Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट ३६ वर्षीय करन ओड र गणेश बुढा पक्राउ परेका हुन् । करनलाई ११० ग्राम लागुऔषधसहित पक्राउ गरिएको र गणेशको पसलबाट ल्याएको भन्ने खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

कैलाली: कैलालीमा सहकारी अगाडि राखिएका मोटरसाइकलमा आगलागी भएको छ । आज जिल्लाको टीकापुर नगरपालिका–१ स्थित नवजीवन सहकारी संस्थाको पार्किङमा राखिएका दुई मोटरसाइकलमा अचानक आगलागी भएको हो । सोही सहकारी संस्थाका सुरक्षा गार्ड मदनबहादुर सिंहको नाममा रहेको भे८प २९३ नम्बरको मोटरसाइकल र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–८ खजुराका कालु खाँण ठकुरीको सु.प.प्र.०१००८प ५९०२ नम्बरको माटरसाइकलमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । आगलागी हुँदा दुबै मोटरसाइकल जलेर नष्ट भई ४ लाख रुपैयाँ बराबरको बराबरको क्षति भएको बताइएको छ । प्रहरीले आगालागीको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको बताएको छ ।

Read More

काठमाडौँ: नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागेको छ । सहायक प्रबन्धकसहित विभिन्न पदमा ८९ जना कर्मचारी भर्न गर्न बैंकले आज आवेदन मागेको हो । आज सूचना प्रकाशित गर्दै बैंकको मानव स्रोत व्यवस्थापन विभागले छैठौं तहको सहायक प्रबन्धकसहित चौथौं तहको सहायक आवश्यक परेको जनाएको छ । आजदेखि असार २१ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनिएको छ ।

Read More

धनगढीः नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल सेवाबाट निलम्बन भएका छन् । आफ्नै महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका पाललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो । अनुसन्धानकै क्रममा गृहमन्त्रालयबाट उनलाई ६ महिना निलम्बन गरेर अनुसन्धान गर्न निर्देशन आएसँगै उनी निलम्बनमा परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। ‘गृहबाट हिजो पत्र आयो। आजदेखि लागू हुने गरी ६ महिनालाई उहाँ निलम्बनमा पर्नु भयो,’ उनले भने, ‘अब ६ महिनाभित्र मुद्दा टुंगिनुपर्छ।’ प्रहरीकी सहायक हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए । सुदूरपश्चिमको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका हाकिम समेत रहेका पालले…

Read More

धनगढी: कैलाली कारागारभित्र देखिएका बेथिति र घोटालाका विषयमा छानबिन सुरु गरिएको छ। महेन्द्रनगरपोष्टले कारागारभित्रै कुटाकुट, भित्रै ड्रग्स, मदिरा लगायतको कारोबार र घुस प्रकरणलाई उजागर गरेको थियो। सो घटनापछि कारागार व्यवस्थापन विभागले कारागार प्रशासन लगायत कर्मचारीमाथि आन्तरिक छानबिन थालिएको जनाएको छ। विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेले कैलालीका सिडिओसित समन्वय गरेर छानबिन गरिरहेको महेन्द्रनगरपोष्टलाईबताए। विभाग स्रोतका अनुसार कारागार व्यवस्थापन विभागले आन्तरिक छानबिन सकेर कैलाली पुगेरै स्थलगत अनुगमन गरी थप कारबाही प्रक्रिया अगाडि बढाइने छ। कैलाली कारागारमा वर्षौंदेखि खुलेआम भित्रै कैदीहरुले लागुऔषध सेवन तथा कारोबार गर्दै आएका छन्। अस्ती जेठ २२ गते कारागारभित्रै कुटाकुट समेत भएको थियो। उक्त घटनापछि कारागार केही प्रहरीका…

Read More

काठमाडौं: माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन स्वदेश फर्किएका छन् । चार महिनादेखि चीनमा उपचार गराइरहेका पुन शुक्रबार नेपाल आएका हुन् । पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए । जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि पुन गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

Read More

कञ्चनपुर: नक्कली फेसबुक खोलेर चरित्रहत्या गर्ने कञ्चनपुरका एक किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका-४ का १८ वर्षीय विनोद सुनार पक्राउ परेका हुन् । किशोरीले लकडाउनको समयमा अनलाइन कक्षा लिन खोलेको फेसबुकमार्फत उनीहरु नजिकिएका बताइएको छ । कुराकानीकै क्रममा विनोदले गोप्य अंग देखाई भिडिओ कल गर्न लगाउने र त्यसो नगरे धम्क्याउने गरेको भन्दै पीडितले उजुरी दिएकी थिइन् । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो । ‘सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको अनलाइन कुराकानी सम्पादन गरी, अश्लील…

Read More

काठमाडौँ: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहिबार र शुक्रवार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय भएको हो । सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो । लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् । कार्कीलाई गत वैशाख २५ गते संवैधानिक परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Read More

काठमाण्डौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्नरनगराउन निर्देशन दिएका हुन् । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्नरगराउन नहुने, यदि यस्तो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै त्यो कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ । मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण…

Read More

काठमाडौं: झापा कचनकवल गाउँपालिका–३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर ६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेको बताइएको हो । बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियाको गाडीमा मोटरसाइकलमा रहेका पनेरु सामान्य रूपमा ठोक्किएपछि रिसको झोकमा पनेरुले हेलमेटले वडा अध्यक्ष मियामाथि हेलमेट प्रहार गरेर घाइते बनाएको पाइएको प्रहरीको भनाइ छ । अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Read More