धनगढी: सुदूरपश्चिमको बाजुरासहित पहाडी जिल्लामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ। बझाङको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङ केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ। भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा बसेको क्याबिनेट बैठकले अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिएको छ। गत साउन १० गते मुख्य सचिवमा नियुक्त लिलादेवी गड्तौला उमेर हदका कारण पर्सिदेखि अनिवार्य अवकाशमा जाने भएकाले अर्याललाई पर्सिदेखि लागु हुनेगरी जिम्मेवारी दिइएको हो। आजैको बैठकले कलाकार दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।
धनगढी: कैलालीकाे चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन् । बिहीबार अन्दाजी ३ बजे कर्णाली पुलबाट परिचय नखुलेकी महिलाले नदीमा हाम फालेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ। अहिले उनकाे खाेजीका लागि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा ५ जना प्रहरी टोली खटिएको बताइएकाे छ। यस्तै उता बझाङमा बुुधवार राति सेती नदीमा बगेका एक युवकको उद्धार गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गालका ३६ वर्षीय करन गिरी सुख्खा पहिरो आएपछि घरसहित सेती नदीमा बगेका थिए। करनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ: प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै दायर रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले रिट निवेदक प्रहरी अधिकारीले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो। त्यसैगरी अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ। दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरू पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्र समेत पठाइसकेको छ।आफूहरूलाई…
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्। आफूसमक्ष प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई राष्ट्रपतिले आज लालमोहर लगाएका हुन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई सो विधेयक राष्ट्रपतिसमक्ष पेस भएको थियो।
काठमाडौं: नेपाल प्रहरीको ३० बर्षे सेवा अवधिको मुद्दाको टुङ्गो चाँडै लाग्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र विनोद शर्माको इजलासले शुक्रबारका लागि पेसी तोकेका हुन्। मुद्दाको प्रकृति र गाम्भीर्यतालाई मध्यनजर गर्दै अदालतले भोलीका लागि पेसी तोकिएको हो। एसएसपी जीवन श्रेष्ठसहितका प्रहरी अधिकृतहरुले दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश हरि फुँयालले दिएको आदेशको विरुद्धमा सरकार भ्याकेटमा गएको थियो। महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेटमा गएको गृहमन्त्रालयले उक्त फैसलाको खारेजको माग गर्दै भ्याकेटमा गएको हो। ऐन बनाउने प्रक्रियामै रहेका बेला सर्वोच्चले दिएको आदेश नमिलेको, त्यसले प्रहरीको ‘चेन अफ कमान्ड’ भत्काएको भन्दै सरकारले आदेश पुनरवलोकनका निम्ति निवेदन दिएको थियो। सेवाहदका आधारमा अवकाशको पत्र पाउँदा एक…
काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बुधबार रुपन्देहीमा भाषण गरे। उनले गरेको भाषणले अहिले प्रहरीमा खैलाबैला भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा उनले सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक डीआईजी छिट्टै फस्ने बताएका थिए। उनले भाषणमै डीआईजी फस्न लागेको बताएपछि यो विषय अझ धेरै चर्चामा छ। आइजी निकट स्रोतका अनुसार मधेस प्रदेशका डीआईजी यज्ञबिनोद पोखरेलमाथि छानविन भइरहेको छ। उनको खातामा केही अस्वभाविक कारोबार भेटिएको छ। सोही विषयमा विस्तृत छानविन भइरहेको हो। पोखरेलले तराईमा खटाएका केही घुमुवालाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ गरिरहेको छ। जसक्रममा जितेन्द्र कर्ण नामक बिचौलियामार्फत उनले तस्करीको लाइन खुलाएर…
काठमाडौँ- बँदेल मारेको आरोपमा नेपाल प्रहरीका पूर्वडीआईजीसहित १० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहित १० जना पक्राउ परेका हुन्। पूर्वडीआईजीसहितको टोलीलाई सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह योगीनायाँ कोशी क्षेत्रबाट पक्राउ परेको बताइएको छ। शाहको टोलीले बँदेल मारेर ट्याक्टरमा लुकाएको अवस्थामा गस्ति गएको प्रहरीको टोलीले फेला पारेको थियो। बँदेल मारिसकेका पूर्वडीआईजी शाहसहितको टोली स्कोर्पियोमा रहेको अवस्थामा हतियार पनि भेटिएको थियो। बँदेल मारेर राखिएको ट्याक्टर कसको हो भन्ने खुलेको छैन। सप्तकोशी नदी किनार क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई सप्तरी प्रहरीमा राखिएको छ। शाहसँगै चोरीशिकार अभियोगमा नेपाल प्रहरीका बहालवाला सई मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४४ वर्षीय सञ्जय न्यौपाने…
काठमाडौं: अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अध्ययनरत नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एकजना संदिग्ध पक्राउ परेका छन्। संदिग्ध व्यक्तिलाई बुधबार राति ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको पहिचान भने नखुलेको न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासले उल्लेख गरेको छ। संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार राति पक्राउ गरिएको समाचारमा उल्लेख छ। प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको बताइएको छ। प्रहरीले बुधबार दिउँसो संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गरेको थियो। सीसीटीभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राति ९ बजेर ४८ मिनेटको रहेको खबरमा उल्लेख छ। भोजपुरकी २१ वर्षे मुना एफ–१…
धनगढी : नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा भएको बताएकी छिन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राणाले पार्टी भित्र आफ्नो हैसियत बारे जानकारी रहेको भन्दै प्रधानमन्त्रीको लाइनमा नरहेको प्रष्ट पारिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेकाले धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला ।’ उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन्…