Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते आइतबार बैतडीको दशरथचन्द नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको गरिएको थियो। कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरुसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (डिएसपी), दलित अधिकारकर्मी, मानव अधिकारकर्मीलगायतको सहभागीता थियो। अन्तरक्रिया चलिरहेका बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद भइरहेको छ, यसरी त कहिले हुन्छ र छुवाछुत अन्त्य ?’ दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न उठाएका थिएनन्, सम्रग नगरपालिकाको अवस्था र आफ्नो पीडा सुनाइरहेको थिए। तर, दयालको त्यो प्रश्नले उपमेयर कौशिला चन्दको छोयो। उनले दलित समुदायलाई इङ्गित गर्दै भनिन्, ‘म ठकुरी हो। साच्चिकै…

Read More

काठमाडौँ: पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनलाई सालोले नै फेला पारेका हुन् । गत जनवरी ३१ मा ससुरालीबाट बेपत्ता भएका थिए । उनका आफन्तले भने अपहरण भएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए । तर, पाँच महिनापछि उनी एकाएक फेला परेका हुन् । निशान्तका सालो रविशंकर कामले नोयडा आएका बेला उनलाई फेला परेका हुन् । समाचारमा जनाइए अनुसार एक पसलमा सालो निशान्त मःम खान जाँदा एउटा भिखारीलाई पसलेले भगाइरहेका थिए । रविशंकले माया लागेर एक प्लेट मःम दिन…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट सरलले कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय बनाउने एजेण्डा नेकपा माओवादी केन्द्रको भएको बताएका छन्। उनले हिजो सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफल भइरहेको प्रदेश सभा बैठकमा बोल्दै सो कुरा बताएका छन्। उनले मेडिकल कलेजको विषय माओवादीले उठाएको गेटामा विश्वविद्यालय नै बन्ने कुरा बताए। उनले भने, ‘वास्तवमा गेटामा विश्वविद्यालय बनाउने माओवादी केन्द्रको एजेण्डा हो। सुदूरपश्चिमको विकासका लागि हामी एकमत हुन जरुरी छ। गेटामा विश्वविद्यालय नै बन्छ।’ यस्तै, उनले अर्को सन्दर्भमा बोल्दै प्रदेश सरकारको नीति तथा कार्यक्रममा आरक्ष पीडितको कुरा नसमेटिएको गुनासो गरे। उनले भने, ‘आफ्नो जमिन छोडेर आफ्नो जमिनको बदला सट्टा भर्ना पाउनुपर्नेमा…

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिका-५ मा रहेको शारदा मावि ढुङ्गाडका विद्यार्थीहरु बेहोस हुन थालेका छन् । विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दका अनुसार छात्राहरु रुने, कराउने र बेहोस हुन थालेपछि दुई हप्तादेखि पठनपाठन पनि प्रभावित भएको छ । उनका अनुसार ४/५ वर्ष पहिले पनि विद्यार्थीहरुमा यस्तो समस्या देखिएको थियो । त्यो बेला केही दिनमै ठिक भएको थियो । तर अहिले दुई हप्तादेखि विद्यार्थी रुने, कराउने र बेहोस हुने क्रम रोकिएको छैन । छात्राहरुमा रुने, कराउने, बेहोस हुने समस्या देखिनुकोे कारण पत्ता लागेको छैन । उनीहरुमा यस्तो समस्या देखिएपछि पालिकालाई खबर गरिएको प्रधानाध्यापक चन्दले बताए ।

Read More

काठमाडौँ: नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार उनलाई आज बिहान मोरङको बुढीगंगाबाट नियन्त्रणमा लिइएको हो । विश्वविद्यालयले कालोमोसो दलेको घटनामा संलग्न अध्यक्ष पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनका देवराज भट्टको गोठमा आगलागी भएको छ । प्रहरीका अनुसार भान्सा घरको चुलोबाट दुईतले काठ र खरले छाएको कच्ची गोठमा आगलागी भएको हो । आगलागीबाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको र एक लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडिबाट नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रदर्शनमा उत्रिएका विप्लवका कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सो पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीसहित १५ जना रहेको बताइएको छ । उनीहरुलाई प्रहरी वृत्त सिंहदरबार पुर्याइएको छ ।

Read More

कञ्चनपुर: यस वर्षको मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष एक दिन ढिला गरी भित्रिएको हो । बुधवार पूर्वी नेपालबाट नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । कैलाली र कञ्चनपुरसहित देशका अन्य भू–भागमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।

Read More

नुवाकोट: नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको आज बिहान निधन भएको हो । उनको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहेका थिए । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य रहेका थिए । उनको निधनमा आज ककनी गाउँपालिकाले गाउँपालिका कार्यालयसहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक…

Read More

धनगढी: धनगढीमा मंगलवार राति मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा से.७ प ५४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी–१७ का ४५ वर्षीय धनिराम चौधरी घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More