Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीका विभिन्न क्याम्पसहरुमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले डस्टबिन राखेको छ। आज (सोमबार) गणतन्त्र दिवसको अवसरमा धनगढीका ५ क्याम्पसमा फोहोर विसर्जनका लागि भन्दै डस्टबिनहरु राखिएको हो। नेविसंघको नगर कमिटीले हरेक क्याम्पसमा २/२ कुहिने र नकुहिने गरी डस्टबिन राखेको नगर सभापति दिपेश बोहराले बताए। सरसफाइलाई बढावा दिन डस्टबिन राखिएको उनले बताए। धनगढीको एसपीए क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस, नेपाल वैस्टर्न कलेज र एलाइन्स कलेजमा डस्टबिन राखिएको हो।

Read More

गण्डकी: देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपर्थ्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए । त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी लिन व्यस्त देखिन्थे । गणतन्त्र स्थापनाको १५ वर्ष पूरा भएका अवसरमा पोखरेलीको वर्षौंदेखिको रत्नमन्दिर हेर्ने चाहना आज पूरा भएको छ । नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो । पर्यटकीय नगरी पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रमका बीच औपचारिक रुपमा सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला…

Read More

बैतडी: जिल्ला कारागार बैतडीमा रहेका एक जना कैदीबन्दीको सजाय माफ गरिएको छ । गणतन्त्र दिवसको अवसरमा जिल्लाको सुर्नया गाउँपालिका–४ का देवेन्द्रबहादुर कुवँरको बाँकी कैद मिनाहा भएको कारागार बैतडीका प्रमुख धारा भण्डारीले बताइन् । कर्तव्य ज्यान मुद्दामा २०७३ पौष २९ गते कारागार चलान भएका कुँवरको कैद भुक्तान २०८४ असार २८ हुने भएपनि गणतन्त्र दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् ।

Read More

काठमाडौँ: चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजका रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई…

Read More

काठमाडौँ: आज १६औँ गणतन्त्र दिवस। सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच मनाइएको छ । नेपाली नागरिकको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइँदै आएको छ । तस्विर : रासस

Read More

काठमाडौँ: उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बम धनगढी फर्किएका छन्। उनी सोमवार बिहान श्री एयरलाइन्सको विमानबाट धनगढी फर्किएका हुन्। न्यायाधीश बम बिहान साढे ९ बजे काठमाडौँबाट धनगढीका लागि उडेका थिए ।

Read More

धनगढी: धनगढी उपमहानगरपालिकामा भोलि (मङ्गलवार) सार्वजनिक बिदा दिइएको छ । उपमहानगरले आज सूचना जारी गर्दै मङ्गलवार सार्वजनिक बिदा दिइएको जनाएको हो । १६ गते गंगादशहरा पर्व भएको र उक्त दिन वडा नम्बर १६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा सो पर्व मनाइने हुँदा उक्त दिन बिदा दिइएको सूचनामा उल्लेख छ । साथै सो मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेको हुँदा उपमहानगरमा स्थानीय बिदाको रुपमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाको छ लेन सडक खण्डको रेलिङ पोलमा ट्रक ठोक्किएको छ । ना.६ ख २६२८ नम्बरको ट्रक ठोक्किएर पोल भत्किएको हो । ट्रकलाई नगर प्रहरीले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरीलाई बुझाएको छ । क्षति भएको रेलिङ पोललाई ट्रक धनीले सोमवार बनाउने सहमति भएको जानाइएको छ ।

Read More

काठमाडौँ: आममाफी पाएपछि कारागारबाट निस्केका रेशम चौधरी मन्त्री क्वार्टरबाट माइतीघर पुगेका छन् । आज बिहान बाजागाजा र फूलमालासहित डिल्लीबजार सदरखोरबाहिर स्वागत गरिएका उनी मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगै मन्त्री क्वार्टर पुल्चोक गएका थिए । त्यहाँबाट निस्केर उनी माइतीघर पुगेका हुन् । चौधरी बागमती प्रदेश ०२४ च ८२७२ नम्बरको गाडीमा मन्त्री क्वार्टरबाट निस्केका हुन् । डिल्लीबजार सदरखोरबाट निस्केपछि उनी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिताको सवारी साधनमा सैनिक सुरक्षाका साथ झण्डा हल्लाउँदै मन्त्री क्वार्टरको ब्लक बी ३ भवन पुगेका थिए ।

Read More

बैतडी: शिक्षकको सरुवा गरेको भन्दै बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै पाटन नगरपालिका ३ स्थित बालकल्याण आधारभूत विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।  शिक्षक पनेरुको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा काज सरुवा गरिएको छ । नगर शिक्षा समितिले सरुवा गरेको भन्दै बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका अभिभावक दमन बिष्टले बताए । शिक्षक पनेरुको सरुवा बदर गर्नुपर्ने विद्यार्थीहरुको माग रही आएको छ ।  नगर शिक्षा समितिले भने शिक्षक पनेरुको आग्रहमा नै कार्यपालिका बैठकबाट निर्णय गरेर सिद्धेश्वरमा माविमा काजमा सरुवा गरिएको जनाएको छ ।

Read More