Author: महेन्द्रनगर पोष्ट

कैलालीः कैलालीमा एक जना लागुऔषसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट १ ग्राम ८ सय ६० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–१ का २४ वर्षीय हेमसिंह साउद पक्राउ परेका हुन्। उनलाई बुधबार राति प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारी पक्राउ गरेको हो।

Read More

मुम्बई : भारतीय गायक तथा रयापर हनी सिंहलाई ग्याङस्टार गोल्डी बरारले ज्यानको धम्की दिएको छ । गोल्डी अहिले क्यानाडामा छन् । गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन् । सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन् । हनीले उक्त भ्वाइस सन्देश प्रहरीलाई बुझाएका छन् । प्रहरीले गायकले दिएको उजुरीका आधारमा छानबिन सुरु गरिसकेको छ । गोल्डी बरार त्यही ग्याङस्टार हुन्, जसको नाम पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यामा जोडिएको थियो । गोल्डीले लरेन्स विश्वनोई जस्तो कुख्यात ग्याङस्टारसँग मिलेर सिद्धुको हत्याको योजना बनाएका थिए । हनीले सन् २००५ मा संगीतकारका रुपमा करियर सुरु गरेका थिए । धेरै…

Read More

काठमाडौं : नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै प्राधिकरणले कारबाही स्वरुप निलम्बन गरेको हो । काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ । उनीहरूलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणको भनाइ छ ।

Read More

काठमाडौँ : सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार अन्तरिम आदेश नहुने आदेश गरेको छ । सर्वोच्चको यो आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन कार्यान्वयनको बाटो खुलेको छ ।

Read More

काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका २० सदस्यहरूको पदावधि आगामी फागुनदेखि सकिँदै छ । राष्ट्रिय सभामा २०७५ असार ४ गते गोलाप्रथा गर्दा ६ वर्षे कार्यकाल तोकिएकाहरूको पदावधि यही फागुन २० गते सकिने संसद् सचिवालयले जनाएको छ । पदावधि सकिनेमा सबैभन्दा धेरै सांसद नेकपा (एमाले)का छन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको पदावधि सकिँदा पनि एमालेकै रिक्त हुनेछ । एमालेको आठ सांसदको पदावधि सकिनेछ । त्यस्तै, नेपाली काँग्रेसका चार, नेकपा ९माओवादी केन्द्र०का तीन, नेकपा ९एकीकृत समाजवादी०का दुई सांसदको पदावधि फागुनमा सकिनेछ । जनता समाजवादी पार्टी ९जसपा० का एक, स्वतन्त्र एक र राष्ट्रपतिबाट मनोनीत एक सदस्यको पदावधि सकिने सचिवालयले जनाएको छ । राष्ट्रियसभाको…

Read More

काठमाडौँ: एआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी परेको हो। कैलालीका शेरबहादुर चन्दले दिएको उजुरीमा ज्ञवाली २०५० साल वैशाख १ गते सेवा प्रवेश गर्दा २४ वर्ष पूरा गरेर २५ वर्ष लागेको दाबी गरेका छन्। प्रहरीको निरिक्षक पदमा सेवामा प्रवेश गर्न २४ वर्ष उमेर पूरा भएको हुनुपर्ने भए पनि उनी ९ दिन बढी सेवा उमेर हुँदा जागिर खाएको उल्लेख छ। अख्तियारले ०७९ साल चैत ६ गते ज्ञवालीको उमेर विवादबारे छानबिन गरी प्रतिवेदन बुझाउन गृहसचिवका नाममा पत्र काटेको थियो। मदनबाबु भण्डारी ज्ञवालीले उमेर ढाँटे जागिर खाएको…

Read More

बैतडी: बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा बन्द गरिएको छ । जनशक्ति अभाव रहेकोले एक्स-रे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए । एक्स-रे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए । यसअघि एक्स-रे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धी पूर्ण ज्ञान नहुँदा एक्स-रे सेवा बन्द गर्नुपरेको हो । उनले भने, “पहिले प्यारामेडिक्सले जसोतसो एक्स-रे सेवा दिइरहेका थियौँ । तर एक्स-रे मेसिनसम्बन्धी उहाँहरुलाई पूर्ण ज्ञान छैन । यो सम्बन्धी ज्ञान नहुँदा यसले झन् स्वास्थ्यलाई हानी पुर्‍याउँछ । यसैले दक्ष जनशक्ति पदपूर्ति नहुँदासम्म…

Read More

धनगढी: बझाङ दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको दाहसंस्कार शनिवार गरिने भएको छ । मन्त्री सिंहसहित उनकी पत्नी र भाउजूको शनिवार दाहसंस्कार गरिने भएको हो । मन्त्री सिंहका एक छोरा अमेरिकामा रहेका र उनी शुक्रवारसम्म नेपाल आइपुग्ने हुँदा शनिवार दाहसंस्कार गरिने बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । उनका अनुसार शनिवारसम्म उनीहरूको शव जिल्ला अस्पतालमा राखिनेछ । मन्त्री सवार सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी मंगलवार दिउँसो १ बजेर ४३ मिनेटमा केदास्युँ गाउँपालिका–१ को झारछडा भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा मंगलवार साँझ कोहलपुर…

Read More

काठमाडौँ: उदयपुरका एक युवाले बिहे भएको ६ महिनापछि ‘श्रीमती पुरुषमा परिणत भएको’ भन्दै प्रहरीमा उजुरी दिएका छन्। जिल्लाको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन्। राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका-८ की युवतीसँग ६ महिनाअघि प्रेम विवाह गरेका थिए । इप्रकाले दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गर्दै गर्दा एक्कासि श्रीमती अस्वस्थ्य भएपछि उपचारार्थ धरान पठाइएको छ। घटनाको वास्तविकता पत्ता लगाउन छलफल गराउने तयारी भइरहेका बेला एक्कासि श्रीमती बेहोस भएर बोमिट गरेपछि नगर अस्पताल पठाएकोमा उच्च रक्तचाप (हाई ब्लडप्रेसर) देखिएपछि एम्बुलेन्समार्फत बिपी…

Read More

धनगढी: बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सवार गाडी दुर्घटना भएको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ। सुदूरपश्चिम सरकारले आज (बिहीबार) को क्याबिनेट बैठकबाट दुर्घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको हो। समितिले घटनाको सम्बन्धमा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रदेश सरकार (मन्त्रिपरिषद्) मा प्रतिवेदन पेश गर्ने छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव (कानुन) गंगाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो। असार ५ गते सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहको सवार गाडी दुर्घटनामा परी निधन भएको थियो। उनीसँगै उनकी पत्नी अमृता सिंह र मन्त्रीका नातेदार पर्ने जयादेवी सिंहको घटना स्थलमै मृत्यु भएको थियो। गाडीमा सवार मन्त्रीको…

Read More