काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति कोशी, मधेस, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कका हाकिम प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्द जिप्रका तानिएका छन्। अस्ती जेठको ३० गते उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको हो। बसपार्कको कमाण्ड सम्हाल्दा राम्रो काम गरेको भन्दै ख्याति कमाएका चन्दलाई अभद्र व्यवहारको मौखिक गुनासो आएको भन्दै जिप्रका तानिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले गुनासो आएपछि चन्दलाई जिप्रका तानिएको पुष्टि गरे। स्रोतको दाबी अनुसार कैलालीका एसपी देवेन्द्रबहादुर पालले मोनिका नामले चिनिने एक तेस्रो लिङ्गी महिलाको गुनासो आएपछि चन्दको सरुवा गरेका हुन्। एक राति मोनिकाले बसपार्कमा झगडा गरेर एक वृद्धमाथि कुटपिट गर्दै लफडा मच्चाएको आरोपमा चन्दले उनलाई नियन्त्रणमा लिएर जिप्रका बुझाएका थिए। तर…
काठमाडौँ : उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन्। सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको जिकिर गरे। उनले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्न सके मात्रै रूपान्तरण सम्भव भएको बताए। पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको उनको तर्क थियो। पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने उनको भनाइ थियो। उनले पार्टीमा…
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा घोषणा गरेअनुसार पानी ल्याएका छन् । चितवन-२ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि, भतेरिका स्थानीयका लागि पानी ल्याएको बताएका छन् । उनले घोषणा गरेअनुसार सय दिन नपुग्दै पानी ल्याएको बताएका छन् । पानी आएपछि भोलि औपचारिक उद्घाटन गर्ने उनको भनाई छ । ७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्नेप्रति आभार व्यक्त गरेका छन् ।
बैतडी : बैतडीमा विद्यालयबाट घर फर्किने क्रममा लडेर बालिकाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपाकिला वडा नं १ माणौ टोलका पदमसिंह धामीकी करिब ९ वर्षिय छोरी हेमन्ती धामीको विद्यालयबाट घर फर्किने बेला लडेर मृत्यु भएको स्थानीय मान सिंह धामीले जानकारी दिए । हेमन्ती सोमबार दिउँसो साथीहरु संगै विद्यालयबाट घर फर्कने क्रममा गडान खरफागला भएको ठाउँमा सल्लापिरोलमा चिप्लीएर तल रहेको सडकमा खस्दा गम्भिर घाईते भएकी थिइन् । लडेर सडकमा खसेपछि गम्भीर भएकी उनको घर पुर्याउदा मृत्यु भएको बताइएको छ । हेमन्ती वडाकै पञ्चोदय माविमा कक्षा १ मा अध्यानरत थिइन् ।
अत्तरिया : नेपाल मुस्लिम संघ सुदूरपश्चिम अध्यक्ष शेख मुनिर अहमदले निराधार रुपमा आफ्नो बद्नाम नगर्न अनुरोध गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले एउटा राजनीतिक पार्टीले संस्थागत रुपमै एकजना व्यक्तिका लागि ५÷७ बर्ष देखि विना कारण दुष्प्रचार गर्नु बाधक बन्न खोज्नु न्यायोचित नहुने बताउँदै आफ्नो बद्नाम नगर्न आग्रह गरेका हुन् । ‘कुनै एउटा राजनीतिक पार्टीले संस्थागत रुपमै एकजना व्यक्तिका लागि विगत ५/७ बर्ष देखि विना कारण दुष्प्रचार गर्नु बाधक बन्न खोज्नु न्यायोचित हुँदैन् । अहिलेको बैज्ञानिक युगमा पनि आदिम गुगका जस्तो धम्काउने, तर्साउने बन्दुकको डर देखाउनु भन्दा छलफल गरेर सत्य असत्य के रहेछ थाहा भईहाल्छ ’ प्रेस…
काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा परिवर्तनका पक्षधरहरू एक ठाउँमा भएको बताएका छन् । समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले यो मोर्चाले अहिलेसम्मको उपलब्धिको रक्षा गर्ने बताए । उनले भने, ‘दशकौँदेखि विभिन्न खालको सङ्घर्ष र बलिदानको श्रृखलाबाट गुज्रेका पार्टी र नेताहरूलाई विचार, प्रवृत्तिलाई बदनाम गर्ने, यो परिवर्तन हजारौँ बेपत्ता र सहिदको त्याग तपस्या र बलिदान आएको परिवर्तनलाई होच्याउने, अपमान गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरूले टाउको उठाउन खोजेका छन्। के कुरा साँचो हो भने यो मोर्चा तीनको विरुद्ध युद्धको घोषणा भने पक्कै हो ।’ फेरि देशलाई हिजोकै सामन्ती र निरङ्कुशता फर्काउने…
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन्। राजदूत सोङ एमाले अध्यक्ष ओलीलाई भेट्न सोमबार बालकोट पुगेका थिए। भेटका क्रममा उनीहरू बीच द्विपक्षीय सम्बन्ध, बिआरआई परियोजना लगायतका विषयमा छलफल भएको थियो। राजदूत छनले यसैसाता पोखरामा ड्रायगन बोट फेस्टिबलमा सहभागी हुन अध्यक्ष ओलीलाई निम्तो दिएको स्रोतले बताएको छ।
डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारलाई प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ। गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले पालिकाको विकासका लागि प्रदेशबाट बजेट विनियोजन नगरेको भन्दै यस्तो आक्रोस पोखेका हुन्। पालिका स्तरबाटै छनौट गरि पठाएको योजनालाई पनि प्रदेश सरकारले सुनुवाइ नगरेको भन्दै प्रदेश सरकारलाई पालिकामा निषेध गर्ने उनको चेतावनी छ। ‘पालिका स्तरबाट छलफल गरि प्राथमिकताको आधारमा पठाइएका योजना नपर्नु ? यदि बजेट हाल्नु नै थिएन भने पालिका स्तरमा छलफल चलाउनुको के अर्थ थियो ? पालिकामा पुगेर आफैले किन आश्वासन दिनुभयो ? हामी पालिकावासीको घोर अपमान भएको महसुस भएको छ ?’ उनले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि आलिताल गाउँपालिकाको घुम्ती…
धनगढी : कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबीच झडप भएको छ । बर्खे धान खेतीका लागि भारतीय सीमाबर्ती बजारबाट रसायनिक मल ल्याउने क्रममा भजनी नगरपालिका ५ पगियापसारमा स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको हो । नेपालमा मलको अभाव रहेको बेला स्थानीय किसानले भारतीय सीमाबर्ती बजारबाट मल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदा विवाद बढेको भजनी ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए । स्थानीय १२ जना किसानले साइकलमा ४३ कट्टा मल ल्याएका लागेका थिए ।