Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकामा जैविक तटबन्ध निर्माण भइरहेको छ। पुनर्वास नगरपालिका ९ सिताबस्तीका स्थानीय वासिन्दा, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा उक्त तटबन्ध निर्माण गरिन लागेको हो। मविपत् जोखिम व्यवस्थापन परियोजनाअन्र्तगत भू–क्षय रोक्नका लागि दोदा नदीमा जैविक तटबन्ध निर्माण भइरहेको बताइएको छ। जैविक तटबन्ध निर्माणको कार्यले नदीले भू–क्षय रोकथाममा टेवा पुग्ने आशा गरिएको छ। पाँच सय मिटर जैविक तटबन्ध निर्माणको कार्यमा नगरपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदान रहेको छ। – रासस

Read More

काठमाडौँ: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा हिजो ५२ जना सदस्यलाई मनोनयन गरेका हुन्। महिला संघमा सुदूरपश्चिमबाट ५ जना सदस्य मनोनीत भएका छन्। जसमा चन्द्रादेवी जोशी (बझाङ), पार्वती चन्द (डोटी), मिरा चन्द (कञ्चनपुर), वसन्ती भण्डारी (डडेल्धुरा) र सरस्वती बस्नेत (सरु) (कैलाली) रहेका छन्। यस्तै थप हुने सदस्यमा डा अमिता प्रधान (काठमाडौँ), अमृता थापा मगर (मकवानपुर) उमा शिवाकोटी (झापा), उर्मिला प्रधान (सुनसरी), एलिजा अधिकारी (चितवन), कमला तिवारी (नवलपरासी), कल्पना नेपाली (नुवाकोट), किरण सरकार (पर्सा), गीताकुमारी गुरुङ…

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका बाबजुद देशका अधिकांश भू-भागमा गर्मी कायमै रहने महाशाखाले जनाएको छ । 

Read More

धनगढी: नेपाल प्रहरीले विभिन्न प्रकारका हजारौं हतियार नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट कानूनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक छ हजार १८९ थान नष्ट गरेको जनाएको छ ।  त्यसैगरी पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन १ थान र नाम नखुलेको १३ थान गरी कुल छ हजार २६८ थान हातहतियार नष्ट गरिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर, स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम्…

Read More

धनगढी: दोब्बर उमेरकी महिला तथा प्रेमिकाको हत्या गरेको अभियोगमा २२ वर्षीय प्रेमी ओमलाल मण्डल समातिएका छन् । बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्ने मण्डललाई कर्तव्य ज्यान कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मिथिलाबिहारी नगरपालिका तारापट्टीकी करिब ४५ वर्षीया उषा दासका श्रीमानको मृत्युपश्चात युवक र उनी प्रेम सम्बन्धमा रहे पनि विवाहको विषयमा कुरा नमिलेपछि घटना भएको बताइन्छ । प्रहरीका अनुसार गत बिहीबार राति ११ बजे विवाहको विषयमा दुबैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ भाग्न खोजेकी महिलालाई उनले घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  आइतबार साँझ करिब…

Read More

धनगढी: गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारलाई दबाब दिन राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्गलवार साँझ धनगढी पार्कमोड जाने सडकमा प्रदर्शन गरेको हो।राष्ट्रिय स्वतन्त्र पार्टीले गेटामा विश्वविद्यालय स्थापना गर्नुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ। गेटामा विश्वविद्यालय स्थापनाका लागि भइरहेको आन्दोलनमा पनि रास्वपाले एक्यवद्धता रहेको जनाएको छ।

Read More

धनगढी: बझाङमा लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आएका छैनन्। नयाँ भाडादर समायोजनविरुद्ध आन्दोलित यातायात व्यवसायीहरूले यातायात ठप्प पारेको चार दिन भइसक्दा समेत लामो दूरीका सार्वजनिक सवारीसाधन अझै सञ्चालनमा आउन सकेका छैनन्। सार्वजनिक सवारीसाधन बन्द भएका दिनदेखि नै यातायात व्यवसायीसँग छलफल भए पनि अहिलेसम्म गाडी खुल्ने टुङ्गो नलागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका सहायक हवल्दार दीपेन्द्र कठायतले बताए। उनले भने, ‘आज बिहान मात्रै बझाङमा रहेका सबै सवारीसाधन लिएर यातायात व्यवसायीहरू धनगढी गएका छन्। धनगढीमा नयाँ भाडादर समायोजनको विषयमा छलफल भइरहेको छ।’ यातायातका साधन बन्द हुँदा जिल्ला बाहिर जाने र आउने यात्रु समस्यामा परेका छन्। विशेष गरी खेतीपाती लगाउने समय नजिक आइरहेकाले…

Read More

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो । उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको हो । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सिआइबीको र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्तरुपमा उक्त हत्याको अनुसन्धान गरिरहेको बताए । उनको अनुसार अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको छ ।…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयाघात पुष्टि भएको छ। मंगलबार बिहान गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको भेटिएको हो। उक्त नसा लगभग ७० प्रतिशतभन्दा बढी बन्द भएको पाइएपछि तत्कालै एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको ती चिकित्सकले बताए। स्रोतका अनुसार पौडेललाई शनिबारदेखि नै असहज महसुस भएको थियो। त्यसपछि उनलाई शनिबार दिउँसो पनि गंगालाल अस्पतालकै इमर्जेन्सीमा लगिएको थियो।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि दैलेख जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दुल्लुस्थित दह गाउँ आउन लागेका हुन् । प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो ३ बजे दह गाउँ पुग्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौँ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री प्रचण्ड दैलेख आउने कार्यक्रम तय भएको छ ।

Read More