Author: महेन्द्रनगर पोष्ट

धनगढी – सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले युवालाई विदेश जाने सपना अन्त्य गराउनु पर्ने बताएका छन् । धनगढीमा जारी दुई दिने प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको समापन गर्दै मन्त्री धामीले युवालाई विदेश जाने सपना अन्त्य गरेर सुदूरपश्चिम प्रदेश बनाउने जिम्मा लिनुपर्ने बताएका हुन् । धामीले जल, धार्मिक पर्यटन, जङ्गल, जमिन उपयोग गरेर युवालाई रोजगारीमा समेटेर प्रदेश सरकार अघि बढ्ने योजना बनाइएको बताए । युवा उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति, यौन तथा प्रजनन् स्वतथ्यबारे विज्ञहरूले अभिमुखीकरण दिएका थिए । कार्यक्रममा नेपालको जनसङ्ख्याको ४२ दशमलव ५ प्रतिशत मानिस…

Read More

धनगढी – सरकारले सुदूरपश्चिमको तराई र पहाड जोड्ने निर्माणाधीन खुटिया–दिपायल–उरै भञ्ज्याङ सडकलाई २५ करोड बजेटको व्यवस्था गरेको छ। अर्थमन्त्री डाक्टर। प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष ९आव० २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

Read More

धनगढी – सरकारले कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भएको छ। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने यसअघि सरकारले निर्णय गरेको थियो। तर अर्थमन्त्री महतले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भन्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नभई अब शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अघि बढाइने भएको हो। सञ्चालनको प्रारुप टुंगो लागेपछि अब छिट्टै सञ्चालन हुने बाटो…

Read More

डडेल्धुरा: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशमलाल चौधरीलाई रिहा गरेको विरोधमा डडेल्धुरामा राष्ट्रपति तथा शिर्ष नेताहरुको पुतला दहन गरिएको छ।सोमबार नेवि संघ(विपी) र स्वतन्त्र युवा एकता समाजले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला जलाएको हो। देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरा सदरमुकामस्थित बागबजारमा उनीहरुले ‘नालायक राष्ट्रपति मुर्दावाद, जनघाति निर्णय फिर्ता गर, राष्ट्रविरोधी दलाल भ्रष्ट नेता मुर्दावाद, नालायक सरकार मुर्दावाद, नेपालीवाद जिन्दावाद’ लगायतका नारा लगाउँदै पुलता जलाएका थिए। पुतला दहनपछि कोणसभामा बोल्दै नेवि संघ(विपी) का जिल्ला सभापति मदन बोहराले सर्वोच्च अदालतले आजीवन जेल सजाय सुनाएको चौधरीलाई रिहा…

Read More

काठमाडौं – सरकारले रौतहटको चन्द्रपुर–गौर सडक स्तरोन्नतिका लागि ७६ करोड विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चन्द्रपुर–गौर सडक स्तरोन्नति र विस्तारका लागि ७६ करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।

Read More

दार्चुला – दार्चुलामा महाकाली नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ धम्पनेराका १५ वर्षीय बालक सुदिप धामी दिउँसो महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् । साथीहरुसँग महाकाली नगरपालिका–१ कलौनस्थित महाकाली नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेको तथा त्यसको केही समय पछि नदीमा बगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए । करिव एक किलोमिटर तल पुलघाट क्षेत्रमा बग्दै गरेको देखिएपनि त्यसपछि भेटाउन नसकिएको उनले बताए । बेपत्ता धामीको सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेको छ । धामी महेन्द्र नमूना मावि खलंगामा कक्षा १० मा अध्ययनरत छात्र हुन् ।

Read More

काठमाडौं- ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु. १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् । चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ ।६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ । छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको…

Read More

काठमाडौं – सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ । सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

Read More

काठमाडौं – सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री महतले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएका हुन । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले साे कुरा जनाएका हुन । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । कार्यक्रम अन्तर्गत स्वदेशमा ‍नै उत्पादित औषधि…

Read More

काठमाडौँ – सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गरिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगन्ज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने जनाएको छ। त्यस्तै रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा रजुम्लाको खलङ्गा विमानस्थलको स्तरोन्नति गरिने जनाएको छ। दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ।

Read More