Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ को कृष्णपुर स्वास्थ्य चौकीले रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरेको छ । स्वास्थ्य चौकीले बुुधवारदेखि खोप सेवा सुरु गरेको हो । नगरप्रमुख हेमराज ओझाले स्वास्थ्य चौकी इञ्चार्जलाई खोप हस्तान्तरण गर्दै रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ गरेका हुन् । नगरप्रमुख ओझाले नगरवासीले रेबिज रोगविरुद्धको खोप सेवा लिन बाहिर जानुपर्ने बाध्यता अब हटेको बताए ।

Read More

सुर्खेत: रुकुमपश्चिममा जीप दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ। बिहिवार बिहान जिल्लाकाे बाँफीकोट गाउँपालिका ८ तोरीधारा नजिक लु १ ज १७४५ नम्वरकाे जीप दुर्घटनामा परेकाे हाे।दुर्घटनामा परी १० जना घाईते भएका छन्। जीप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ। जीपमा १५ जना सवार थिए। मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षको देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ बस्ने २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी सोही ठाउँको २३ वर्षीय सितला नाम गरेकी महिला रहेकाे इलाका प्रहरी कार्यालय रुकुमपश्चिमकी प्रहरी वरिष्ठ हवल्दार रामकुमारी विष्टले जानकारी दिइन् ।

Read More

बैतड: बैतडीको पुर्चाैडी नगरपालिका–९ तल्लादेहीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । बुधवार प्रहरी चौकीको उद्घाटन गरिएको हो । ग्रामीण क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउने उद्देश्यले प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । अस्थायी प्रहरी पोष्टमा सहायक प्रहरी निरीक्षक टेकराज पाण्डेको नेतृत्वमा ८ जनाको टोलि खटाइएको उनले बताए । योसँगै अस्थायी प्रहरी पोष्टको संख्या बैतडीमा पाँच पुगेको प्रहरी प्रवक्ता जोशीले बताए ।

Read More

धनगढी: रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिइएको समर्थन लिने भएको छ । मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै समर्थन फिर्ता लिने भएको हो ।  गत शनिबार मुख्यमन्त्री शाहले सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीलाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नाउपा रुष्ट भएको थियो। नाउपाले दिइएको समर्थन फिर्ता लिने तयारी गरेपनि शाह नेतृत्वको प्रदेश सरकार सुरक्षित छ । ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७…

Read More

काठमाडौँ: हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ।  जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ । आज राति देशभर आंशिक देखि  सामान्य  बदली  रहनेछ । कोसी  प्रदेश,  मधेस  प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा  बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि …

Read More

धनगढीः प्रदेश सरकारलाई अधिकार दिन माग गर्दै राजधानी आएको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राजनीतिक भेटघाटलाई तिब्रता दिएको छ। सो टोलीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भेट गरी ज्ञापन पत्र बुझाएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोलीमा प्रदेशका सभामुख, मन्त्रीहरु र प्रतिपक्षी दलका नेता सामेल छन्। भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन आग्रह गरे। यस्तै समग्र सुदूरपश्चिमको विकासका सवालमा उनले ध्यानाकर्षण गराए। मुख्यमन्त्री नेतृत्वको टोलीले यसअघि प्रधानमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतसँग…

Read More

धनगढीः चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड अगामी असार ८ गते हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्ड असार ८ गते हुने आयोजकले जानकारी दिएको छ। आयोजकले बुधबार नै धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्डको मिति पनि घोषणा गरेको हो। मञ्चका अध्यक्ष प्रदीप पाठकले चौथो सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी थालिएको जानकारी दिए। गत वर्षको वैशाखदेखि चैत मसान्तसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधामा अवार्ड वितरण गरिने पाठकले बताए। वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदूरपश्चिम आईकन पुरुष तथा महिला, लाइफटाइम अचिभमेन्ट…

Read More

काठमाडौँ: नक्क्ली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । गजेन्द्र बुढाथोकीसहित नेपाल सरकार वादी भएको मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ । यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्द कुमार चौधरी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरु सबै प्रहरीको हिरासतमै रहेका छन् । यस्तै फरार रहेकाहरु लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापालाई पनि प्रतिवादी बनाइएको…

Read More

काठमाडौँ: भोटो जात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, भक्तपुर र ललितपुर) मा भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

Read More

धनगढीः धनगढीको मालपोत रोडमा रहेको चिया कफी घरले अस्पतालका बिरामी र ज्येष्ठ नागरिकलाई निःशुल्क चिया उपलब्ध गराउने भएको छ । यस्तै, अस्पताल भर्ना भएका बिरामीलाई कम मूल्यमा खाना उपलब्ध गराउने भएको हो । बुधवारबाट चिया, कफी र नास्तासँगै नेपाली खाना बिक्री गर्न थालेको चिया कफी घरले जोरायली बासमती चामलको भातसहितको साकाहारी खाना १८० मा उपलब्ध गराउने सञ्चालक खेमराज जोशीले बताए । बिरामीबाट भने खानाको एक सय मात्रै लिने जोशीले बताए । जोरायली बासमती चामलको भात, दाल, लोकल चिकेन, थारु आलु र पहाडे आलुको तरकारी, मही, अचार र नेपाली सलाद खानामा राखिएका छन् । चिकेन खानाको भने ३५० मूल्य निर्धारण गरिएको…

Read More