कैलाली: टीकापुर घटनामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई राष्ट्रपति कार्यालयले बाँकी कैद सजाय माफी दिन लागेको निर्णय रोक्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार एक पत्रमार्फत टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी नगर्न सरकारलाई आग्रह गरेको छ। सजाय माफि ,मुलतवी , परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफुलाई भएको सजाय माफि, मुलतवी, परिवर्तन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिनसक्ने उल्लेख छ। तर भ्रष्टचार , जवरजस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध ,युद्घ अपराध, क्रुर हिंस्रिक वा विभत्स तरिकाले गरिएको हत्या , लागुऔषध लगाएतका…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: भोलि(मंगलबार) कञ्चनपुरको लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाले गङगादशहरा मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ। लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम राना र बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले सूचना जारी गर्दै गंगा दशहरा मेलाको उपलक्ष्यमा विदा दिइएको जानकारी दिएका हुन्। लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् अमरज्योती युवा क्लबले लालझाडी वडा नम्बर २ मा १५ जेठदेखि १९ सम्म मेला सञ्चालन गर्ने आयोजकले जनाएको छ। यस्तै बेलौरी नगरपालिकाको भकुण्डामा लामो समयदेखि कालेश्वर मन्दिरमा मेला लाग्दै आएको छ।
फोटो: विकल्प दैनिक
धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट २ सय ७० मिलिग्राम लागुऔषध(ब्राउन सुगर)सहित सोही ठाउँका २६ वर्षीय सन्तोष शाही पक्राउ परेका हुन्। शाहीलाई हिजो दिउँसो प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ: हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
अहमदाबाद – आईपीएलको फाइनल खेल महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्स र हार्दिक पाण्ड्याको गुजरात टाइटन्सबीच अहमदाबादमा खेलिने थियो तर अहिले त्यहाँ पानी परिरहेको छ र टस अझै भएको छैन। वर्षाको अवरोधबारे नियम के छ ?–यदि यो खेल भारतीय समयअनुसार राति ९ः ३५ सम्म सुरु हुन्छ भने यो खेलमा कुनै ओभर घटाइने छैन ।–यदि यो खेल राति १२.०६ बजेसम्म सुरु हुन्छ भने २० ओभरको सट्टा ५ ओभरको खेल हुन सक्छ । त्यसपछि सुपर ओभर गर्न सकिन्छ तर त्यो पनि हुन सकेन भने खेल २९ मे सम्म सारिनेछ । त्यसैले आइतबार फाइनल हुन नसके सोमबार खेलाइनेछ । यसका लागि सोमबार लाई…
धनगढी – धनगढी उपमहानगरपालिकाको टोली भोलि भारतको दिल्ली शहर जाने भएको छ। शैक्षिक भ्रमणका लागि उपमहानगरको टोली दिल्ली जान लागेको हो। भोलि दिल्ली जाने टोलीको बिदाई कार्यक्रममा सहभागीका लागि पत्रकारलाई निम्ता समेत गरिएको छ। उपमहानगरका प्रशासकीय अधिकृतले पत्र काट्दै उक्त निम्ता गरेका हुन्। यसपालि धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा शून्यजस्तै आएको थियो। सोही कारण भ्रमण राखेको जनाइएको छ।
काठमाडौँ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गरेको गिरोहमा संलग्न ५ जनाको थुनछेक बयान सकिएको छ। जिल्ला अदालत, काठमाडौँमा आइतबार आरोपी टङ्क गुरुङ, लक्ष्मी महर्जन र सन्दीप महर्जनको बयान भयो। यसअघि प्रकरणका आरोपी सागर राई र केशव दुलालको बयान सकिएको छ। राई मोरङको पथरीशनिश्चरेका पूर्व वडाध्यक्ष हुन्। मोरङका दुलाल काँग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनका स्वकीय सचिव थिए। महर्जनका प्रकरणका आरोपी केशव तुलाधरकी श्रीमती हुन्। ठगी गरिएको रकम उनको खातामा पनि जम्मा भएको पाइएपछि प्रहरीले उनलाई प्रतिवादी बनाएको थियो। अदालतमा बयान दिँदै उनले शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी छन्।…
धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले आफ्ना प्राथमिकताका क्षेत्र सार्वजनिक गरेका छन्। चैत १६ गते नयाँ प्रदेश प्रहरी प्रमुखको रुपमा सुदूरपश्चिममा आएका उनले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्ना प्राथमिकताका क्षेत्र सार्वजनिक गरेका हुन्। आफ्ना प्राथमिकताका क्षेत्र सार्वजनिकको क्रममा प्रदेश प्रहरी प्रमुख बोहराले प्रहरीले प्रदान गर्ने सेवा प्रभावकारी बनाउने नियमित कार्यलाई सर्वसाधारणको गुनासो रहित बनाउने बताएका छन्। लागुऔषधको विकराल समस्या समाधान गर्न र लागुऔषधको ओसारपसार, विक्रीवितरण र सेवन रोक्न प्रदेशभर अभियान चलाउने बताएका छन्। कैलाली र कञ्चनपुरमा मात्रै होइन प्रदेशमा पहाडी जिल्लामा पनि लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेकाले सबै प्रहरी युनिट निर्मम भएर लागुऔषध विरुद्ध लाग्ने…
काठमाडौं – नेकपा पुनर्गठन राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चार बुँदे सुझाव दिएका छन् । । आज राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई चार बुँदे सुझाव सुझाव दिएका हुन् । सुझावमा उनले नेपाल दुई ठूला र शक्तिशाली छिमेकीका वीचमा रहेको यथार्थलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । । ‘हाम्रो देश एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा छ,बचेर आउनुहोला, गौतमको सुझाव छ । त्यस्तै, गौतमले इपिजी प्रतिवेदन कार्यान्वयनमा लैजान र नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फौज त्यहाँबाट हटाउन भारतीय पक्षलाई सहमत गराउन पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । लिम्पियाधुरा नेपाल,…