धनगढीः धनगढीको सिक्स लेन सडकमा लाइट जडान गरिएपछि अहिलेको लोकप्रिय संजाल टिकटक प्रयोगकर्ताहरुको भीड लाग्न थालेको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकमा स्मार्ट सडक लाइट जोडिएपछि ‘टिकटिके’को भीड लाग्न थालेको हो। साझको समयमा सो सडकमा टिकटक बनाउनेको मात्रा बढेको बताइन्छ। अहिले ६ लेन सडक टिकटक बनाउने थलो बन्दै गएको स्थानीय कमल पनेरुले बताए। ६ लेन सडकमा सबैभन्दा बढी भाटभटेनी आसपास, राजपुर क्षेत्र हुँदै धनगढी विमानस्थल प्रवेश गेट नजिक टिकटक बनाउने युवायुवतीको संख्या बढेको हो।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का २० वर्षीय रोशन भट्ट, १९ वर्षीय गणेश बोहरा र २५ वर्षीय विनय राजबंशी रहेका छन् । वडा प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
काठमाडौँ: राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ । चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर कैलालीको टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र त्यो घटनाका मुख्य नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उल्लेख गरेको छ । जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाइएको प्रक्रिया रोक्न सरकारसँग माग पनि गरेको छ ।
काठमाडौं: व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्धा दर्ता भएको छ । सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्धा दायर भएको हो। प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न आनकानी गरेपछि आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्स लगायतले मुद्दा दायर गरेका हुन्। प्रसाईंका दुई कम्पनी बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ तिर्न बाँकी भएको मुद्धामा उल्लेख छ। प्रसाईँविरुद्ध वैशाख २४ गते झापा जिल्ला अदालतमा सात वटा मुद्दा दायर भएका हुन्।
सोलुखुम्बु : थुलुङ दूधकोशी गाउँपालिकामा अज्ञात समूहले एक महिलाको हत्या गरेको छ। गाउँपालिकाको वडा नं. ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए। गएराति करिब ९ बजे अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको प्रहरीले जनाएको छ। वडासदस्य सरिता राईका अनुसार महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ। थप अनुसन्धानका लागी तालिमप्राप्त कुकुर झिकाउने प्रहरीले जनाएको छ।
खाँदबारी : संखुवासभामा एक प्रेमीले प्रेमिकाको हत्या गरेका छन्। खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन् खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका हुन्। उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेका छन्। घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ। घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कैलाली: तातो हावापानी रहेको कैलालीमा स्याउ फलेको छ। कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले स्याउ फलाएका हुन्। उनले तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती गरेका छन् । चिसो हावापानी भएको हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा ओलीले पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका छन्। तराईमा स्याउ फल्ने भएपछि यहाँका कृषक उत्साहित भएका छन्। ओलीले एचआरएमएन (हर्मन) –९९ जातको स्याउको बोट भारतबाट ल्याएका थिए। यो जातको स्याउ खेती ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा पनि हुनेगरेको उनले जानकारी दिए। प्रदेश सरकारको सहयोगमा उनले स्याउ खेती गरेका हुन्। यो प्रदेशको लागि एकदमै नौलो मानिएको छ।…
मुम्बई: ६० वर्षीय अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन्। अभिनेताले भर्खरै कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरे, जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरु पनि प्रतिक्रिया नदिएर बस्न सक्दैनन् । यति मात्र होइन, उनी अभिनेतालाई उनको नयाँ इनिङ्सका लागि बधाई दिँदै आएका छन्। आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् । बिहीबार एक विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचार आधारहिन भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘२०८० / ०२ / १० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु।’
काठमाडौं: एक दिदीले आफ्नो प्रेमीलाई बहिनीको अश्लील भिडिओ बनाएर पठाएको घटना बाहिरिएको छ।साइबर ब्यूरोले अनुसन्धानका लागि प्रयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले उक्त घटना पत्ता लगाएको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार उक्त टुलले छ महिनाअघि एउटा बालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओको अलर्ट पठाएको थियो । उनका अनुसार ६ महिनाअघि एआई टुलले बालिकाको यौन भिडिओ हेरिरहेका पुरुषको जानकारी पठाएर अलर्ट गराएको थियो। टुलले बाल यौन दुर्व्यवहारको भिडिओ हेरिरहेको पुरुषको जानकारी ब्यूरोलाई पठाएपछि कार्यालयको टिमले अनुसन्धान सुरु गर्यो। उक्त घटनामा अनुसन्धान गर्दै जाँदा दिदीले आफ्नै बहिनीको अश्लील भिडिओ बनाएर प्रेमीलाई पठाएको पाइएको रायले बताए । उनका त युवतीलाई सम्झाइबुझाइ…