महेन्द्रनगरः महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ गर्न सकिने भएको छ। आयोजना सुरु भएको डेढ दशकपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ। आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितका अनुसार – महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ। नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको थियो । पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा पानी छाडेको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडाैं : काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए । उनका अनुसार उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी…
बैतडी : जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित मानिकाखानमा रुख ढलेपछि अवरुद्ध बैतडीको दशरथचन्द राजमार्ग सुचारु भएको छ । मानिकाखानमा सल्लाको रुख बिच सडकमा ढलेपछि अवरुद्ध भएको राजमार्ग सुचारु भएको हो । मंगलबार अप्राहन्न ४ बजे देखि अवरुद्ध राजमार्ग ६ बजेदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । सडकमा ढलेको रुख हटाएपछि राजमार्ग खुलेको हो ।
धनगढीः कैलालीको लम्कीमा १७ वर्षिय युवकको मृत्यु भएको छ।जिल्लाको लम्की–चुहा नगरपालिका–६ मा रानीजमरा कुलरियाको पश्चिम नहरमा डुबेर एक जना युवकको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा धर्मसिंह चलाउनेका छोरा योगेश चलाउने रहेका छन्।आज दिउसो रानी–जमरा–कुलरियामा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेको साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जनाएको छ
धनगढी:सुदूरपश्चिममा हरेक आर्थिक वर्ष जस्तै यसपाली पनि ११ अर्बको बजेट खर्च भएन। आर्थिक वर्ष २०७९/८० को पुँजीगत तर्फको ७ अर्ब र चालु तर्फको ४ अर्ब रकम खर्च नभएको हो। ३५ अर्बको कुल बजेटमा २४ अर्ब मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि कुल ३५ अर्ब ८ करोडको बजेट विनियोजन गरेको थियो। त्यसमध्ये चालु तर्फको ४ अर्ब र पुँजीगत अथवा विकास बजेटको ७ अर्ब रकम खर्च नभएको हो। २२ अर्ब ८४ करोड पुँजीगत बजेटमा १५ अर्ब र चालु तर्फको १२ अर्ब ३ करोडमा ८ अर्ब मात्रै खर्च भएको प्रदेश कोष लेखा…
धनगढीः कैलालीकी एक १६ वर्षीया किशोरी भारतमा बेपत्ता भएकी छिन्।जिल्लाको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन्। उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ।उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर +९१९९३०३६०८७६ र +९१९१६७१७७८१३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
काठमाडौँ : निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ । आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगको निर्णयबमोजिम ती दललाई सचेत र जरिवानाबारे बेग्लाबेग्लै पत्र पठाइ जानकारी दिने तयारी भएको बताए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले गरी लेखापरीक्षण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । कानुनमा व्यवस्था भए बमोजिम कार्य नगर्ने दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ बमोजिम ती दललाई सचेत तथा जरिवाना गर्न आयोगले यही साउन १ गते…
कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले दुई करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्लाका विभिन्न ठाउँमा सञ्चालित सवारीसाधनलाई गरेको कारबाहीबाट आर्थिक वर्ष २०७९/८० मा सो राजश्व संकलन भएको हो । यो राजश्व आर्थिक वर्ष २०७८/७९ को भन्दा २१ लाखले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका जनाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई करोड ३३ लाख ७८ हजार पाँच सय रुपैयाँ राजश्व उठेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार – एक वर्षको अवधिमा १९ हजार २४५ मोटरसाइकल , सात हजार ४५१ ट्रक, दुई हजार ५८७ बस, सात हजार ९५१ जिप, चार हजार…
काठमाडौँ:जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस गरिएको छ । उक्त सङ्ख्या आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ हजार आठ सय १७ जनाले बढी हो । जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस गरिएको यो सङ्ख्या हालसम्मकै बढी भएको राहदानी फाँटका खरिदार सुमन थापामगरले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयबाट राहदानी सिफारिस गरिएको सङ्ख्या आठ हजार आठ सय ५४ रहेको थियो भने ६ हजार ६ सय १९ जनालाई राहदानी वितरण गरिएको थियो । विदेश अध्ययन…
बैतडी: बैतडी, दार्चुला र डडेल्धुरा क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढेको छ । परशुराम नगरपालिका–५ महाकाली नदी पारिगाउँ बाढीमापन केन्द्रमा मंगलवार मध्याह्न १२ बजेतिर पानी ५ मिटर ८० सेन्टिमिटर पुगेको जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले बताए । निरन्तरको वर्षासँगै महाकालीमा पानीको बहाव र सतह बढ्ने हुँदा नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनहरुले अनुरोध गरेका छन् ।