Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। भोलि आइतबार पनि कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा…

Read More

धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम फेरि तय भएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपाल बन्द भनिएकाले पूर्व राजाको धनगढी आउने कार्यक्रम स्थगित भएको बताइएको थियो। तर, पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ। पूर्व राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ। पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र…

Read More

धनगढी: नेकपा एमाले सुुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले १०० दिन घुुमघाममै बिताएको टिप्पणी गरेका छन् । एमाले संसदीय दलले शुुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका रावलले घुमघाममै दिन बिताएको बताउदै जनपक्षीय काम नभएको बताएका हुन् । ‘मुख्यमन्त्री जीले पत्रकार साथीहरुलाई १०० दिनमा काम गरे भनेर बिहानै बोलाएर लामै फेहरिस्त बाड्नुभएछ। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले यो काम गरे त्यो काम गरे भन्दैमा कसले पत्याउँछ,’ रावलले भने, ‘यो सरकारका मुुख्यमन्त्री र मन्त्रीहरु घुमघाममै ठीक्क छन् । यो टुरिष्ट सरकार हो।’ रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजन बाहेक तीन महिनासम्म प्रदेशसभालाई…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीले भोलिदेखि आह्वान गरेको नेपाल बन्दका कार्यक्रम फिर्ता लिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन दिएकाले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन् । नाउपाले भोलिदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गरेको थियो।

Read More

धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए। उनका अनुसार रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम विवादित हुनसक्ने भन्दै भ्रमण रद्द गरिएको हो। राजपरिवारको सुदूरपश्चिम भ्रमण स्थगित भएकोबारे आज एक पत्रकार सम्मेलनमार्फट नै जानकारी गराइएको छ। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्तिको देशव्यापी आन्दोलनका कारण भ्रमण रद्द भएको हो। आयोजकले भने आन्दोलनका साथै सुरक्षाको कारण देखाएर शनिवारबाट हुने…

Read More

धनगढीः नेपाली कांग्रेसका सुुदूरपश्चिम प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह मन्त्री बन्ने भएका छन्। बझाङबाट निर्वाचित सिंहलाई मुुख्यमन्त्री कमलबहादुर शाहले आज आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्ने स्रोतले जनाएको छ। सिंहले पनि आफूलाई मन्त्रीमा नियुक्त गर्नेबारे जानकारी आएको बताए। उनले भने, ‘भर्खरै मुख्यमन्त्रीज्यूले फोन गर्नुभयो। म काठमाडौंमा छु। सपथका लागि ५ बजे आउन भन्नुभएको छ। तर, मैले त भोलिको टिकट काटेको थिए। त्यत्तिकैमा अहिले म एयरपोर्टतिर जादैछु। अब धनगढी आउने जहाज खोज्छु।’ आफ्नो पूर्वनिर्धारित जहाजको टिकट भोलिको भएकाले हतारहतार सपथमा आउनुपर्ने बाध्यता आइलागेको उनको जिकिर छ। सिंहसँगै माओवादी केन्द्रका रमेश धामी र झपट साउँद पनि मन्त्री बन्दैछन्। साँझ ५ बजे प्रदेश…

Read More

धनगढीः टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा २ मन्त्रालय नभइनहुने अडान राखेको छ। सांसद रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री बनाउने निर्णय गरेको सो पार्टीले यस्तो अडान राखेको हो। नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले २ मन्त्रालय आफूहरुले पाउनुपर्ने बताए। उनका अनुसार रामेश्वरलाई सामाजिक विकास र लक्ष्मण किशोरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरिएको छ। तर, सामाजिक विकास भने माओवादीले पाउने सम्भावना छ। त्यस्तो अवस्थामा नाउपाले एकै मन्त्रालयमा चित्त बुझाउनुपर्ने हुनसक्छ। आज या भोलिमै सुदूरपश्चिममा सरकार विस्तार हुने बताइएको छ। अहिलेसम्म…

Read More

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन प्रस्थान गरेका छन्। सापकोटा नेतृत्वको २० सदस्यीय टोली १० दिने भ्रमणका लागि शुक्रबार बिहान चीनको छेन्दु प्रस्थान गरेको हो। अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए। भ्रमण टोलीमा सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन्। यसैगरी प्रदेश अध्यक्षहरू र केन्द्रीय नेताहरू पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए।

Read More

दार्चला: दार्चुलाको एक मोबाइल पसलमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–१ स्थित निश्चल मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी भएको हो। धौकुचेका २६ वर्षीय मोहनदेव खडायतको सो पसलमा करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका दुई थान कम्प्युटर, एक थान फोटोकपि मेसिन, रेडियो दुई थान तथा १२ थान मोबाइल जलेर नष्ट भएको छ।आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट दुई ग्राम ७ सय ९० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। बिहीवार साँझ प्रहरीले धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

Read More