Author: महेन्द्रनगर पोष्ट

तनहुँ : तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन्। प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो। मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट आज पाँच दिनको म्याद थप गरिएको छ।  विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक…

Read More

चितवन: माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन्। २०७१ साल मंसिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो। गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो । सुरुवाती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले नौ वडा कायम गरेको थियो। संघीय सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेटमा वडा नं १० लाई बजेट विनियोजन गरेको छ । माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन्। उनले भने, ‘माडीमा वडा नं १० छँदै छैन तर रु १० लाख…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशमा ‘लम्पीस्किन’ रोगको प्रकोप फैलिदै गएको छ। प्रदेशका नौवटै जिल्लाका पशुहरुमा यो रोग फैलिएको हो। पशु सेवा विभागका अनुसार सुदूरपश्चिममा ६८ हजार ४ सय ६१ गाईभैंसी प्रभावित छन् भने २ हजार ७ सय ४७ मरेका छन्। सुदूरपश्चिम प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले पहाडी सबै जिल्लामा लम्पीस्किन देखिएको बताए। उनका अनुसार सबैभन्दा बढी अछाममा यो रोगले क्षती गरेको छ। भारतसँग सीमा जोडिएका जिल्ला डडेल्धुरा, दार्चुला र सबैभन्दा बढी अछाममा क्षति भएको उनले बताए। यो रोग न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने काम भइरहेको निर्देशनालयले बताएको छ। आगामी आर्थिक वर्षको बजेटमा यो रोगका लागि खोपको…

Read More

काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वा…

Read More

-जिएस.भण्डारीरक्तदान एउटा यस्तो कार्य हो, जसले विश्वव्यापी रूपमा लाखौंलाई बचाउँछ। किनभने रगत मानव जीवनको अत्यावश्यक तत्व हो। रक्तदान नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले रक्तदानलाई महादान भनिन्छ। विश्व रगत दाता दिवस हरेक वर्ष जून १४ मा पर्दछ। यस बर्षको लागि विश्व रक्तदाता दिवसको नारा ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने रहेको छ। यस नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ। यसले विश्वभरिका व्यक्तिहरुलाई नियमित रूपमा रक्तदान गर्न र स्वास्थ्यमा योगदान पुर्‍याउन आह्वानलाई गर्दछ। विश्व स्वास्थ्य संगठनले अनुमान गरेअनुसार…

Read More

धनगढी : नेकपा (एमाले) कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनाका लागि आन्दोलनमा उत्रेकालाई धन्यवाद दिएका छन् । कार्यवहाक अध्यक्ष जोशीले बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दे जेठ १८ देखि ३० गतेसम्म सञ्चालिन आन्दोलनमा सहभागी पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक, पत्रकार र आम कैलालीवासीलाई धन्यवाद दिएका हुन । नेपाल सरकारले संसदमा व्यक्त गरेको धारणालाई पर्ख र हेरको अवस्थामा पुगेका छौ अध्यक्ष जोशीले विज्ञप्तीमा भनेका छन् चालु अधिवेशनमा नै विश्व विद्यालय सञ्चालन सम्वन्धी ऐन प्रस्तुत गर्न जोडदार माग गर्दछौ । विज्ञप्तीमा चालु अधिवेशनमै विश्व विद्यालय सञ्चालन सम्वन्धी ऐन प्रस्तुत नगरे फेरि आन्दोलनमा उत्रिने उल्लेख गरिएको छ ।

Read More

तनहुँ : श्रीमतीले दुईवटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेको प्रहरीले जनाएको छ । तनहुँको व्यास नगरपालिका ४ स्थित चिहानडाँडामा कच्ची सडक हुँदै ओहोरदोहोर गर्नेले दुर्गन्ध आएको बताएपछि प्रहरीले खोजतलास गर्दा ह्युम पाइपमा प्लास्टिकको बोराभित्र श्रीमतीको शव फेला परेको थियो । हत्या गरेको अशंका गरी प्रहरीले तत्काल अनुसन्धान गरेको प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए । तनहुँ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अशंकमा पक्राउ परेका उनका श्रीमान्‌लाई सार्वजनिक गरेको छ ।…

Read More

धनगढी: आफ्नै १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।  न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए । त्यस्तै, अदालतले दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला पनि गरेको छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दै आएकी थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ । जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण…

Read More

धनगढी: कञ्चनपुरमा अवैध रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्रि, बितरण तथा उपचार गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन्। दोधाराचाँदनी नगरपालिकामा अनाधिकृत मेडिकल सञ्चालन गर्ने ९ जना भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। बुधबार मेडिकल पसलहरुको खानतलासी गरी मेडिकल सञ्चालकसँगै औषधी र उपचार सामाग्री बराम गरिएको प्रहरीले जनाएको छ। दोधराचाँदनी नगरपालिका–७ कञ्चभोजबाट भारत उद्धमसिंह नगर खटिमाका २६ वर्षीय संजय बिश्वास, पिलिभित नौजलियाका ४६ वर्षीय राजेश बिश्वास, पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोश सरकारलाई पक्राउ गरिएको छ। यसैगरी, दोधराचाँदनी नगरपालिका–४ लठाघाट चौराहाबाट भारत पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुधान्सु हल्दार, भारत उद्धमसिंह नगर खटिमाका २३ वर्षीय रबि बिश्वास,…

Read More

कञ्चनपुर : लघुबित्तहरूले बढि ब्याज असुली गरेको र लघुबित्तकै कारणले घरबास उठेको कुरा नौलो होईन। गाँउ बस्तीमा सहुलियत कर्जा प्रवाह गर्ने भनेर खुलेका यस्ता लघुबित्तहरू बास्तविक गरिब सम्म पुगेका छैनन ।यी यावत हर्कतमा मुछिदै आएका लघुबित्तले फेरी अर्को हर्कत गरेको छ, त्यो हो- बाहिरी व्यक्तिको नाममा किर्ते कागजात तयार गरी रकम हिनामिना ।नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको र महेन्द्रनगरमा शाखा कार्यालय खोलेर काम गरिरहेको इन्फिनिटी लघुवित्त वित्तका एक कर्मचारीले बाहिरी व्यक्तिको नाममा किर्ते कागजात तयार गरी रकम हिनामिना गरेका छन् । सम्बन्धित व्यक्तिलाई थाहै नदिई कर्मचारीले नै उक्त रकम हिनामिना गरेका हुन् । ती कर्मचारीले एक पटक ऋण लिएर चुक्ता…

Read More