Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा २ जना लागुऔषधसहित पक्राउ परेका छन्। हिजो(शनिबार) साँझ प्रहरीले कैलालीको धनगढी र टीकापुरमा ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट गोदावरी नगरपालिका–५ बस्ने १७ वर्षीय साजन जहेरुलाई शनिबार साँझ चार सय ९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै टीकापुर नगरपालिका–९ खक्रौला चेक पोष्टमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकलाई पनि ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । कैलालीको जानकी गाउँपालिका–९ पूर्वीखैरीफाँटाका २५ वर्षीय सागर कडारालाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट नौ सय ४० मिलीग्राम ब्राउनसुगर फेला परेको प्रहरीले बताएको छ।

Read More

कैलाली: कैलालीको बर्दगोरियाको एक घरमा आगलागी हुँदा ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार राति बर्दगोरिया गाउँपालिका–१ का मन कामीको एकतले टिनले छाएको घरमा आगलागी भएको हो। पूजा गर्दा जलाएको दियोबाट आगो सल्किएर आगलागी हुँदा लत्ताकपडा, भाडाकुडालगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरस्थित पार्क चोकबाट प्रहरीले भन्सार छलीको सामानसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। शनिबार राति भन्सार छलेर ल्याउँदै गरेको खुर्सानी, गाजर, लौकीसहित प्रहरीले दोधाराचाँदनी नगरपालिका– ७ बस्ने ३१ वर्षीय गोविन्द चन्द र एकजना अर्का व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरुले चलाइरहेको से ४ प ६९३२ र से २ प ९९३५ नम्बरका दुईवटा मोटरसाईकल पनि नियन्त्रणमा लिइएको छ । दुवैजनालाई भन्सार कार्यालय बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: ब्राउनसुगरको ठूलो मात्रासहित प्रहरीले कैलालीको धनगढीका तीनजनालाई पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० दिपघाटबाट धनगढी उपमहानगरपालिका–११ का २५ वर्षीय पदमबहादुर बोहरा र ३२ वर्षीय कृष्णा राना तथा धनगदी उपमहानगरपालिका–६ बिजुलियाका ४५ वर्षीय भानु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीनैजना से४प ३९७६ नम्बरको मोटरसाईकलमा सवार रहेको र चेकजाँच गर्दा उनीहरुबाट १० ग्राम आठ सय ४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त विषयमा ईलाका प्रहरी कार्यालय बेलडाँडीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली: कैलालीको टीकापुरमा सडक दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। शनिबार राति टीकापुर नगरपालिका–७ स्थित बालाजी ईट्टाभट्टा नजिकै कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का २८ वर्षीय राजेन्द्र नेगीले चलाएको से ४प ५८८२ नम्बरको मोटरसाइकलबाट एक महिलाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट कैलालीको भजनी नगरपालिका–८ सोनाफाँटा बस्ने ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीकोे टीकापुर अस्पतालमा उपचार गर्दागर्दै शनिबार राति नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय टिकापुरले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ: नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सक्ने सुविधा ल्याएको छ । ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ नाम दिइएको उक्त प्याकेजको खरिदमा प्रयोगकर्ताले त्यससँगै अन्य नेटवर्कमा एक सय मिनेट कल र कम्पनीकै नेटवर्कभित्र १५० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।  त्यसै गरी यो योजना अन्तर्गत यसअघि प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुस्ट नौ जिबी डेटा उपलब्ध हुने छ ।

Read More

काठमाडौं: वास्तु विज्ञ बिन्दु शाङ्गरीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेर कुन दिन कुन रंगको पहिरन लगाउने ? भन्ने बारे जानकारी दिएकी छिन्।  पहिलो दिन अर्थात आइतबार सुन्तला रङको, सोमबार सेतो, मंगलबार रातो, बुधबार हरियो, बिहीबार पहेँलो, शुक्रबार गुलाबी वा सेतो, शनिबार खैरो वा निलो पहिरन लगाउन विन्दुले सुझाव दिएकी छिन्। उनका अनुसार यी सबै रंगहरूले तपाईको जीवनमा रंग थप्न काम गर्नेछ। यसले तपाईको जीवनमा सकारात्मकता, खुशी, शान्ति र समृद्धि ल्याउनेछ। यो ‘कलर थेरापी’ अपनाएर तपाईको मन पनि शान्त रहनेछ।यदि तपाई लामो समयदेखि तनावमा हुनुहुन्छ भने हरियो रंग लगाउनाले खुशी मिल्छ। यसले तपाईको मुडलाई सुधार्छ, तपाईले रातो रंगको थेरापीबाट…

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेको बेला भारतले नेपाललाई पानी दिने सहमति भएको छ। महाकाली सन्धि भएको २७ वर्षपछि भारतले नेपाललाई पानी दिने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।  टनकपुर लिंक क्यानल निर्माणको स्वागत गर्दै नेपालतर्फ आवश्यक पर्ने संरचनाको उपलब्धताको आधारमा चरणबद्ध रूपमा टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ हुने क्षेत्रमा नहरबाट पानी छोड्ने दुई पक्षमा सहमति भएको दूतावासले जनाएको छ। यसअघि २०७९ असारमा टनकपुर लिंक क्यानलबाट पानी छाडेर नहरको परीक्षणसमेत गरिसकेको छ। त्यतिबेला २२ किलोमिटरसम्म पानी प्रवाह भएको थियो। ४८ किलोमिटर मूल नहरमध्ये २८ किलोमिटर नहर तयार भइसकेको छ। यसले तीन हजार हेक्टर जमिनमा मात्र सिँचाई पुग्नेछ।…

Read More

धनगढी: धनगढीमा युवाहरुको लफडा भएको छ। आज (शनिबार) राति धनगढीको हसनपुर क्षेत्रस्थित बाल्मिकी इन्टरनेश्नल स्कुल अगाडि लफडा भएको हो। लफडा गर्ने एक युवा फरार भएको र एक जना भने खुकुरीसहित समातिएको प्रहरीले स्रोतले जनाएको छ। स्रोतका अनुसार अरु ३/४ जना युवकलाई पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीले लफडा गर्नेहरुलाई समातेको हो। फरार रहेका युवाको खोजी सुरु गरिएको प्रहरीले बताएको छ। लफडाको कारण र विस्तृत विवरण खुल्न बाकी छ।

Read More