Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडी शिवनाथ गाउँपालिकामा १० शैय्या आधारभूत अस्पतालको शिलान्यास गरिएको छ। गाउँपालिकाको वडा नम्बर ६ सुल्लेखानमा अस्पतालको शिलान्यास गरिएको हो । शुक्रबार एक कार्यक्रमबीच शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले अस्पतालको शिलान्यास गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानबाट १० शैय्या अस्पताल भवनको शिलान्यास गरिएको उनले बताए। कूल ७ करोड ३ लाख ७४ हजार २ सय ४९ रुपैयाँको लागतमा अस्पताल निर्माण भैरहेको छ। निर्माणको जिम्मा एस मित्र जेभी निर्माण कम्पनीले पाएको र १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Read More

काठमाडौं: श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ। गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए। केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाको निर्माणाधीन रिफ्रेश सेन्टरको सेफ्टी ट्याङ्कीमा शव फालेका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका विकलाई कपिलवस्तुमा लगिएको छ। उनी रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम स्थायी बासिन्दा हुन्। केशुको शव फागुन २० गते सडेगलेको अवस्थामा फेला परेको थियो। हत्यापछि छोराछोरी लिएर गर्भे विक फरार रहेको प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताए।

Read More

धनगढी: हिजो राति कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसन अगाडि आजजनी गरिएको छ। हिजो शुक्रबार राति करिब पौने १० बजेतिर आगजनी गरिएको हो। प्रहरीकाे सहयाेगमा उक्त आगाे नियन्त्रणमा लिइएको फाउन्डेसनकी सञ्चालक कल्पना भट्टले जानकारी दिइन्। असहाय तथा सडक मानवलाई आश्रय दिइरहेको उक्त फाउन्डेसन अगाडि आगजनी गर्ने दोषीलाई कारबाही गर्न उनले माग गरेकी छिन्।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लक्षित गरेर परराष्ट्रमन्त्री एनपी साउदले छलफल तीव्र पारेका छन्। जेठ तेस्रो साता हुने सम्भावना रहेको भ्रमणलाई लक्षित गरेर उनले पूर्व परराष्ट्रमन्त्रीहरु, पूर्वराजदूतहरु र पूर्व सचिवहरुसँग छलफल तीव्र पारेका हुन्। परराष्ट्रमन्त्री साउदले शुक्रबार प्रधानमन्त्री प्रचण्डको भ्रमणका विषयमा पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरु सुजाता कोइराला, रघुवीर महासेठ, डा. प्रकाशचन्द्र लोहनी र डा. भेषबहादुर थापा सहभागी थिए। पूर्व परराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए। उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धबारे छलफल भएको पनि बताए।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। भोलि आइतबार पनि कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा…

Read More

धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम फेरि तय भएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपाल बन्द भनिएकाले पूर्व राजाको धनगढी आउने कार्यक्रम स्थगित भएको बताइएको थियो। तर, पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ। पूर्व राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ। पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र…

Read More

धनगढी: नेकपा एमाले सुुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले १०० दिन घुुमघाममै बिताएको टिप्पणी गरेका छन् । एमाले संसदीय दलले शुुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका रावलले घुमघाममै दिन बिताएको बताउदै जनपक्षीय काम नभएको बताएका हुन् । ‘मुख्यमन्त्री जीले पत्रकार साथीहरुलाई १०० दिनमा काम गरे भनेर बिहानै बोलाएर लामै फेहरिस्त बाड्नुभएछ। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले यो काम गरे त्यो काम गरे भन्दैमा कसले पत्याउँछ,’ रावलले भने, ‘यो सरकारका मुुख्यमन्त्री र मन्त्रीहरु घुमघाममै ठीक्क छन् । यो टुरिष्ट सरकार हो।’ रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजन बाहेक तीन महिनासम्म प्रदेशसभालाई…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीले भोलिदेखि आह्वान गरेको नेपाल बन्दका कार्यक्रम फिर्ता लिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन दिएकाले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन् । नाउपाले भोलिदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गरेको थियो।

Read More

धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए। उनका अनुसार रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम विवादित हुनसक्ने भन्दै भ्रमण रद्द गरिएको हो। राजपरिवारको सुदूरपश्चिम भ्रमण स्थगित भएकोबारे आज एक पत्रकार सम्मेलनमार्फट नै जानकारी गराइएको छ। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्तिको देशव्यापी आन्दोलनका कारण भ्रमण रद्द भएको हो। आयोजकले भने आन्दोलनका साथै सुरक्षाको कारण देखाएर शनिवारबाट हुने…

Read More

धनगढीः नेपाली कांग्रेसका सुुदूरपश्चिम प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह मन्त्री बन्ने भएका छन्। बझाङबाट निर्वाचित सिंहलाई मुुख्यमन्त्री कमलबहादुर शाहले आज आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्ने स्रोतले जनाएको छ। सिंहले पनि आफूलाई मन्त्रीमा नियुक्त गर्नेबारे जानकारी आएको बताए। उनले भने, ‘भर्खरै मुख्यमन्त्रीज्यूले फोन गर्नुभयो। म काठमाडौंमा छु। सपथका लागि ५ बजे आउन भन्नुभएको छ। तर, मैले त भोलिको टिकट काटेको थिए। त्यत्तिकैमा अहिले म एयरपोर्टतिर जादैछु। अब धनगढी आउने जहाज खोज्छु।’ आफ्नो पूर्वनिर्धारित जहाजको टिकट भोलिको भएकाले हतारहतार सपथमा आउनुपर्ने बाध्यता आइलागेको उनको जिकिर छ। सिंहसँगै माओवादी केन्द्रका रमेश धामी र झपट साउँद पनि मन्त्री बन्दैछन्। साँझ ५ बजे प्रदेश…

Read More