Author: महेन्द्रनगर पोष्ट

काठमाडौं -युक्रेनमा युद्धका कारण प्रतिसेकेन्ड एक नाबालक शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र संघले जनाएको छ। राष्ट्रसंघको प्रारम्भिक आँकलनअनुसार रूसी आक्रमण शुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कुल संख्या ३० लाखभन्दा बढी पुगेको छ। ‘अहिले युक्रेनबाट छिमेकी देशमा मानिसको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ। यीमध्ये लगभग १ लाख ५७ हजार तेस्रो देशका नागरिक छन्,’ अन्तरराष्ट्रिय आप्रवासी संगठन (आइओएम) का प्रवक्ता पल डिलनले जेनेभामा भने। फेब्रुअरी २४ मा रूसी आक्रमण शुरु भएदेखि अहिलेसम्म लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन्। गत २० दिनको दौरानमा युक्रेनमा हरेक दिन ७० हजारभन्दा बढी केटाकेटी शरणार्थी भएका छन्। संयुक्त राष्ट्र बाल…

Read More

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्‍ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडा सचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। घर बाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस बापतको राजस्व रकमको रसिद नकाटी, जथाभाबी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी राजश्व रकम हिनामिना गरेको आरोपमा कुर्मीसहित महानगरका वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्य द्वय रफिक अन्सारी, सञ्जय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीविरुद्ध अख्तियारले बुधवार मुद्दा दायर गरेको हो। उनीहरुविरुद्ध १ लाख २ हजार ५८५ रुपैयाँ मागदावी…

Read More

इनरुवा-नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको आज निरीक्षण गरेका छन्। सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएर रहेको नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गरेका हुन्। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको र निर्वाचन नजिकिँदै गएको बेलामा त्यसलाई मध्यनजर गर्दै भोक्राहानरसिंह, हरिनगर र बर्जु गाउँपालिकासँग जोडिएर रहेको नेपाल भारतको सीमा क्षेत्रको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदले जानकारी दिए। पूर्वतर्फको पहिलो पिलर नं १८२ देखि १९५ नम्बरसम्मको मूल तथा सहायक पिलरको निरीक्षण गरेको प्रजिअ यादवले जानकारी दिए। स्थानीय तहको निर्वाचन, सीमाबाट हुने चोरी तस्करी, सीमास्तभको अवस्था, होली पर्वको बेलामा हुने मदिराको तस्करीलगायतका विषयमा जानकारी…

Read More

काठमाडौँ-कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह तीर पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि तीर चिन्‍ह रोजेका हुन्। राप्रपाले सनातन हिन्दु धर्म, संस्कृति महत्वपूर्ण रहेको तीर लिएको छ। राप्रपा पूर्वअध्यक्ष समेत रहेका थापाले फागुन ७ गते राप्रपा नेपालको घोषणा गरेका थिए।

Read More

कैलाली-धनगढीमा २ युवक पक्राउ परेका छन्। उनीहरु मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका हुन। उनिहरुको साथबाट चोरीएका मोबाइल तथा ल्यापटप पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चोरीको आरोपमा १९ वर्षीय रमेश पुरी र ज्ञानु चौधरीलाइ पक्राउ गरिएको हो।पुरीले चोरीपछि धनगढीकै भानुचोकमा रहेको जिके मोबाइल ग्यालरीका सञ्चालक ज्ञानुलाई उक्त मोबाइल बिक्री गरेको खुलेको छ। उनीहरुमाथि चोरी शिर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।बुद्दचोकस्थित साइकलमा घर गइरहेका राहुल चौधरीलाई पनि डराई धम्काई पुरीले नै मोबाइल लुटेर फरार भएका थिए।

Read More

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबी समेत गरे। उनले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिकाताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको पनि बताए। प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलाई थप सुदृढ र सफल बनाउँदै जान आवश्यक रहेको तर्क गरे। प्रधानमन्त्री देउवाले भने, ‘संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा सम्बन्धी नीति…

Read More

काठमाडौं-होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार यसबारे जानकारी दिएको हो।होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने जनाएको छ। होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक इकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार व्रिफिङ्ग समेत गरेका छन्। “फागु पूर्णिमाको…

Read More

काठमाडौं-नेकपा (एमाले) आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिने भएको छ। संघीय संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘आजको बैठकमा अध्यक्षज्यूले विशेष निर्देशन दिए। उनले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘तपाईंहरू पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस्।’ ३० वैशाखमा हुने स्थानीय तहको निनर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएका प्रमुख सचेतक…

Read More

काठमाडौं-नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ। यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन। भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ। यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो। रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी…

Read More

काठमाडौं-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन्। उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन पार्टीका लागि जीवन मरणको लडाईं भएकाले सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गर्न आग्रह गरे। राष्ट्रिय स्वाधीनताको रक्षा, मुलुक र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उनले माओवादीले देशलाई दुर्घटनाबाट बचाउन अवलम्बन गरेका नीतिलाई जनतामाझ बुझाउन व्यापक जनपरिचालन आवश्यक रहेको बताए। विपक्षीले यसअघिका निर्वाचनका क्रममा अनेक हत्कण्डा अपनाएर नतिजा आफ्नो पक्षमा पार्दै आएको स्मरण गराउँदै उनले त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै जनताका मन जितेर…

Read More