Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ । रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउछन् । यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ । “गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ”, मायाले भने, “दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि…

Read More

काठमाडौं : नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले रेडियो नेपालमा पुगेर गीत प्रस्तुत गरेका छन् । उनले वैदेशिक रोजगारीमा रहेका युवालक्षित गीत प्रस्तुत गरेका हुन्। उनको गीतको बेला रहेको छ ‘पुग्ने मन थिएन विदेशमा बस्नलाई हो ।’ जेलमुक्त भएपछि राजनीतिक कार्यक्रममा सक्रिय रहेका रेशमले रेडियो नेपालमा पुगेर पुराना साथीसँग भेट गर्दै रेडियोको अवलोकनसमेत गरे। उनी यही १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहा भएका थिए ।  

Read More

धनगढी:  सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा जुटेको छ। असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको हो।  सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने छ।  आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदान कटौती गरेको र राजस्वका कारण बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ।  प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो। चालु…

Read More

धनगढीः कैलाली प्रहरीले सिद्रा माछा समातेको छ। प्रहरीले भन्सार छलीका सिद्रा माछासहित ३ वटा साईकल बरामद गरिएको छ। जिल्लाको कैलारी गाउँपालिका–३ निबुवाबोझीमा भारतबाट भन्सार छली ल्याएका २२ हजार ५ सय मुल्य बराबरका सिद्रा माछासहित ३ वटा साईकल बरामद गरिएको हो। माछासहित साइकल वेवारिसे अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिइएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। 

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ मिनीस्कर्ट लगाएर संसदीय समितिको बैठकमा पुगेकी छन्। श्रेष्ठले बुधबार बिहान बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वाथ्य समितिको बैठकमा सहभागी हुन जाँदा मिनीस्कर्ट लगाएकी हुन्। समितिको बैठकमा सांसद श्रेष्ठ मिनीस्कर्ट लगाएर पुग्दा उनी छेउछाउका सांसदले कानेखुसी गरेका थिए। समिति बैठकमा सहभागी सबै सांसदहरुले औपचारिक पोशाक लगाएका थिए। प्रतिनिधिसभा नियमावलीमा संसद र समितिका सदस्यहरूले बैठकमा सहभागी हुँदा मर्यादित पोशाक लगाउनुपर्ने उल्लेख छ। श्रेष्ठले केही दिनअघि संसद बैठकमा टिसर्ट र जिन्सको पहिरन लगाएकी थिइन्।

Read More

डडेल्धुरा: चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष कैलालीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन्। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उक्त खातामा रकम नै नभएको भेउ पाएपछि टंकले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका एक अधिकारीले बताए। वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो। त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ…

Read More

धनगढी: काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम गर्ने भएको छ। असार १ गते शुक्रबार ४ बजे धनगढीको जलशा होटल र शनिबार विहान ९ बजे महेन्द्रनगरको ओपेरा होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त शैक्षिक कार्यक्रम गर्न लागिएको हो। सो कार्यक्रममा स्कुलका चियरमेन इ.डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाललगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ। कार्यक्रममा शिक्षाको विषयमा उनीहरुले प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम समेत छ।

Read More

बझाङः बझाङमा पाँच दिनदेखि ठप्प पारिएको यातायात आजदेखि सुचारु भएको छ। नयाँ भाडादरको विषयमा यातायात व्यवसायिहरुसँग सहमती भएपछि पाँच दिनदेखि बन्द भएका लामो दुरीका सवारी साधनहरु सञ्चालन हुने भएका हुन्। प्रदेश सरकारले निर्धारण गरेको नयाँ भाडादरका विरुद्धमा यातायात व्यवसायी रहेका थिए। उनीहरुले लामो दूरीका सवारीसाधन पाँच दिनदेखि सञ्चालन गरेका थिएनन्। केहिदिन अघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको नयाँ भाडादर तोकेको थियो। तर, प्रदेश सरकारले जारि गरेको भाडा दर लागू नगरेर अब प्रतिकिलोमिटर ४ रुपैयाँका दरले कायम गर्ने सहमति भपछि अवरुद्द यातायात आज बिहानबाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

Read More

कैलाली: नदिमा डुबेर कैलालीका एक बालकको ज्यान गएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका-३ स्थित काँडा नदिमा डुबेर स्थानीय ९ वर्षीय अमर बिकको मृत्यु भएको हो। बुधबार साँझ गर्मी छल्नका लागि साथीहरुसँग नुहाउन गएका उनी नदिमा डुबेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ। डुबेपछि स्थानीयले उनको उद्दार गरेका थिए। तर, उपचारका लागि अस्पताल पुगाउनु अघि उनले प्राण त्यागेको प्रहरीले जानकारी दिएको छ।

Read More