Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको टीकापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् ।उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् ।कतिपय विद्यालयका शिक्षकले योजना निर्माण गरिसकेका छन् भने कतिपय शिक्षक योजना निर्माणमा व्यस्त छन् । टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षकले आफूले शिक्षण गर्ने विषयको शैक्षणिक योजना अनिवार्य बनाउनैपर्ने नीति लागू गरेपछि शिक्षकहरू योजना निर्माणमा जुटेका हुन् । आफूले पढ्दा शैक्षणिक योजना निर्माणको अभ्यास गरिसकेकाले खासै गाह्रो महसूस नभएको खड्ग मावि टीकापुरका शिक्षक रामकुमार चौधरीले बताए । ‘मैले आफू विद्यार्थी हुँदा शैक्षणिक योजना बनाएको अनुभव थियो, त्यसैले मलाई खासै गाह्रो भएन,’ उनले भने,…

Read More

काठमाडौं: नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले एक पैसा पनि नखाएको बताएकी छिन्। एक टेलिभिजनको कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो नाम मुछिएको बताएकी हुन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफलेू कसैको एक पैसा पनि नखाएको बताइन्। उनले भनिन् ‘म मेरो छोरो जयविरको कसम खाएर भन्छु भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन्।’ उनले भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सरह भएको समेत बताइन्। यस्तै नेताका कारण नभएर देश कर्मचारीतन्त्रका कारण विकास नभएको समेत बताइन् ।

Read More

काठमाडौँ: हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का  वर्षाको  सम्भावना रहेको छ। राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका-५ कि भावना ओझा सुत्केरी हुन ३ दिनअघि डडेल्धुरा अस्पताल पुगिन्। तर चिकित्सकले उनको अवस्था जटिल भएको बताए। जिल्लामा उनको ब्लड ग्रुपसँग मिल्ने बी नेगेटिभ रगत पाइएमा मात्रै यहाँ सुत्केरी गराउन सकिने बताएपछि उनको परिवार आत्तियो। आर्थिक अवस्था एकदमै कमजोर भएकी उनको परिवारले रेफर गरिएकी उनलाई धनगढी लैजान नसक्ने कुरा यहाँका केहि युवाले जानकारी पाए। त्यसपछि नेवि संघ(विपी) का सभापति मदन बोहरा नेतृत्वको युवा समूहले बी नेगेटिभ रगतको खोजी गरेको थियो। जिल्ला रेडक्रस सोसाइटीद्वारा संचालित ब्लड बैंकमा समेत उक्त रगत नपाइएपछि चिकित्सकको टोली पनि चिन्तित भएको थियो। रेफर गरिएकी ओझालाई अन्यत्र लैजान नसक्ने अवस्थामा परिवार पुगेकाले आफूहरुलाई…

Read More

डडेल्धुरा: नेपाल प्रेस युनियन डडेल्धुराको अध्यक्षमा योगेन्द्रबहादुर रावल सर्वसम्मत चयन भएका छन्। पाचौं जिल्ला अधिवेशनबाट रावलको नेतृत्वमा १७ सदस्यीय समिति गठन भएको हो। युनियनको उपाध्यक्षमा राम खत्री र भानबहादुर विक (समावेशी) सचिव पुष्कर भण्डारी, सहसचिव पद्मा साउद, कोषाध्यक्षमा पदम जोरा चयन भएका छन् । यस्तै सदस्यमा गणेशबहादुर मगर, दिपक भट्टराई , आशिष मल्ल, दिपकराज भट्ट, तर्कराज भट्ट, श्रेया ऎरी, गोपाल राउटे, जुनु मगर, पवित्र रोकामगर, चन्द्रीका कुमारी भट्ट र रुपा दमाई चुनिएका छन्। नेपाली कांग्रेस डडेल्धुराका उपसभापति डिल्ली राज जोशीको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको थियो।

Read More

डडेल्धुरा: सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा चोरी भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ मा रहेको मन्दिरमा चोरी भएको हो। आज बिहान साढे १ बजे चोरी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मन्दिरबट चाँदीको माला, चाँदीको मुकुट लगायतका सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए। उनका अनुसार अहिले घटनाको अनुसन्धान भइरहेको छ।

Read More

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई निवेदन दिन ७ दिनको म्याद थप गरेको छ। प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै मिटर व्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भए बमोजिम मिटरब्याज पीडितलाई निवेदन दिन अनुरोध गरेकोे हो। यसअघि प्रशासनले बैशाख १७ गतेदेखि ३१ गते सम्म १५ दिन मिटरब्याज पीडितलाई निवेदन दिन अनुरोध गरेको थियो। प्रशासनले पीडितलाई आफूसँग भएका सबुत प्रमाणसहित कार्यालय परिसरभित्र स्थापना भएको अनुचित लेनदेन पीडित सहायता कक्षमा सम्पर्क राखी तोकिएको ढाँचामा फाराम भर्न भनेको छ।

Read More

काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा ऐन महरले प्रदेशको संरचना खारेज गर्नु उपयुक्त हुने सुझाव दिएका छन्। हिजोको बैठकमा उनले समानुपातिक निर्वाचन प्रणालिको खारेजि र प्रत्यक्ष निर्वाचन प्रणालिको व्यवस्था, धर्म निरपेक्षता नभएर धार्मिक स्वतन्त्रता भन्ने शब्द संविधानमा राख्नुपर्ने, जिल्ला समन्वय समिति खारेज गर्नु माग राखेक थिए। यस्तै महरले उच्च ओहोदामा रहेका सबै ब्यक्तिको सम्पति छानबिन गरिनुपर्ने, भ्रष्टाचारका विरुद्धमा पार्टीले अविलम्ब संघर्षका कार्यक्रम घोषणा गर्न माग गर्नुपर्ने सुझावसमेत दिएका छन्।

Read More

दार्चुला : शुक्रबार दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा ढुङ्गा हानाहान भएको छ। भारतले सीमा नदी महाकाली नदी किनारमा निर्माण गरिरहेको पक्की तटबन्धको विषयलाई लिएर ढुङ्गा हानाहान भएको थियो। महाकाली नगरपालिका–१ का स्थानीय र भारतीय प्रहरीबीच सीमाको विषयलाई लिएर विवाद बढेपछि ढुङ्गा हानाहानको स्थिति सिर्जना भएको हो। भारतीय पक्षले महाकाली नगरपालिका–४ बंगाबगरको पारी खोतिला क्षेत्रमा नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणको क्रममा भारतीय पक्षले महाकाली नदीको नेपालतर्फको सीमामा आएर निर्माण सामाग्री निकाली रहेका बेला नेपाली नागरिकले रोक्न खोज्दा भारतीय र नेपाली नागरीकबीच ढुङ्गा हानाहान भएको स्थानीयले बताएका छन्। भारतीय पक्षले सीमा नदी महाकाली नदीको बिच भागमा आएर निर्माण सामाग्री…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न शुक्रबार दिउँसो २ बजे माओवादीले संसदीय दलको बैठक बोलाएको थियो। तर तयारी नपुगेको कारण देखाउदै अन्तिम समयमा स्थगीत गरिदियो। शनिबार बैठक बस्नेगरी दलका नेता खगराज भट्टले हिजोको बैठक स्थगीत गरेका थिए। तर शनिबारको बैठकको समय तय भएको छैन। जसका कारण माओवादी केन्द्रको बैठक अनिश्चित बनेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा दलहरुबीच मन्त्रालयगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। काठमाडौँमा शिर्ष तहमा यो विषय नटुंगिएपछि प्रदेशका मुख्यमन्त्रीले सरकार विस्तार गर्न नसकिरहेका हुन्।

Read More