Author: महेन्द्रनगर पोष्ट

हेटौंडा: मकवानपुरको हेटौंडामा एक महिलाले आफ्नो दुईजना नाबालक छोरालाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छन् । बाबुराम वाईवाकी ३६ वर्षीया श्रीमती सोनी पाख्रिनले आफ्नै छोरा ७ वर्षीय अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेकी थिइन् । उनका छोरा जेनिसको आज बिहान उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोनी र उनका ७ वर्षीय छोरा अस्किनको उपचार भइरहेको छ । प्रहरीका अनुसार सोनीको अवस्था गम्भीर छ । विष सेवन गर्नुको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

डोटीः डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ । सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो । खोलीखेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ । विशेष गरी खोला खेतमामा हलगोरुले रोपाइँ गर्न किसान व्यस्त छन् । जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने कृषि ज्ञान केन्द्र डोटीको दाबी छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकालगायतका ठाउँमा धमाधम रोपाइँ सुरु भएको छ । कृषि ज्ञानकेन्द्र डोटीका अनुसार जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि १०…

Read More

डडेल्धुरा: ‘मिस पवि’का नामले चिनिँदै आएकी टिकटक स्टार पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्तुत छिन् । टिकटकबाट चर्चामा आएकी डडेल्धुराकी ‘मिस पवि’ले पलसँग भिडियोमा अभिनय गर्ने आफ्नो सपना रहेको बताउँदै आएकी थिइन्। यो गीतमा टिका बम्जनको शब्द एवं संगीत छ भने हिमाल सागर र अनु चौधरीले यसमा स्वर दिएका छन् । गीतलाई शहस शाक्यले एरेन्ज गरेका हुन्। शान थापाको निर्देशनमा तयार भिडियोमा राजीव समरको कोरियोग्राफी छ। बिदुर सिग्देल निर्माता रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन, सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। https://youtu.be/4dvz1BzKopw

Read More

डडेल्धुरा: डडेल्धुरामा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । बागबजरस्थित बसपार्क छेउमा बैंकको अमरगढी शाखा विस्तार भई सेवा सुरु गरेको छ । एक औपचारिक कार्यक्रमका बिच डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीवार शाखाको उद्घाटन गरेका शाखा प्रबन्धक गंगा कुमारी ऐरले बताइन् । नबिल बैंकका डडेल्धुराको अमरगढी र कैलालीको बोराडाँडीमा गरी सुदूरपश्चिम प्रदेशमा दुई ओटा शाखा पुगेका प्रबन्धक ऐरले बताइन् । नबिल बैंक नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त बैंक हो ।

Read More

कैलाली: पछिल्लो दश वर्षमा सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या एक लाख ४२ हजार दुई सय ६६ ले वृद्धि भएको छ । विसं २०६८ मा भएको राष्ट्रिय जनगणनामा २५ लाख ५२ हजार पाँच सय १७ जनसङ्ख्या रहेको यो प्रदेशको जनसङ्ख्या २०७८ मङ्सिरमा भएको जनगणनाको नतिजाअनुसार २६ लाख ९४ हजार सात सय ८३ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार धनगढीमा गरेको राष्ट्रिय जनगणना, २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गर्दै सुदूरपश्चिम प्रदेशमा पुरुषको तुलनामा महिलाको जनसङ्ख्या एक लाख ४९ हजार दुई सय ११ ले बढी रहेको जानकारी गराएको छ । महिला १४ लाख २१ हजार नौ सय ९७ र पुरुष १२ लाख ७२ हजार…

Read More

रुपन्देही: कपिलवस्तुमा एक युवाले आफ्नि प्रेमिका र उनका काकाको हत्या गरेका छन् । प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि ती युवाले प्रेमिका र उनका काकाको हत्या गरेका हुन् । कपिलवस्तुको बाणगंगा नगरपालिका-६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए । बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा र अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् । प्रहरी प्रवक्ता घलेका अनुसार मोहन र अन्जलीबीच प्रेम सम्बन्ध थियो । मोहनले…

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो दिउँसो ३ बजेको समयमा नयाँ दिल्ली पुगे। उनले आज त्यहाँका पीएमसँग भेट पनि गरे। हिजै राति प्रधानमन्त्री दाहाल नेपाली राजदूत डा शंकर शर्माले राजदूतावासमा आयोजना गरेको स्वागत तथा रात्रिभोजमा सहभागी भएका थिए। यस्तै हिजै काठमाडौंबाट नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले साँझ साढे ६ बजे नयाँ दिल्ली पुगेको स्रोतको दाबी छ। पूर्वमन्त्री आले भिस्तारा एअरको उडान नम्बर युके १५६ मा काठमाडौंबाट साँझ सवा ५ बजे प्रस्थान गरेको बताइएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो । उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे । नेपालले उक्त परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्‍कन अध्ययन समेत सकिसकेको छ ।

Read More

अछामः अछाममा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–५ की ६२ वर्षीया पारुदेवी बुढाको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार बिहान सोही वडाको सिन्दुरे भन्ने भीरमा घाँस काट्ने क्रममा खसेर उनको मृत्यु भएको बताइएको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याइएका ३६ हजार मूल्यका माछा बरामद गरिएको छ । सो मूल्य बराबरका २५ किलोग्राम माछासहित भारतीय नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले बुधवार भारतबाट ल्याएका अवैध माछा बरामद गरेको थियो । बेवारीसे अवस्थामा फेला परेका मोटरसाइकल र माछा बरामद गरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ल्याइएको थियो । अवैध माछा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रहोबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Read More