Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत गुजरात टाइटन्स फाइनलमा पुगेको छ। गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो। गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो। मुम्बईका सूर्यकुमार यादवले ६१, तिलक वर्माले ४३ र क्यामरन ग्रिनले ३० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। गुजरातका मोहित शर्माले पाँच तथा मोहम्मद शामी र राशिद खानले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए । यो सिजनको आईपीएलमा उनको यो तेस्रो शतक हो। गिलले…

Read More

धनगढी: सुदूरपश्चिममा यहीँ जेठ १४ र १५ गते प्रादेशिक नीति संवाद तथा युवा महोत्सव हुने भएको छ। बालबालिका, किशोरकिशोरी तथा युवाका क्षेत्रमा एक दशकदेखि कार्यरत पूर्व बालक्लब सदस्यहरूद्वारा गठन गरिएको संस्था युवालयले उक्त महोत्सव आयोजना गर्न लागेको हो। यस्तै युवालयलाई राष्ट्रिय युवा परिषद्ले सहकार्य तथा प्रदेश युवा परिषद्ले समन्वय गरेको छ। यस्तै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सहयोग गरेका छन्। सो महोत्सवमा युवा उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई सो क्षेत्रका विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिने जनाइएको छ। त्यस्तै, युवाको अर्थपूर्ण सहभागितामा युवा लक्षित…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्घाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाटा नगरपालिका –८ का दिनेश जप्रेल घरमा लुकिछिपि रहेको अवस्थामा शुक्रबार पक्राउ परेका हुन। जप्रेललाई जिल्ला अदालत कञ्चनपुरबाट २०७८ मंसिर २१ गते लागुऔषध चरेशको मुद्घामा १ बर्ष ९ महिना ३ दिन कैद र १५ हजार जरिवाना तोकिएको थियो। जप्रेललाई हिजो कञ्चनपुर जिल्ला अदालतले तोकिएको सजाय  भुक्तानको लागी कारागार चलान गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए।

Read More

धनगढीः हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज शनिवार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागहरुका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको उल्लेख गरिएको छ। राति देशको पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढीः सुदुरपश्चिम पृतना हेड क्वाटरले लम्कीचुहा नगरपालिका वडा नम्बर –३ स्थित कर्णाली नदीमा मनसुन जन्य विपद् न्युनीकरण सम्बन्धि संयुक्त कृतिम अभ्यास सञ्चालन गरेको छ। उक्त अभ्यासमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, युएनडिपी, विश्व दृष्टि नेपाल लगायत संघ संस्थाको सहभागिता रहेको  थियो। अभ्यासमा नेपाली सेनाले बाढी तथा डुबानको समयमा फसेका व्यक्तिहरुलाई  मोटर डुङ्गा , रबरबोट र डोरीबाट खोज तथा उद्धार अभ्यास गरेको थियो। साथै खोचमा फसेका व्यक्तिहरुलाई क्यराविनको सहायताबाट कर्णाली पुलबाट झरेर उद्धार अभ्यास पनि गरिएको थियो। सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले नदीमा वेपत्ताहरुको खोज तथा उद्धार तथा नेपाल प्रहरीले समेत रबर बोटबाट अभ्यास…

Read More

काठमाडौं – प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि बस्दै नबसी साढे ६ घन्टापछि भोलिका लागि सरेको छ । नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न सकेन । त्यसैले सभामुख घिमिरेले भोलि ४ बजेका लागि बैठक सारेका छन् । नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एक सुत्रीय अडान राखिरहेका छन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा…

Read More

काठमाडौँ – सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले बजेटको मुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा गैर जिम्मेवार व्यवहार गरेको टिप्पणी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले एमालेको मागका सम्बन्धमा छलफल भइरहेको बताए । सकेसम्म संसद्लाई सौहार्द बनाउने प्रयासमा आफूहरू रहेको उनको भनाइ छ । माओवादीका अर्का सांसद माधव सापकोटाले बजेटको मुखमा एमालेले दुई दिन अगाडिको विषय निकालेर गैर जिम्मेवार व्यवहार प्रदर्शन गरेको बताए । जेठ १० गतेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार लगायतका काण्डहरू भएको उल्लेख गर्दै पशुपतिनाथको जलहरी लाउँदा…

Read More

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । शुक्रबार क्याम्पस प्रमुखको कोठामा प्राध्यापकहरूले तालाबन्दी गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई समायोजन नगरेर अलपत्र पारेको भन्दै तालाबन्दी गरिएको बताइएको छ । कर्मचारी समायोजनसहितका विषयमा विश्वविद्यालयले लापरबाही गरेको प्राध्यापकको गुनासो छ ।

Read More

काठमाडौँ – सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस अघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बेलुकी ६ बजेका लागि निर्धारण भएको छ। संसद सचिवालयले सूचना जारी गर्दै बेलुकी ६ बजेका लागि बैठक तय भएको जनाएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको बैठकको समय ३ बजेका लागि तोकिएको थियो। तर, सहमति नहुँदा बैठकको समय पुनः ६ बजेलाई तय भएको हो। बुधबारको संसद् बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखिएको बताएपछि एमालेले आज संसद् अवरोध गरेको हो। एमाले सांसदले दाहालको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए। आज जेठ ५ मा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदले…

Read More