Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याइसकेर बजेटको तयारी सुरु गरेका छन् । नेकपा (एमाले) नेतृत्वको सरकार रहेको कोशी प्रदेशमा जनता समाजवादी पाटी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि वार्षिक नीति तथा कार्यक्रम र बजेटसमेत प्रभावित हुने देखिएको छ । राजनीतिक समीकरण नमिल्दा असार १ गतेसम्ममा प्रदेशको बजेट ल्याइसक्नुपर्ने प्रावधान कोशी प्रदेशमा भने मिचिने सम्भावना देखिएको छ । छवटा प्रदेश सरकारले…

Read More

दाङ : दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका-३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ को अमिलियामा बा २० प ९०७२ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा शुक्रबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । पक्राउ परेकाहरुबाट ९ फिट ६ इन्च लामो र ५ फिट १० इन्च चौडाइ भएको बाघको छाला र १४१ वटा हड्डी (८…

Read More

धनगढी : कैलाली प्रहरीले खैरो हिरोईनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कैलारी गा.पा. ७ बसन्तास्थित रामपुरबाट हसुलियातर्फ आउँदै गरेको स्कुटर चेकजाच गर्ने क्रममा चालक सुकानु चौधरीलाई खैरो हिरोईनसहित पक्राउ गरिएको हो। लागुऔषध ब्युरो नेपालगंज र इलाका प्रहरी कार्यालय हसुलिया बाट प्र.ना.नि. को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले चौधरीको साथबाट ३८ ग्राम ४८० मिलिग्राम खैरो हिरोईन बरामद गरेको छ । प्रहरीले चौधरी र स्कुटरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ – उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ। डिएसपी दाहालले भने,‘जेठ २४ गते उहाँलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौँ ।’ राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको डिएसपी दाहालले बताए ।

Read More

धनगढी: धनगढीमा करिब १६ क्विन्टल अवैध माछासहित कञ्चनपुरको बेलौरीका रामकुमार राना समातिएका छन् । धनगढी उपमहानगरपालिका–७ मनहेराबाट सुपप्र ०१००१ च ३४१९ नम्बरको जिपमा ल्याउँदै गरेको अवस्थामा उनी माछासहित समातिएका हुन् । जिप चालक बेलौरी नगरपालिका–७ का २१ वर्षीय रानाले ती माछा धनगढीबाटै खरिद गरेको बताए पनि पुष्टि हुने बिल भौचर नदेखिएपछि भारतबाट अवैध रुपमा ल्याएको आशंकामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद गरिएका माछा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ भने जिप र चालकलाई भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।

Read More

बझाङ: एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बझाङको संयोजकमा पुष्कर दौल्याल चयन भएका छन् । अनेरास्ववियु जिल्ला कमिटिको बैठकले दौल्याललाई संयोजकको जिम्मेवारी दिएको हो । निवर्तमान अध्यक्ष दिलबहादुर खातीले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । उनले जिल्ला इन्चार्जको जिम्मेवारी पाएपछि दौल्याललाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो ।

Read More

बैतडी: बैतडीमा महिलाहरुलाई अचार बनाउने तालिम दिइएको छ । जिल्लाको पाटन नगरपालिका ८, ९ र १० का ३० जना महिलालाई तालिम दिइएको हो । तालिममा तीनै वडाका कृषि सहकारीमा आवद्ध महिलाहरू सहभागी थिए । उनीहरुलाई यही जेठ २१ गतेदेखि ७ दिने तालिम दिइएको बताइएको छ । तालिममा फापर, मुला, अदुवा, खुर्सानी लगायतको अचार राख्न सिकाइएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

Read More

धनगढी: कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय माग गर्दै निरन्तर आन्दोलन चर्किरहेको छ। भोलि सुदूरपश्चिम बन्द नै गरेर आन्दोलन घोषणा गरिएपछि आन्दोलन थप सशक्त बनेको हो। संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै भइरहेका आन्दोलनका कार्यक्रम अन्तरगत आइतबार आमहड्ताल र सुदूरपश्चिम बन्दको घोषणा गरिएको बताए। उनकाअनुसार उक्त दिन प्रदेशभर अत्यावश्यक बाहेक कुनै पनि सेवा सञ्चालन गर्न पाइने छैन। संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले गेटा मेडिकल विश्वविद्यालय बनाउन सरकारले गरेको निर्णय कार्यान्वयनका लागि दबाब दिन आमहड्ताल गर्न बाध्य भएको बताए। गेटामा युनिभर्सिटी बनाउनुपर्ने भन्दै नेकपा एमाले र संघर्ष समिति…

Read More

कञ्चनपुर: कञ्चनपुरका एक युवक नहरमा मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट शनिवार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी खेतमा सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर घरबाट निस्किएका थिए । घर नफर्किएपछि खोजतलास गर्ने क्रममा उनी पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट हराएका १५ वर्षीय अमृत विष्ट फेला परेका छन् । उनी अत्तरियास्थित गोदावरी नगरपालिकाको लामीताल क्षेत्रमा फेला परेका हुन् । उनलाई अहिले प्रहरीले उनका काका नरेश विष्टको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए । बैतडीको सुर्नया गाउँपालिका घर भएका उनी आफ्ना काकासँग शिवनगरमा बस्दै आएका थिए ।

Read More