काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत गुजरात टाइटन्स फाइनलमा पुगेको छ। गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो।
गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो। मुम्बईका सूर्यकुमार यादवले ६१, तिलक वर्माले ४३ र क्यामरन ग्रिनले ३० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।
गुजरातका मोहित शर्माले पाँच तथा मोहम्मद शामी र राशिद खानले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए । यो सिजनको आईपीएलमा उनको यो तेस्रो शतक हो।
गिलले आईपीएलको एकै सिजनमा तीन वटा शतक हान्ने विराट कोहली र जोस बट्लरको रेकर्ड पनि बराबरी गरेका छन् । गुजरातले अब उपाधिको लागि भोलि आईतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ।
Facebook Comments Box