Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघको आयोजनामा असार ९ देखि १३ गतेसम्म ’मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर चेस प्रतियोगिता’ हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको हो । संघका अध्यक्ष भीमदत्त पाण्डेयले खुल्लातर्फ प्रथम हुनेले ४० हजार पुरस्कार पाउनेछन् भने दोस्रोले २५, तेस्रोलाई १५, चौथोलाई १०, पाँचौँलाई ८, छैटौँ र सातौँलाई ६ हजार पुरस्कार दिइनेछ । आठौँदेखि दशौँसम्मका सबै खेलाडीलाई ५ हजारका दरले पुरस्कार दिइनेछ । महिलातर्फ प्रथम हुनेले २० हजार पुरस्कार पाउनेछन् भने दास्रोले १५ र तेस्रोले १० हजार पुरस्कार पाउनेछन् । सुदूरपश्चिम (क) तर्फ प्रथम हुनेलाई पाँच हजार पुरस्कार दिइनेछ । द्वितीयलाई चार र तृतीयलाई…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाका दिपकराम चौधरीको छोरी २३ वर्षीया अञ्जली चौधरी आज (बिहीवार) मृत फेला परेकी हुन्। रौतहट घर भएकी अञ्जली बिहान आफ्नै माइती घर कञ्चनपुरमा मृत अवस्थामा फेला हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीले थप अनुसन्धान गरिरहेकोे छ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्र्दभमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए । संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताए । रासस

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका २ थलाल गाउँमा कुनै पनि नेटवर्क टिप्दैन थियो। नेटवर्क नै नटिप्ने भएपछि गाउँवासी इन्टरनेटको पहुँच बाहिर थिए। उनीहरुले आफ्नो गाउँमा इन्टरनेट त्यो पनि फाइबरनेट भनेर सायद कल्पना पनि गरेका थिएनन्। तर, उनीहरूको अत्याधुनिक स्पीडसहितको इन्टरनेट चलाउने सपना पूरा भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अप्टिकल फाइबरमार्फत थलाल गाउँवासीको सपना पूरा गरिदिएको हो। देहीमाण्डौं बजारबाट २ किलोमिटर दुरीमा रहेको गाउँमा थलाल गाउँमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरिएको बैतडीसहित ३ जिल्ला हेर्ने भायानेटका ब्रान्च म्यानेजर सजन सिंह ठकुरीले बताए। उनले स्थानीयहरुको आग्रहमा गाउँमा इन्टरनेट सेवा विस्तार गरिएको उनले बताए। इन्टरनेट विस्तार गर्न आफ्नो टिम गाउँमा पुग्दा…

Read More

काठमाडौँ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खामा एउटा अनौठो ढुङ्गा फेला परेको छ। ढुङ्गा याम्खा प्रहरी चौकीले नियन्त्रणमा लिएर जिल्ला ल्याएको छ। बुधवार दिउँसो ३ः३० बजे १३–१४ पटक विष्फोटक पदार्थ झैँ पड्किएको आवाजले मानिसहरु घर छोडेर भागेको थिए। त्यसलगत्तै उक्त ढुंगा सो स्थानमा फेला परेको थियो। त्यसमा कुनै अनुसन्धान भने भएको छैन। उक्त ढुङ्गा चट्याङ परेर ठोक्किएको हुनसक्ने अड्कलसहित केही अनुसन्धान नगरी राखिएको प्रहरीले जनाएको छ।  यो ढुङ्गा भेटिएपछि भने सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका थिए। यसलाई कसैले कालो मुस्लोसहित आगोको झिल्का देखिएको भनेका छन्।

Read More

धनगढी: दार्चुलाको मालिकार्जुन मावि देशकै उत्कृष्ट विद्यालय बनेको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ७ स्थित मालिकार्जुन माध्यमिक नमूना विद्यालय देशभरमै सर्वोत्कृष्ट बनेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै सार्वजनिक गरेको नतिजाअनुसार धापको मालिकार्जुन एक नम्बरमा परेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले मालिकार्जुन माविले व्यवस्थापकिय तथा शैक्षिक कार्यमा राम्रो काम गरेको भन्दै उत्कृष्ट बनेको बताए। उनका अनुसार शैक्षिक समीक्षा कार्यालयको कार्यसम्पादन परीक्षणबाट सो नतिजा आएको हो। हेर्नुस् नतिजा

Read More

धनगढीः कञ्चनपुरका एक युवकको करेन्ट लागेर कैलालीमा मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–४ देखतभूलीका धन बहादुर रानाको छोरा अन्दाजी १७ वर्षीय सञ्जय रानाको करेन्ट लागेर मृत्यु भएको हो। कैलालीको चिसापानी विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर बुधवार साँझ उनको मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

Read More

डोटीः कैलालीको चुरेमा काठको गुलियासहितका ६ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। डोटीदेखि आइरहेका सालको काठसहित ६ ओटा ट्रक कैलालीबाट नियन्त्रणमा लिइएको हो। डोटीको बडिकेदार गाउँपालिका–२ को हरियाली सामुदायिक वनको (६७१.९२ क्यु फिट) र जनमुखी सामुदायिक वनको (२२४८.३४ क्यु फिट) सालको गोलिया कैलालीको चुरे गाउँपालिका–१ चोट्टेको बाटो हुँदै आइरहेका थिए। उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिपीनगर डोटीबाट खटिएको टोलीले कैलालीको चुरे–१ बाट पक्राउ गरेको हो। ना ५ ख ८००७, ना ४ ख ८३१९, लु २ ख ५१०३, सु.प.प्र.०१००१ ख २९९६, ना ७ ख २६१५ र से १ ख १५७४ नम्बरको ट्रकलाई सालको गोलिया लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित हेम सिंह साउद पक्राउ परेका छन्। बुधवार राति धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट गोदावरी नगरपालिका–१ का २४ वर्षीय साउदलाई पक्राउ गरिएको हो। उनीमाथि शंकालागि चेकजाँच गर्दा १ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारेको कैलाली प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिइएको प्रहरी टोलीले साउदलाई नियन्त्रणमा लिएको जनाइएको छ। 

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । महानगर प्रमुख बालेन साहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाउने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने बताएका हुन्।

Read More