Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका समयमै विद्युत् महसुल नबुझाउने तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ। सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ लाख बक्यौता रकम मध्ये लाइन काटेर प्राधिकरणले साढे चार करोड महसुल असुल गरेको प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सय १२ जना ग्राहको विद्युत् लाइन काटेको छ। विद्युत् महसुल तिर्न अटेरी गर्दा बाध्य भएर लाइन काट्नु परेको उनको भनाई छ । सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन काटिएको हो। नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका…

Read More

एजेन्सीः लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख हुने भएका छन्। भारत सरकारले मनोज पाण्डेको ठाउँमा द्विवेदीलाई नियुक्त गर्न लागेको हो। हाल उनी उपप्रधानसेनापति पदमा कार्यरत छन्। प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन्। वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो। गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो। उनले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो।

Read More

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भएको श्रमाधान रोजगार मेलामा २६ सय बढिले रोजगारी मागेका छन् । २७ र २८ जेठमा सम्पन्न मेलामा दुई हजार ४ सय ६ पदका लागी आवेदन माग गरिएको थियो । आयोजककाअनुसार उक्त पदमा रोजगारीका लागि दुई हजार ६ सय ६९ जनाले आवेदन पेश गरेका छन् । मेला मूल आयोजक समितिले आवेदन दिने मध्ये रोजगारीका लागि ८५ जनाको नाम विभिन्न निकायलाई सिफारिस गरिएको जनाएको छ । ‘तत्काललाई ८५ जनालाई रोजगारीका लागी सिफारिस गरेका छौँ,’ श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयका उप–सचिव बसन्त बोहराले भने ‘अरु प्रक्रियामा हुनुहुन्छ, उहाँहरुको दक्षता कुन क्षेत्रमा छ भनेर अध्ययन भइरहेको छ…

Read More

काठमाडौं : नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा उठाउँदै सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् । पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उनले खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्नु पर्ने बताइन । यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो ।

Read More

काठमाडौँ : अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो । नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्बाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए । नामिबियाको ब्याटिंग धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए…

Read More

जनकपुरधाम : महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो। कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमै पसेर आफूमाथि कुटपीट गरेको उनको आरोप छ। महोत्तरी प्रहरीले भने घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

Read More

काठमाडौं : रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले बताए। घाइतेलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ। बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन।

Read More

काठमाडौँ : राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा मंगलबार जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिले गर्नेछन् । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने छ । प्रतिनिधिसभामा हिजोबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको हो । आज सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा सांसदहरु प्रेम सुवाल, अमरेश कुमार सिंह, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

Read More

काठमाडौं : आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७:४५ मा भने रोकिए पनि सवा आठ बजेदेखि फेरि वर्षा भएको थियो। मैदानको आउटफिल्डमा पानी जमेको थियो। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियो। यससँगै नेपाल र श्रीलंकाले एक-एक अंक पाएका छन्। लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको संघारमा पुगेको छ। अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ। खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोडिडा आइपुगेका हजारौं दर्शकका लागि पनि…

Read More