Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीले गोदावरी नगरपालिका-३ स्थित चौकिडाँडामा वादी समुदायकी महिलामाथि कुटपिट भएको छ। चौकिडाँडाको सुकुम्बासी बस्तीमा बस्दै आएकी ६० वर्षीया पार्वती वादीमाथि बिहिबार राति कुटपिट भएको मिठु वादीले बताइन्। मध्यराति सुतेको ठाँउबाट पर लगेर दुईजना अन्जान पुरुषले पार्वतीमाथि कुटपिट गरेको मिठु वादीले बताइन्। कुटपिटबाट वादीको शरिरमा निलडाम परेका छन्। ती व्यक्तिहरुले वादीले लगाएको लुगा पनि च्यातिदिएका थिए। यस विषयमा इलाका प्रहरी कार्यालय अत्तरियाले जानकारी प्राप्त भएको र अनुसन्धान भइरहेको जनाएको छ।

Read More

काठमाडौं: आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ। सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो। नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुनेछ। अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ। यो (https://dvprogram.state.gov/) लिंक मा गएर आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।

Read More

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस संक्रमणको महामारी अन्त्य भएको घोषणा गरेको छ। डब्ल्यूएचओका अध्यक्ष टेड्रोस अदनोम घेब्रेयसले संगठनको आपतकालीन समितिको बैठकले कोरोना महामारी अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले थप स्पष्ट पार्दै भनेका छन्, ‘कोरोना महामारी र आपतकालीन अवस्थाको अन्त्य भए पनि कोरोना रोगका रूपमा भने कायमै रहेको छ।’डब्ल्यूएचओले ३० जनवरी २०२० मा कोरोना महामारीको घोषणा गरेको थियो। त्यसयता कोरोनाका कारण विश्वभर ७० लाख व्यक्तिको मृत्यु भएको छ। चीनको वुहानबाट निमोनियाका बिरामीमा देखिने लक्षण जस्तो संक्रमण कोरोना भाइरसका रूपमा विश्वभर फैलिएको थियो।

Read More

कञ्चनपुर:  भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ। रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ। “सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्दछ, कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्”, स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, “यहाँ स्थानीयभन्दा आयातित बिरामी बढी छन्।” आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेकोका बिरामी पाँच र देश बाहिरका औलो जोखिमयुक्त क्षेत्रबाट आउँदा नै औलो लिएर आएको बिरामी १७ छन्। “वैशाख–जेठमा बिरामी बढी देखापर्छन्, यो सङ्ख्या अझै बढ्न सक्छ”, उनले भने, “औलो निवारण गर्नका लागि…

Read More

डोटी: डोटीमा मासुको चोक्टा घाँटीमा अड्किँदा एकजनाको ज्यान गएको छ। शुक्रबार जिल्लाको दिपायल सिलगढी नगरपालिका- ५ का ५० वर्षका पदम नेपालीको मृत्यु भएको हो। उनको घाँटीमा मासु अड्किएपछि अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्न नपाउदै नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। जिल्ला अस्पताल डोटीमा पुगाइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।

Read More

काठमाडौँ: हाल पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 

Read More

कैलाली: कैलाली प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। हिजो बिहिवार जिल्लाको लम्कीचुहा नगरपालिका-३ व्यस्थितनगरबाट जोशीपुर गाउँपालिका-७ का २१ वर्षका अमृत चौधरीलाई समातिएको हो। शंकास्पद रुपमा हिँडिरहेको उनको पाइन्टको गोजी चेकजाँच गर्दा ३ ग्राम ३ सय ४० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस केशमा थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ।

Read More

काठमाडौं: नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम पनि मुछिएको छ। उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री खाँण पनि प्रहरीको पक्राउ सूचीमा परेका हुन्। बयानका क्रममा अभियुक्त केशव दुलाल र सन्देश शर्माले आफूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन बालकृष्ण पनि संलग्न भएको बयान दिएपछि प्रहरीको निगरानीमा परेका छन्। उनकी श्रीमति मञ्जु खाँणलाई २ करोडौँ रुपैयाँ बुझाएको बयान दिएको प्रहरी श्रोतले बताएको छ। निरन्तर नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको पनि संलग्नता रहेको बताएपछि प्रहरीले प्रक्रिया पुर्‍याएर पक्राउ गर्ने तयारी गरिरहेको छ। पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी…

Read More

डडेल्धुरा:  नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको अध्यक्षमा धनबहादुर भण्डारी चयन भएका छन्। प्रेस युनिनका निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका भण्डारी ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशनमार्फत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। यस्तै खुला उपाध्यक्षमा अरुण जोशी, महिला उपाध्यक्षमा पार्वती गुरुङ, सेवासमूह उपाध्यक्षमा लोकराज पनेरु, अनौपचारिक उपाध्यक्षमा उद्धवसिंह महरा, सचिवमा मानबहादुर साउद, सहसचिवमा भानबहादुर बिक र गोपालदत्त पनेरु, कोषाध्यक्षमा विष्णा उप्रेती र सहकोषाध्यक्षमा देवकी माल चयन भएका छन्। यस्तै सदस्यहरुमा दानबहादुर बुढाऐर, मानबहादुर शाहु, पदमराज भट्टराई, पदम थलाल, शेरबहादुर बुढाऐर, कमलप्रमा भण्डारी, सम्झना पाण्डेय र सुनिल बुढाऐर चयन भएका छन् । शिवराज पाठक, हिक्मतबहादुर धामी र चेतराज भट्ट प्रदेश प्रतिनिधिमा चयन…

Read More

कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक ट्रक चालकले ज्यान गुमाएका छन्। भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर ट्रक चालकको मृत्यु भएको हो। नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा ३२ वर्षीय चालक खुमबहादुर रोक्काको मृत्यु भएको बताइएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ समशेरगञ्जका रोक्काको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए।

Read More