Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो । बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

Read More

विराटनगर: विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका मोरङ प्रहरीले जनाएको छ । आज बिहान शौचालय गएका उनी शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोका भित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो । यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । प्रहरीका अनुसार जेठ १४ गते घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको थियो । सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् । प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने…

Read More

काठमाडौँ: उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्काले कार्यवाहक तोकेका हुन् ।

Read More

पर्सा: लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या बढेको चिकित्सकले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन तथा आकस्मिक औषधि विशेषज्ञ डा।उदयनारायण सिंहले जानकारी दिए । गर्मी बढेसँगै पर्सामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको उनले बताए । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम…

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका १० सडकघाटबाट सोही ठाउँका २५ वर्षीय सुकदेव सिंह र भारतको पिलभित टिल्ला नं.४ बस्ने २२ वर्षीय सोनु सिंह पक्राउ परेका प्रहरीले बताएको हो । भारतबाट नेपाल आउँदै गरेको सोनुले चलाएको यूके ०६ बीएफ ४६९० नम्बरको मोटरसाइकलमा सवार सुकदेवको साथबाट १०.३६ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध बरामद गरी आवश्यक कारबाहीको लागि सवारी साधनसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय बेल्डाँडी ल्याई अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

दार्चुला: दार्चुलामा करेन्ट लागेर एक जना शिक्षकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको अपिहिमाल गाउँपालिका-३ का दमनसिंह कार्कीको मंगलवार करेन्ट लागेर मृत्यु भएको हो । उनी अपिहिमाल गाउँपालिका-४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा शिक्षण गर्दै आइरहेका थिए । आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । फागुन २५ मा राष्ट्रपति बनेका पौडेलले…

Read More

धनगढीः कैलालीको धनगढीमा एक पुरुष मृत फेला परेका छन्। आज बिहान धनगढी उपमहानगरपालिका–१७ पथरीस्थित शिवगंगा नदीको किनारमा करिब ६५/७० वर्षीय भारतीय मुलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौँ: पूर्व मीस नेपाल श्रृंखला खतिवडा आज बिहान काठमाडौं आइपुगेकी छन् । उनी अमेरिकामा अध्ययन पूरा गरेर आज स्वदेश फर्केको बताइएको छ । उनी नयाँ प्रेमी सम्भव स्वाँर सिरोहियासँगै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै आएकी हुन् । मीस नेपाल २०१८ श्रृंखला खतिवडा बिहान सवा ६ बजे काठमाडौं आइपुगेको बुझिएको छ । उनीसँगै नयाँ प्रेमी तथा कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव पनि काठमाडौंबाट आएका हुन् । पार्किङमा राखिएको सेतो रंगको ५६७८ नम्बरको जगुवार कारमा फूलको बुकेसहित उनी अगाडिको सीटमा बसेर विमानस्थलबाट बाहिरिएकी हुन् । कार प्रेमी सम्भवले हाँकेको बताइन्छ । श्रृंखलाको नाम यसअघि हेटौंडाका सिसम बानियासँग जोडिएको थियो ।…

Read More