Author: महेन्द्रनगर पोष्ट

धनगढी: दोब्बर उमेरकी महिला तथा प्रेमिकाको हत्या गरेको अभियोगमा २२ वर्षीय प्रेमी ओमलाल मण्डल समातिएका छन् । बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्ने मण्डललाई कर्तव्य ज्यान कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मिथिलाबिहारी नगरपालिका तारापट्टीकी करिब ४५ वर्षीया उषा दासका श्रीमानको मृत्युपश्चात युवक र उनी प्रेम सम्बन्धमा रहे पनि विवाहको विषयमा कुरा नमिलेपछि घटना भएको बताइन्छ । प्रहरीका अनुसार गत बिहीबार राति ११ बजे विवाहको विषयमा दुबैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ भाग्न खोजेकी महिलालाई उनले घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  आइतबार साँझ करिब…

Read More

धनगढी: गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारलाई दबाब दिन राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्गलवार साँझ धनगढी पार्कमोड जाने सडकमा प्रदर्शन गरेको हो।राष्ट्रिय स्वतन्त्र पार्टीले गेटामा विश्वविद्यालय स्थापना गर्नुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ। गेटामा विश्वविद्यालय स्थापनाका लागि भइरहेको आन्दोलनमा पनि रास्वपाले एक्यवद्धता रहेको जनाएको छ।

Read More

धनगढी: बझाङमा लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आएका छैनन्। नयाँ भाडादर समायोजनविरुद्ध आन्दोलित यातायात व्यवसायीहरूले यातायात ठप्प पारेको चार दिन भइसक्दा समेत लामो दूरीका सार्वजनिक सवारीसाधन अझै सञ्चालनमा आउन सकेका छैनन्। सार्वजनिक सवारीसाधन बन्द भएका दिनदेखि नै यातायात व्यवसायीसँग छलफल भए पनि अहिलेसम्म गाडी खुल्ने टुङ्गो नलागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका सहायक हवल्दार दीपेन्द्र कठायतले बताए। उनले भने, ‘आज बिहान मात्रै बझाङमा रहेका सबै सवारीसाधन लिएर यातायात व्यवसायीहरू धनगढी गएका छन्। धनगढीमा नयाँ भाडादर समायोजनको विषयमा छलफल भइरहेको छ।’ यातायातका साधन बन्द हुँदा जिल्ला बाहिर जाने र आउने यात्रु समस्यामा परेका छन्। विशेष गरी खेतीपाती लगाउने समय नजिक आइरहेकाले…

Read More

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो । उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको हो । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सिआइबीको र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्तरुपमा उक्त हत्याको अनुसन्धान गरिरहेको बताए । उनको अनुसार अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको छ ।…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयाघात पुष्टि भएको छ। मंगलबार बिहान गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको भेटिएको हो। उक्त नसा लगभग ७० प्रतिशतभन्दा बढी बन्द भएको पाइएपछि तत्कालै एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको ती चिकित्सकले बताए। स्रोतका अनुसार पौडेललाई शनिबारदेखि नै असहज महसुस भएको थियो। त्यसपछि उनलाई शनिबार दिउँसो पनि गंगालाल अस्पतालकै इमर्जेन्सीमा लगिएको थियो।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि दैलेख जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दुल्लुस्थित दह गाउँ आउन लागेका हुन् । प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो ३ बजे दह गाउँ पुग्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौँ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री प्रचण्ड दैलेख आउने कार्यक्रम तय भएको छ ।

Read More

काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक पनि विश्वासको मत पाएका छन् । नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि यादवले आज विश्वासका मत लिएका हुन् । उनलाई प्रमुख प्रतिपक्षी एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकामा सेवाग्राहीका लागि खानेपानी, टिभी र फ्रि वाइफाई गरिएको छ। महानगरपालिकाले स्थापना गरेको सेवाग्राही कक्षको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका हुन्। सेवाग्राही कक्षमा दुई वटा एसी र ६ वटा पंखा जडान गरिएका छन्। बस्नका लागि सोफा, चिसो र तातोपानीको व्यवस्था गरिएको छ। ६४ इञ्चको टिभी र कक्षभित्रै डिजिटल नागरिक वडापत्र पनि राखिएको छ। उपमहानगरपालिकाको २२ लाख ५१ हजार तीन सय ६१ रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिक्षालयमा पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क वाईफाईको व्यवस्था पनि गरिएको छ। नगरप्रमुख गोपाल हमालले चालू आर्थिक वर्षको बजेटबाट प्रतिक्षालय निर्माण गरिएको बताए।

Read More

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद आचार्यले अघिल्लो स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हुँदा लिएको मोबाइल फिर्ता नगरेको खुलेको छ । २०७७ फागुन ९ गते देखी २०७८ फागुन १६ गते सम्म आचार्य दैलेखको गुराँस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा थिए । त्यस क्रममा उनले विभिन्न हर्कत गरेको खुलेको छ । कार्यालय प्रमुख हुँदा उनले पाएको ७० हजारको ‘वन प्लस नर्ड २’ मोबाइल फिर्ता नगरेको पाइएको छ । दैलेखबाट सरुवा भएर कैलाली आएको एक बर्ष बढि भइसकेको छ । तर, पनि उनले महंगो मोबाइल फिर्ता गरेका छैनन् । यो बिषय महालेखाको प्रतिवेदन २०७९ मा उल्लेख छ ।…

Read More

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट वडा नम्बर २ बंकका २० वर्षीय बिबेक साउँद लागुऔषधसहित पक्राउ परेका हुन्। उनी ५० मिलिग्राम लागुऔषधसहित आज दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More