बझाङ: हिजो पनि बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो। अस्ति बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङकै बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको थियो।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ। आज राति भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही…
काठमाडौँ : ओभरसियर पढेका तर, साधु बन्छु भनेर हिँडेका युवकले मकवानपुरमा आफ्नै लिंग काटेका छन् । साउन ३१ मा राति मकवानपुरको हेटौंमा उपमहानगरपालिका–१० स्थित फुलवारी होटल एण्ड लजमा २२ वर्षीय युवकले लिंग काटेका हुन् । ब्लेडले लिंग काटेका युवक उपचार गर्न हेटौंडा अस्पताल गएको र त्यहाँबाट चिकित्सकले चितवनमा रिफर गरेको मकवानपुरका एसपी सिताराम रिजालले बताए । मकवानपुरगढी गाउँपालिका–७ घर भएका युवकको लिंगमा गहिरो चोट लागेको छ । ओभरसियर पढेका उनले प्रहरीसँग ‘होटलमा बिच्छीले टोकेको र विष सर्न नदिन लिंग काटेको’ बयान दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट घाइते आफैँले लिंग काटेको थाहा भएको एसपी रिजालले जानकारी दिए ।
कैलालीः कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा बिक्रम बिष्ट निर्विरोध चयन भएका छन्। आज धनगढीमा सम्पन्न भएको कैलाली जिल्ला क्रीकेट संघको कार्य समिति चयनमा बिष्ट निर्विरोध निर्वाचित भएका हुन्। समितिको उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा र कोषाध्यक्षमा बिनोद लामा निर्वाचित भएका छन्। यस्तै सदस्यमा रतन कठायत, लोकबहादुर खड्का (रबि), रुपकबहादुर बिष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, वावुराजा श्रेष्ठ, गोबिन्दराज जोशी, पदम बहादुर सिंह, दिनेश महर्जन, गणेश रजक, सम्राट सिंह र कमलराज जोशी निर्वाचित भएका छन्।
बैतडी : डेंगी संक्रमणबाट बैतडीका एक युवाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ चनेताका २० वर्षिय विजय भट्टको भारतमा डेंगी संक्रमणबाट मृत्यु भएको हो । भारतको नयाँ दिल्ली आजादपूरमा काम गर्दै आएका भट्टको बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको आफन्त गणेश दत्त भट्टले जानकारी दिए । उनका अनुसार तिन दिन पहिले विजयलाई उच्च ज्वरोले च्यापेको थियो । ज्वरो आएर बिरामी परेका उनलाई बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगीे संक्रमण पुष्टि भएको थियो । डेंगी देखा परेर औषधि सेवन गरिरहेका उनलाई बिहीवार फेरि उच्च ज्वरो आएर आजादपूर स्थित फोर्टिज हस्पिटलमा भर्ना गरिएको थियो । बिहान हस्पिटल भर्ना गरिएका…
काठमाडौँ : सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो । अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्याइएको हो । यसअघि आधारभूत पारिश्रमिक ९ हजार…
काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सरकारले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिइरहेको दाबी गरेका छन् । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार राजधानीमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले सिम्रिक एयरले १ लाख रुपैयाँ तिर्न बाँकी रहँदा सरकारले उडान रोकेमा आपत्ति जनाउँदै पछिल्लो समय सरकारले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिइरहेको दाबी गरेका हुन् । कार्यक्रममा उनले उदाहरणका रूपमा सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४६ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको हल्ला गराए पनि सञ्चालक एवं क्याप्टेन रामेश्वर थापा पैसा लिएर जाँदा १ लाख रुपैयाँमात्र बाँकी रहेको…
धनगढीः कैलालीबाट दुई बालक वेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट दुई बालक वेपत्ता भएका हुन्। आफन्तका अनुसार नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद वेपत्ता भएका छन्। उनीहरु कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। उनीहरु दुबै जना बुधवारदेखि वेपत्ता भएका हुन्। उनीहरु दुबै जना १२ वर्षिय हुन। उ नीहरुलाई फेला पार्नेले नजिकको प्रहरी कार्यालय अथवा मोवाइल नम्बर ९८४७५४५७७१ र ९८२१६४५०७६ मा सम्पर्क गर्न भनिएको छ।
काठमाडौँ : नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले बाँदरको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी छिन् । आज (बिहिबार) प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले नेपालमा बाँदरको समस्या समाधान गर्न गाह्रो रहेको बताइन् । विगतमा नेपालले विदेशमा अनुसन्धानको लागि बाँदर निर्यात गर्दा आफू पनि त्यसको विरोधमा लागेको बताउँदै राणाले अहिले भयावह अवस्था भएको भन्दै चिन्ता ब्यक्त गरिन् । अहिले बाँदरको संख्या बढेर कहालीलाग्दो अवस्था रहेको बताउँदै उनले बाँदर नियन्त्रणका लागि के गर्ने भन्नेबारेमा अध्ययन नै गर्नुपर्ने बताइन् । राणाले भनिन्- ‘अरु देशको कुनै मोडेल छ कि ? हाम्रो यति धेरै ठाउँमा जाली लगाएर कसरी…
काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरेर लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् । सबै जनालाई हाल काठमाडौंको बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको हो । यो समूहले फेसबुक आईडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने…