Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: काठमाडौँमा जुवा खेलिरहेका एक दर्जन जुवाडे खालबाटै समातिएका छन् । शान्तिमार्गस्थित शेरबहादुर शेरचनको घरमा जुवा खेलिरहेको अवस्थामा उनको घरमा डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ लाख ६७ हजार रुपैयाँ नगद, १६ तासबुक, जुवा खेल्न प्रयोग भएको विभिन्न रङका १ सय १९ थान कोईन र जुवाको हिसाब राखेको कपी समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि आवश्यक जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ ।

Read More

महोत्तरी: २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । महोत्तरीको बर्दिबास नगरपालिका–१० खैरबनाका ४५ वर्षीय सोमबहादुर थिङ पक्राउ परेका हुन् । युवतीलाई खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा करणी गरेको उजुरीका आधारमा प्रहरीले उनलाई समातेको हो । पक्राउ परेका थिङमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: काठमाण्डौ उपत्यकाका एआइजी श्यामलाल ज्ञवाली ३ मोबाइल बोकेर दुबई उडेको बताइएको छ। उनी आफ्नो निजी नम्बरको मोबाइल र सरकारी कागजात किर्तेमा २५ दिन थुनिएर धरौटीमा अदालतबाट छुटेका एक जना यातायात क्षेत्रका मान्छे ‘पत्रकार’ को दुई वटा मोबाइल समातेर दुबई उडेको आरोप लागेको हो। ती यातायात क्षेत्रका मान्छे मदनबाबु भण्डारीको पृष्ठभूमि पत्रकारिता होईन। तर पनि उनलाई प्रहरी वृत्तमा प्रहरीका हाकिमनिकट पत्रकार भनी चिन्ने गरिन्छ। उनै भण्डारीको दुई वटा मोबाइल एआइजीले गत हप्ता दुबई लगेको आरोप लागेको हो। प्रहरी स्रोतका अनुसार किर्ते मुद्दामा समातिएका मदनलाई विमानस्थलबाट पक्राउ गरेर सरकारी थुनिएको थियो। त्यसबखत उनको ल्यापटप र मोबाइल जफत गरी परीक्षणको लागि फरेन्सिक…

Read More

काठाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलको मुुटुको बन्द भल्भ खोलिएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा आज बिहानदेखि उनको मुटुको उपचार गरिएको बताइएको छ । राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपी बेड नम्बर ६ मा राखिएको अस्पतालले जनाएको छ । उनलाई कम्तिमा आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो ।

Read More

बैतडी: बैतडीको सुर्नया गाउँपालिका-२ ले बजार क्षेत्रमा डस्टबिन वितरण गरेको छ । वडा कार्यालयले सतबाँझ र सिउडे बजारमा डस्टबिन वितरण गरेको हो । फोहर व्यवस्थापन गरी बजार क्षेत्र सफा राख्न डस्टबिन वितरण गरिएको वडा अध्यक्ष गणेशबहादुर विष्टले बताए । डस्टबिन प्रत्येक व्यवसायीको पसल र सार्वजनिक स्थलमा राखिएका छन् ।

Read More

धनगढी: धनगढीमा एसइई आइडलको फाइनल प्रतियोगिता असार २ गते हुने भएको छ। आयोजकले हिजो पत्रकार सम्मेलन गर्दै धनगढीस्थित ॐ प्यालेसमा प्रतियोगिताको फिनाली हुने जानकारी दिएको हो। विद्यालय स्तरका नृत्य तथा गायन प्रतिभा उजागर गर्न उक्त प्रतियोगिता आयोजना भएको हो। प्रभात मिडिया एण्ड इभेन्ट प्रालिले एसई धनगडी कैलाली आइडल-२ आयोजना गरेको हो। प्रतियोगिताको अडिसन २०७९ पुसबाट सुरु भएकोमा असार २ मा फाइनल हुन लागेको हो। यस्ता छन् विधा र पुरस्कार अनि नियम !

Read More

धनगढीः गेटामा विश्वविद्यालयको माग राख्दै मङ्गलवार प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइएको छ । मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना दिइएको हो । आज बिहान १०ः३० बजेबाट मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले बताए । सरकारले गत माघ २९ मा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरे पनि जेठ १५ मा ल्याइएको बजेटमा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरा आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको थियो ।

Read More

काठमाडौँ: आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा तोलामा पाँच रुपैयाँ बढेर १ हजार ४ सय ५० पुगेको छ ।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिका-२३ ओमबहालमा गए राति खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार काठमाडौँ महानगरपालिका २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् । मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको पाइएको छ । हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी:  हिन्दी सिनेमा ‘आदिपुरुष’को प्रदर्शनमा नेपालमा पनि हलहरुले प्रत्येक शोमा एउटा सिट हनुमानका लागि छुट्याउने भएका छन्। धनगढीको एसटीएस सिनेमा हलले पनि हनुमानका लागि सिट छुट्टयाउने भएको हो। निर्माण पक्षले गरेको आग्रह अनुसार हनुमानका लागि प्रत्येक शोमा एउटा सिट खाली गर्ने निर्णय गरेको सिनेमा घरले बताएको छ। ‘जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन् । यस विश्वासलाई सम्मान गर्दै प्रभासको सिनेमा आदिपुरुष जहाँ प्रदर्शनहुन्छ त्यहाँ एक सिट विशेष रूपमा हनुमानका लागि छुट्याइनेछ,’ आदिपुरुष टिमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। ओम राउतले निर्देशन गरेको सिनेमामा प्रभास रामको भूमिकामा छन्। सैफअली खानलाई रावणको भूमिकामा देख्न सकिनेछ। कृतिसेननले सीताको भूमिका…

Read More