Author: महेन्द्रनगर पोष्ट

अहमदाबाद – आईपीएलको फाइनल खेल महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्स र हार्दिक पाण्ड्याको गुजरात टाइटन्सबीच अहमदाबादमा खेलिने थियो तर अहिले त्यहाँ पानी परिरहेको छ र टस अझै भएको छैन। वर्षाको अवरोधबारे नियम के छ ?–यदि यो खेल भारतीय समयअनुसार राति ९ः ३५ सम्म सुरु हुन्छ भने यो खेलमा कुनै ओभर घटाइने छैन ।–यदि यो खेल राति १२.०६ बजेसम्म सुरु हुन्छ भने २० ओभरको सट्टा ५ ओभरको खेल हुन सक्छ । त्यसपछि सुपर ओभर गर्न सकिन्छ तर त्यो पनि हुन सकेन भने खेल २९ मे सम्म सारिनेछ । त्यसैले आइतबार फाइनल हुन नसके सोमबार खेलाइनेछ । यसका लागि सोमबार लाई…

Read More

धनगढी – धनगढी उपमहानगरपालिकाको टोली भोलि भारतको दिल्ली शहर जाने भएको छ। शैक्षिक भ्रमणका लागि उपमहानगरको टोली दिल्ली जान लागेको हो। भोलि दिल्ली जाने टोलीको बिदाई कार्यक्रममा सहभागीका लागि पत्रकारलाई निम्ता समेत गरिएको छ। उपमहानगरका प्रशासकीय अधिकृतले पत्र काट्दै उक्त निम्ता गरेका हुन्। यसपालि धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा शून्यजस्तै आएको थियो। सोही कारण भ्रमण राखेको जनाइएको छ।

Read More

काठमाडौँ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गरेको गिरोहमा संलग्न ५ जनाको थुनछेक बयान सकिएको छ। जिल्ला अदालत, काठमाडौँमा आइतबार आरोपी टङ्क गुरुङ, लक्ष्मी महर्जन र सन्दीप महर्जनको बयान भयो। यसअघि प्रकरणका आरोपी सागर राई र केशव दुलालको बयान सकिएको छ। राई मोरङको पथरीशनिश्चरेका पूर्व वडाध्यक्ष हुन्। मोरङका दुलाल काँग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनका स्वकीय सचिव थिए। महर्जनका प्रकरणका आरोपी केशव तुलाधरकी श्रीमती हुन्। ठगी गरिएको रकम उनको खातामा पनि जम्मा भएको पाइएपछि प्रहरीले उनलाई प्रतिवादी बनाएको थियो। अदालतमा बयान दिँदै उनले शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी छन्।…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले आफ्ना प्राथमिकताका क्षेत्र सार्वजनिक गरेका छन्। चैत १६ गते नयाँ प्रदेश प्रहरी प्रमुखको रुपमा सुदूरपश्चिममा आएका उनले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्ना प्राथमिकताका क्षेत्र सार्वजनिक गरेका हुन्। आफ्ना प्राथमिकताका क्षेत्र सार्वजनिकको क्रममा प्रदेश प्रहरी प्रमुख बोहराले प्रहरीले प्रदान गर्ने सेवा प्रभावकारी बनाउने नियमित कार्यलाई सर्वसाधारणको गुनासो रहित बनाउने बताएका छन्। लागुऔषधको विकराल समस्या समाधान गर्न र लागुऔषधको ओसारपसार, विक्रीवितरण र सेवन रोक्न प्रदेशभर अभियान चलाउने बताएका छन्। कैलाली र कञ्चनपुरमा मात्रै होइन प्रदेशमा पहाडी जिल्लामा पनि लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेकाले सबै प्रहरी युनिट निर्मम भएर लागुऔषध विरुद्ध लाग्ने…

Read More

काठमाडौं – नेकपा पुनर्गठन राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चार बुँदे सुझाव दिएका छन् । । आज राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई चार बुँदे सुझाव सुझाव दिएका हुन् । सुझावमा उनले नेपाल दुई ठूला र शक्तिशाली छिमेकीका वीचमा रहेको यथार्थलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । । ‘हाम्रो देश एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा छ,बचेर आउनुहोला, गौतमको सुझाव छ । त्यस्तै, गौतमले इपिजी प्रतिवेदन कार्यान्वयनमा लैजान र नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फौज त्यहाँबाट हटाउन भारतीय पक्षलाई सहमत गराउन पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । लिम्पियाधुरा नेपाल,…

Read More

काठमाडौं – सरकारले मलेसिया र खाडी मुलुकमा जाने कामदारका लागि व्यवस्था गरेको ‘फ्रि टिकट, फ्रि भीसा’ लाई सहज बनाउन गोल्डेन ड्रीम नामको एपले सहजीकरण गर्ने भएको छ । इशारा ईन्स्टिच्युटको सहकार्यमा अखिल नेपाल ट्रेड युनियन महासंघअन्तर्गतको अखिल नेपाल प्रवासी श्रमिक मञ्चले शनिबार आयोजना गरेको एक कार्यक्रममा यसबारे जानकारी दिइएको हो । ईन्स्टिच्युटले शुरु गरेको उक्त एपले हाल मलेसियामा कार्यरत नेपाली श्रमिक र वैदेशिक रोजगारीका लागि उक्त मुलुक जानेलाई ‘फ्रि टिकट, फ्रि भीसा’ कार्यान्वयन गर्न सहजीकरण गरिरहेको छ । नेपालबाट हरेक दिन वैदेशिक रोजगारीमा जानेको संख्या बढदै गएको र उनीहरुबाट म्यानपावर कम्पनीले मनलाग्दी पैसा असुलेको अवस्थालाई मध्यनजर गर्दै यो व्यवस्था कार्यान्वयन…

Read More

काठमाडौँ – सरकारले अमेरिकाले सार्वजनिक गरेको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा नेपालबारे उल्लेख भएका विषयप्रति असहमति जनाउँदै अमेरिकालाई ‘कूटनीतिक नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अनुसार काठमाडौँस्थित अमेरिकी राजदूतावासमार्फत अमेरिकालाई यस विषयमा कूटनीतिक नोट पठाइएको हो । सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा नागरिक समाजको हवाला दिँदै भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा० र अन्य समूहहरूले नेपालका नेताहरूलाई हिन्दु राष्ट्रको पक्षमा बोल्न र समर्थन गर्नका लागि दबाब दिन पैसा दिइरहेको उल्लेख गरेको छ । प्रतिवेदन सार्वजनिक भएपश्चात् संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चासो व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने…

Read More

बागलुङ – बागलुङ नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय भत्काएर कफी शप र बैंकको एटीएम बनाउने तयारी थालेको छ । नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङको भवन भत्काएर कफी शप र बैंकको एटीएम बनाउने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका छन् । ‘गाउँघरमा सिंहदरबार’ भन्ने नाराको दुरुपयोग बढेको भन्दै स्थानीयले चर्को आलोचना गरिरहेका छन् ।

Read More

धनगढीः कैलालीमा बस पल्टिएको छ। आइतबार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ दुर्गौली चोकमा ना ६ ख ८८३३ नम्बरको कर्णाली रिभर साइडको बस दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीले उक्त बस अनियन्त्रित भएर पल्टिएको र ८ जना घाइते भएको जनाएको छ। बसमा जम्मा २७ जना सवार थिए। धनगढीबाट टिकापुर गइरहेको उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको बताइएको छ। चालक धनगढी बस्ने २६ वर्षीय विकास अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको वनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । ‘यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ,’ प्रधानमन्त्री मोदीले भने । करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ भने सांसदहरुको सिट क्षमता पनि बढाइएको छ । नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए । यो विश्वव्यापी लोकतन्त्रको जग…

Read More