँधेरामा लाइन बस्न बाध्य स्थानीयवासी गाउँको नाम जस्तै योजनाबाट पनि ढाँटिएको बताउँछन्। पानीको जोहो गर्न प्लास्टिकको ग्यालिन र ट्याङ्की खरिद गर्नु परेको स्थानीय इन्द्रादेवी पालले बताइन्। खानेपानी योजना निर्माणको काम सुरु भएको १५ वर्ष बित्यो। उनले भनिन् , “योजना पूरा हुन सकेको छैन। पुर्खाले बनाएको पँधेराबाट पानीको जोहो…

Read More

मोन्ट्रियल– क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् । क्यानडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको कारबेरी नजिकै एउटा ठूलो सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो । जानकारीका अनुसार अपाङ्गता भएका व्यक्ति बोकेको एउटा सानो ट्रक र विशेष गाडी एक आपसमा ठोक्किएको हो । ‘पन्ध्र जनाको मृत्यु भएको पुष्टि भएको छ,’ प्रहरीले भन्यो, ‘जबकि अन्य १० जनालाई विभिन्न चोटपटक अस्पताल लगिएको थियो। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।’ क्यानडाकी नेता हेदर स्टेफेन्सनले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले ट्वीट गर्दै भनेकी छिन, ‘यो दुर्घटनाले मेरो मुटु भाँचिएको छ ।’दुर्घटनास्थल नजिकै सडकको छेउमा रहेको…

Read More

बझाङ:  बझाङमा विरामी आमालाई भेट्न हिडेका छोराको भिरबाट लडेर मृत्यु भएको छ म। सुर्मा गाउँपालिका वडा नम्बर ५ का ३३ बर्षिया लडे जेठाराको मृत्यु भएको उनका आफन्त चक्र बहादुर बोहराले बताए। घरमा ७३ वर्षीया आमा गदि देवी बोहरा गम्भिर विरामी भएको खबर पाएपछि यार्सा संकलन गर्ने ठाउँ पार्थीबाट घरका लागि हिँडेका थिए। घर फर्किने क्रममा हलेलीको भिरबाट लडेर बेपत्ता भएका जेठाराको शुक्रबार विहान मृत अवस्थामा शव फेला परेको बोहराले जानकारी दिए । यार्सा संकलनकै क्रममा यस वर्ष सुर्मा गाउँपालिका मात्रै मात्रै ६ जनाले ज्यान गुमाएका छन्।

Read More

धनगढीः  कैलालीको धनगढीस्थित एक घरमा आगलागी भएको छ। धनगढी उपहानगरपालिका–११ बेलातालका ४९ वर्षीय प्रेमप्रसाद भट्टको घरमा बिहीवार आगलागी भएको हो। घरमा विजुलीको तार सर्ट भएर आगलागी हुँदा अन्नपात, लुगाकपडा, काठपात जली अन्दाजी २० हजार बराबरको सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दमकल, प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

डडेल्धुराः डडेल्धुरामा आगलागी भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ उत्तरखेडाका ६८ वर्षीय धौल सिहं भाटको १ तले गोठमा बिहीवार आगलागी भएको हो। गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी हुँदा गोठमा रहेका १ वटा गोरु, १ वटा गाई जलेर मृत्यु भएको र १ वटा गोरु, १ वटा गाई घाइते भएको जनाइएको छ। आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आईसकेको बताइएको छ। क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ का गणेश बुढा र करन ओडलाई बिहीवार पक्राउ गरिएको हो। ओडलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ११० ग्राम लागुऔषध चरेश फेला परेको हो। सोधपुछ गर्दा गणेश बुढाको पसलबाट ल्याएको बताएपछि दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ब्रहमदेबले जानकारी दिएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कैलाली: कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए। आकाशे पानीको भरमा खेती गर्दै आएका उनी यस वर्ष भने फुर्सदमा छन् । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दिनचर्या पानी पर्छ कि भन्ने आशमै बित्ने गरेको छ । ‘खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक–डेढ महिना भइसकेको छ,’ चौधरी भन्छन्, ‘बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।’ यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न…

Read More

टीकापुर:  राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ। जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, प्रशाखा नहर हुँदै जेठ ३२ गते दिउँसो किसानको खेत खेतमा पुगेको छ।  आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरेको थियो। यस पटक मूल नहरबाट पानी ल्याई तीन वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले जानकारी दिए। यी प्रणालीबाट १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुन्छ। श्रेष्ठका अनुसार लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने छ, जहाँबाट छ हजार हेक्टर जमिनमा सिँचाइ…

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने तयारी गरेको छ। अपरान्ह ४ बजे आर्थिक मामिलामन्त्री नरेश शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने भएका हुन्। यहि बेला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका एक नेताले बजेटपछि सुदूरपश्चिम सरकार ढल्ने संकेत गरेका छन्। नेकपा माओवादी सुदूरपश्चिम कमिटी उपाध्यक्ष मानसिंह मालले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सरकारले एकल निर्णय गरेको आरोप लगाएका छन्। उनले सरकारले ल्याउन लागेको बजेटमा आफूहरु सन्तुष्ट नभएको प्रष्ट पारेका हुन्। सोही कारण बजेटपछि सुदूरपश्चिम सरकारको आयु घट्ने संकेत उनले गरेका छन्। आज बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको आज…

Read More