काठमाडौं: व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्धा दर्ता भएको छ । सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्धा दायर भएको हो।
प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न आनकानी गरेपछि आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्स लगायतले मुद्दा दायर गरेका हुन्।
प्रसाईंका दुई कम्पनी बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ तिर्न बाँकी भएको मुद्धामा उल्लेख छ।
प्रसाईँविरुद्ध वैशाख २४ गते झापा जिल्ला अदालतमा सात वटा मुद्दा दायर भएका हुन्।
Facebook Comments Box