Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि बजेट आएको दुई सातापछि बोलाइएको लुम्बिनी प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रम पुनः ५ दिन पछाडि सरेको छ । बुधबार दिउँसो ३ बजे आव्हान गरेको बैठक १ घण्टापछि सुरु भएपनि एमालेले बजेट सच्याउन लिखित माग गर्दै अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित बैठक पुनः बस्न सकेन । बजेटको विषयमा छलफल गर्न आह्वान गरिएको बैठकमा एमालेले विरोध जनाएपछि सभामुख तुलाराम घर्तीले आधा घण्टा बैठक स्थगित गरेका थिए । तर सहमति नजुटेपछि १७ गते दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको प्रदेश सभाले जनाएको छ । आजको बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।…

Read More

विवाहमा मागे जति दाइजो नपाएको भन्दै सम्बन्ध तोड्ने धम्की दिएको आरोपमा मण्डपबाटै नियन्त्रणमा लिइएका बेहुला पाँच दिन थुनामा बस्नुपर्ने भएको छ। काठमाडौं जिल्ला अदालतले आज प्रहरीलाई यस घटनाको अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । दाइजो नदिए बिबाह तोड्ने धम्कि दिएका सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले हिजो नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरेको थियो । विवाह भइरहेकै बेला बेहुली र उनको परिवारसँग ५० लाख रुपैयाँ दाइजो मागेपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् । रौनियार अमेरिकी ग्रिनकार्ड होल्डर हुन् ।

Read More

हेटौंडा : बाँदर नियन्त्रणको माग गर्दै धादिङका किसानले बागमती प्रदेश सभा अगाडि धर्ना दिएका छन् । बाँदरले बाली नष्ट गर्न थालेपछि धादिङका बासिन्दा दुई वटा बस रिजर्भ गरेर प्रदेश राजधानी हेटौंडा पुगेका हुन् । बुधबार हेटौंडा पुगेका उनीहरूले प्रदेश सभा भवन घेरेका हुन् । नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिका लगायत विभिन्न गाउँबाट आएका १५० जना किसानले बाँदर नियन्त्रणको माग गर्दै नाराबाजी गरेका थिए । यसअघि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि धर्ना बस्न आएको उनीहरूले बताए । उनीहरूले बाँदर नियन्त्रणका लागि कानून बनाएर पहल गर्न माग गरेका छन् । त्यस्तै, बाँदरबाट भएको क्षतिमा राहतको व्यवस्था गर्न पनि किसानको…

Read More

एबिसी टेलिभिजनका पोखरा संवाददाता गीता रानालाई समाचार संकलनको क्रममा बन्धक बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघको कास्की शाखाका कार्यसमिति सदस्यसमेत रहेका उनलाई समाचार संकलनको क्रममा स्याङ्जाको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले दुर्व्यवहार गर्दै बन्धक बनाएर प्रहरीको जिम्मा लगाएपछि महासंघको केन्द्रीय समितिले ध्यानाकर्षण भएको जनाएको हो । नगरपालिकाको कार्यालयको तस्बिर खिच्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले उनलाई दुर्व्यवहार गर्दै एक घण्टा जति बन्धक बनाएको बताइन्छ । साथै, उनले खिचेका सबै तस्बिर र भिडियो ‘डिलिट’ गरेर प्रहरीको जिम्मा लगाएको महासंघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । ‘असार १२ गते मंगलबार नगरपालिका कार्यालयको तस्बिर खिचिरहेको अवस्थामा प्रमुख…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ। रास्वपाले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा जनसभा गर्ने भएको हो। रास्वपाले यही असार २१ गते बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको सो पार्टीले जनाएको छ । उक्त जनसभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ।

Read More

काठमाडौं : बालुवाटारस्थित सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  काठमाडौं जिल्ला अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले मंगलबार सात जना पक्राउ गरे पनि ३ जनाले पहिले नै अदालतबाट पक्राउ पुर्जीविरूद्ध ‘स्टे अर्डर’ लिएका थिए । उनीहरूलाई मंगलबार साँझ नै छाडिएको थियो ।

Read More

अछाम : अछाममा भरुवा बन्दुक फेला परेको छ । चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले एक थान भरुवा बन्दुक फेला परेको हो । बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो । समलिंगी विवाह दर्ता गर्न नेपालको कानुन बाधक रहेको भन्दै ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनीहरुले विवाह दर्तासम्बन्धी मुलुकी देवानी संहिता २०७४ मा रहेको व्यवस्था संशोधनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाई रिट दिएका थिए । सर्वोच्चले समलिंगी तेस्रोलिंगी समुदायको विवाह दर्तासम्बन्धी…

Read More

धनगढीः गत शनिबार कैलालीको अत्तरियामा १८ वर्षीया किशोरी अस्मि बोहरा मृत अवस्थामा फेला परेकी थिईन् । गोदारी नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै घरमा अस्मी मृत अवस्थामा भेटिएकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ। प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए। अस्मिकोे न्यायका लागि आफन्तले अत्तरियामा प्रदर्शन नै गरेका छन्। असार ९ गते आफ्नै घरमा…

Read More

काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । लामिछानेले अनधिकृत नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए । प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासलेसंवैधानिक इजलासले रिट खारेज गरेको हो ।

Read More