Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिएको सुन्धारास्थित केन्द्रीय कारागारभित्र आपराधिक क्रियाकलाप हुने गरेको पाइएको छ । गैरकानूनी मिटरव्याजीदेखि लुटपाटसम्म हुन थालेपछि गृहमन्त्रालय र विभागीय निकायमा उजुरीसमेत दर्ता भएको छ । एक महिला कैदीले उजुरी दिएकी हुन् । कारागारभित्रै कैदीका आफन्तले सीधै पैसा दिन नपाउने व्यवस्था छ । यसका लागि कारागारभित्र कैदीबन्दीका आफन्तबाट पैसा लिन रोकी ऋण लिन लगाउने र त्यस्तो ऋणको सयकडा ५ रूपैंयाका दरले हिसाब गरी मिटरब्याज उठाउने गरिएको छ । त्यस्तै कैदीबन्दीका लागि आफन्तले दिएको रकम मूल नाइकेले आधा कमिसन लिएर दिने गरेको पीडितको तर्फबाट दिइएको उजुरीमा उल्लेख छ । यस्तै कारागारभित्र लागुऔषध, चुरोट र मदिराको समेत गैरकानूनी…

Read More

डडेल्धुरा: डेल्धुरामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको आलिताल गाउँपालिका-८ कुर्जेनीमा सुपप्र ०१००१क १६८३ नम्बरको जेसिबी दुर्घटना भएको हो । दुर्घटनामा बझाङ घर भएका एक जनाको ज्यान गएको र सनाखत हुन नसकेको आलिताल प्रहरीले जनाएको छ । जेसिबी सडकबाट करिब ३० मिटर तल खसेको र दुर्घटनाबारे सन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु र १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारविहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए । प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्कनेछन् ।

Read More

धनगढीः धनगढीमा भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाइएको छ । धनगढीको एसटिएस सिनेमा हलले स्वस्फूर्त रुपमा ‘आदिपुरुष’को प्रदर्शमा रोक लगाउने निर्णय गरेको हो । फिल्लमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डायलगले नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामाथि प्रहार गरेको भन्दै सोमबारदेखि ‘आदिपुरुष’को सम्पूर्ण शो रोकेको एसटिएस सिनेमाले जनाएको छ । आदिपुरुषमा समावेश जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देशको देशव्यापी रुपमा चर्को आलोचना भइरहेको छ ।

Read More

काठमाडौँ: लोसपा सांसद रामप्रकाश चौधरीले पब्जी गेम बन्द गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले पब्जी गेमका कारण बालबालिकाहरु बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् । ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पवजी गेम तुरुन्त बन्द गरियोस्’, सांसद चौधरीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

Read More

पाँचथर: पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । तीन घरका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । उनीहरुलाई याङवरक-१ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिवारदेखि परेको अविरल वर्षाका कारण फेदीगाउँ बस्तीनजिकै माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो ।

Read More

बैतडी: बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका सूनचा अधिकारी विपिन लेखकका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । यही असार ५ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेको बैतडीलाई हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले ४२८ जना घरधनीलाई सम्मान गर्ने भएको छ । मुख्य सडक विस्तारका लागि आफ्नो घर आफै भत्काएर ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानमा योगदान पुर्याएको भन्दै उपमहानगरले सम्मान गर्न लागेको हो । नगरप्रमुख गोपाल हमालले बुधवार मुख्य सडकको शिलान्यास गरेर धनगढीकै सौराइ पार्टी प्यालेसमा एक कार्यक्रमकाबीच ती घरधनीलाई सम्मान गरिने बताए । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बुधवार कैलाली पुलदेखि क्याम्पस चोक सडकको उद्घाटन गर्ने बताइएको छ ।

Read More

काठमाडौँ: पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको छ । यसअघि कामाडौँ महानगरपालिकाले आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो ।

Read More

काठमाडौँ: माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

Read More