Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मानबहादुर धामी धामी नियुक्त भएका छन्। माओवादी संसदीय दलका नेता खगराज भट्टले धामीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। सुदूरपश्चिमका पूर्व वनमन्त्री समेत रहेका उनी दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। धामीलाई माओवादीले प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम माओवादी संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्त गरेको दलका नेता भट्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

Read More

धनगढीः  नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विक्रमसिंह धामी नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले धामीलाई प्रमुख सचेतकमा शुक्रवार नियुक्त गरेका हुन्। दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित धामी कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलमा नियुक्त भएको कांग्रेस संसदीय दलले जनाएको छ। धामीलाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्ति गरेको दलका नेता शाहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। 

Read More

डडेल्धुरा: नेपाल प्रेस युनियनकाे स्थापना दिवसको अवसरमा डडेल्धुराको जाेगबुडा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ। संविधान सभा सदस्य तथा नेपाली कांग्रेस महासमिति सदस्य नरभानकामीकाे संयोजकत्वमा बिरामीलाई फलफूल वितरण गरिएको प्रेस युनियन डडेल्धुराका कोषाध्यक्ष पदम जोराले बताए। उनका अनुसर एक दर्जन बिरामीलाई फलफूल वितरण गरि बिरामी र अस्पतालकाे अवस्था निरीक्षण गरिएको थियो। कार्यक्रममा नेपाली कांगेस सुदूरपश्चिम प्रदेश सदस्य धर्मानन्द भट्ट, जिल्ला कार्य समित सदस्य दलबहादुर साउद, परशुराम नगरसचिव मञ्जु धामी र जाेगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीको उपस्थिति रहेको थियो।

Read More

धनगढीः सुदूरपश्चिमका युवायुवतीहरुलाई संसदीय प्रणालीसम्बन्धि अभ्यास गराइएको छ। सुदूरपश्चिम प्रदेश युवा परिषदले उक्त अभ्यास गराएको जो। प्रदेशका युवाहरुको नेतृत्वदायी क्षमता अभिवृद्धी गर्ने हेतुले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ। नमूना युवा संसद अभ्यासमा सामेल युवाहरुले संसदका काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी लिएका छन्। यस्तै उनीहरुले नमूना युवा संसद अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससंगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमासमेत जानकारी लिएको बताएका छन्।सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट प्रतिनिधिमुलक रुपमा युवायुवतीहरुलाई उक्त कार्यक्रममा सहभागी गराइएको थियो। सो क्रममा प्रतिनिधि सभा, प्रदेशसभाले बनाउने ऐन, कानुन र कार्यान्वयनका चरणहरु बारे छलफल गरिएको थियो। जेठ ९ गतेदेखि…

Read More

धनगढी: कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिएपनि शिक्षक पदपुर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्। क्याम्पसमा कानून विषयका प्राध्यापकको व्यवस्था गरेर अध्यापन गराउनुपर्ने, मुुटकोटको व्यवस्था गर्नुपर्ने, पाठयक्रममा उल्लेख भएका किताब पुस्तकालयमा उपलब्ध हुनुपर्ने माग विद्यार्थीहरुको छ। पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापक बिना अध्ययन गरिरहेको एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले बताइन्। आजसम्म सहेर बसेको तर प्राध्यापक नै नाआएपछि पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरको विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस परिसरमै धर्ना दिएको उनले बताइन्। चर्को गर्मीमा धर्ना दिनुपर्दा केही छात्राको…

Read More

धनगढी: कैलालीको चुरे पाउँपालिका-४ स्थित बाजुरागडाका स्थानीयहरुले सिँचाइको माग गरेका छन्। हिजो (शुक्रबार) धनगढीमा याक नेपाल नामक संस्थाले आयोजना गरेको एक कार्यक्रममा उनीहरुले सो क्षेत्रका प्रदेश सभा सदस्य दीर्घ सोडारीसमक्ष आफ्ना मागहरु राखेका हुन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत पर्ने बाजुरगडामा वर्षौंदेखि खानेपानी र सिँचाइको चरम समस्या छ। बाजुरगडामा २५ परिवार दलित, जनजाति ७ परिवार र ब्राहमण, क्षेत्री परिवार गरी जम्मा ४० परिवारहरु बसोवास गर्दछ्न्। सोही विषयलाई लिएर उनीहरु धनगढी पुगेका थिए। उनीहरुले प्रदेश सरकारले त्यहाँ आधारभूत आवश्यकता प्रत्याभूत गराउनुपर्ने माग राखेका छन्। यस्तै प्रदेश सभा सदस्य सोडारीले पनि आफूले सो क्षेत्रको विकासको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।…

Read More

डोटी: डोटी बहुमुखी क्याम्पसका प्राध्यापक राजन केसीको निधन भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ का ४० वर्षीय केसीको हिजो नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो। जिब्रोमा क्यान्सर भएर उनको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ। उनी अंग्रेजी विषयका प्राध्यापक थिए।

Read More

डोटी: डोटीको सेती नदीमाथि निर्माणाधीन पुल छिटो सप्पन्न गर्न उच्च अदालत दिपायलले परमादेश जारी गरेको छ। विगत एक दशकदेखि निर्माणाधीन शिखर नगरपालिका-१० र ११ जोड्ने सेती नदी पुलको निर्माण कार्य छिटो सम्पन्न गर्न अदालतले विपक्षीका नाममा परमादेश जारी गरेको हो। डोटीका मानवअधिकारकर्मी तथा पत्रकार रामहरी ओझाले दर्ता गरेको रिट निवेदनमा यहि जेठ १० गते सुनुवाई गर्दै उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश देशबहादुर सार्कीको संयुक्त इजलासले निर्माण कार्य चाँडो सम्पन्न गर्न उक्त आदेश जारी गरेको थियो। उक्त पुलको निर्माण गर्ने जिम्मेवारी पाएको पप्पु-राजेन्द्र निर्माण सेवाले विभिन्न बहानामा योजना अलपत्र पारेपछि ओझाले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको…

Read More

काठमाडौं: पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे। पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा पनि घरबाटै लान्थे। यहाँसम्म कि कार्यालयको गाडीसमेत उनले चढेनन्। टण्डनले पशुपति क्षेत्र विकास कोषमा दुईपटक गरी ११ वर्ष दुई महिना पदाधिकारीका रूपमा कार्यरत रहे। तर अधिकांश समय उनले तलब भत्ता बुझेनन्। टण्डनले शिवस्व लाग्छ भनेर तलबभत्ता नै नबुझेको थाहा पाएपछि तत्कालीन रानी ऐश्वर्य शाहले उनलाई ‘तपाईंलाई अप्ठयारो परेको होला, थोरै भए पनि तलब बु्झ्नुहोस्’भनी आग्रह गरिन्। रानीको आग्रहलाई इन्कार गर्न नसकेपछि उनले मासिक २ हजार रुपैयाँ…

Read More

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत गुजरात टाइटन्स फाइनलमा पुगेको छ। गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो। गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो। मुम्बईका सूर्यकुमार यादवले ६१, तिलक वर्माले ४३ र क्यामरन ग्रिनले ३० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। गुजरातका मोहित शर्माले पाँच तथा मोहम्मद शामी र राशिद खानले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए । यो सिजनको आईपीएलमा उनको यो तेस्रो शतक हो। गिलले…

Read More