Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ। आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको हो। मन्त्री बनाउने सहमति जनाएपछि अरुणले रञ्जितालाई दलको नेताबाट हटाउन राजी भएको स्रोतको भनाइ छ। यसअघि अरुण रञ्जिता पक्षमा खुल्दै आएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्तारुढ दलसँग छलफल अगाडि बढाइरहेका छन्। साना दललाई समेट्न एमाले र माओवादी केन्द्रले मन्त्रि फिर्ता बोलाउने तयारी गरेका छन्। रञ्जिताले अरुणलाई मन्त्री बनाउने आश्वासन दिएकी थिइन्। तर, पछिल्लो समय रञ्जिता आफैं मन्त्री बन्ने घोषणा गरेपछि अरुण बिच्किएको नाउपाभित्र चर्चा रहेको छ। उनले यस विषयमा रञ्जजितासँग जवाफ मागेपछि चित्तबुझ्दो जवाफ…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेत रहेका रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिने दललाई नै आफूहरुको समर्थन हुने बताएका छन्। रेशमलालले महेन्द्रनगरपोष्टसँग कुरा गर्दै यस्तो बताएका हुन्। यस्तै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्नो दलका मन्त्रीलाई फिर्ता बोलाइने पनि उनको भनाई छ। आजमात्रै रञ्जिता श्रेष्ठ चौधरीलाई नाउपाका प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट हटाएका छन्। पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन्। यस्तै उनलाई पार्टी अध्यक्षबाट समेत हटाउने आन्तरिक तयारी रहेको बताइन्छ। यसबारे प्रतिक्रिया माग्दा रञ्जिताका पतीसमेत रहेका रेशमलालले तत्काल अध्यक्ष हटाउने तयारी नभएको तर …

Read More

धनगढी: आफूलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलको नेता दाबी गर्ने घनश्याम चौधरीले सुदूरपश्चिम सरकारलाई आफूहरुको समर्थन नरहेको जनाएका छन्। यस्तै उनले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी थालिएको पनि बताए। दलको सहमतिबेगर सरकारमा सहभागी भएका २ जना मन्त्रीलाई केही दिनमा सरकारबाट अन्तिमपटक फिर्ता बोलाउने फिर्ता नआए कारबाही गरिने चौधरीको भनाई छ। सुदूरपश्चिम प्रदेश सरकारमा नाउपामा २ जना मन्त्री सहभागी छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक र टीका थापालाई कृषिमन्त्री नियुक्त गरेका थिए। सो समयमा उनीहरू दुईजनाले मात्र सरकारलाई समर्थन गरेर मन्त्री बनेका थिए। उनीहरू नाउपामा रञ्जिता श्रेष्ठ पक्षका हुन्। तर आजमात्रै रञ्जितालाई…

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट आफूलाई हटाइएको विषयमा जानकारी नै नभएको बताएकी छन्। महेन्द्रनगरपोष्टसँग कुरा गर्दै रञ्जिताले आफूलाई दल नेता परिवर्तनको विषय जानकारीमा नआएको बताइन्। यस्तै उनले आफू मन्त्री बन्ने कुरा पनि तलमाथि नभएको बताएकी छन्। आजमात्रै उनलाई दलको नेताबाट हटाएर गङ्गा चौधरीलाई नेता चयन गरिएको थियो। यसअघि प्रमुख सचेतक रहेका चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन्। यस्तै प्रमुख सचेतकमा पार्टीका संरक्षक रेशमलाल चौधरीका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरी तोकिएका छन्। नाउपाका चार सांसदमध्ये गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई उक्त जिम्मेवारीबाट हटाएका हुन्। प्रधानमन्त्री…

Read More

कञ्चनपुर: कञ्चनपुर स्थित महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । सुर्खेतको बाराहाताल गाउँपालिका-७ घर भएका ४५ वर्षीय धन बहादुर गुरुङको डुबेर मृत्यु भएको हो । गुरुङ कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली पक्की पुलमा मजदुरी गर्दै आएका थिए । हिजो बिहान ११ बजेतिर महाकाली नदीमा माछा मार्न गएको अवस्थामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई खोजतलास गर्दा साँझ ६ बजेको समयमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः कैलालीमा आफैँले चलाएको चम्पा ट्याक्टरले एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका-४ का ४० वर्षीय देवल चौधरीको आइतवार मृत्यु भएको हो। चौधरी आफैँले चलाएको चम्पा ट्याक्टर घर नजिकै पार्किङ गर्ने क्रममा पराल राख्न गाडेको काठमा ठोक्किएर घाटीमा चोट लागेपछि गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

Read More

जाजरकोट : पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो । गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।

Read More

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुतिर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।   यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहेपनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो ।

Read More

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । यो मुल्य वृद्धिसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।

Read More