Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा भागेर सिंगापुर पुगेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ। तर, देउवाको सचिवालयले भने आरजु काठमाडौंमै रहेको जनाएको छ। सचिवालयका अनुसार आरजु हिजो गएकी थिइन्। हेटौंडामा उनले एउटा मार्टको उद्घाटन गरिन्। त्यसैगरी हेटौंडामै उनले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सम्बोधन गरेकी थिइन्। कार्यक्रममा सहभागितापछि उनी हिजै राति काठमाडौं फर्किएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए। ‘भाउजु हिजै हेटौंडाबाट गाडीमा फर्किनुभएको हो। अहिले काठमाडौंमा नै हुनुहुन्छ,’ उनले भने। एउटा युट्यूव च्यानलले आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको सामग्री प्रसारण गरेको छ। तर, त्यो फेक भएको खुलेको हो। पछिल्लो समय नक्कली भुटानी सरणार्थी…

Read More

धनगढीः सुुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको छ। प्रदेश सरकारको सहभागिता, पार्टीबाट पठाउने मन्त्रीको नाम टुंगो लगाउन दिउँसो २ बजे प्रदेशसभास्थित कार्यालयमा दलको बैठक बस्न लागेको हो। संसदीय दलका नेता खगराज भट्टले उक्त बैठकले सरकारका सम्बन्धका निर्णय लिने जानकारी दिए। माओवादी केन्द्रले आर्थिक मामिला र भौतिक पूर्वाधार मध्ये कुनै पनि नपाउने भएपछि तीन वटा मन्त्रालयमा दाबी गरेको छ। तर नागरिक उन्मुक्ति पार्टीले पनि २ मन्त्रालयको दाबी नछाड्दा मन्त्रालयगत भागबण्डामा सकस भइरहेको छ। शुक्रबार माओवादीले लिने निर्णयका आधारमा प्रदेश सरकार विस्तारको बाटो खुल्ने बताइएको छ। नागरिक उन्मुक्तिलाई दुई मन्त्रालय छाडेर माओवादी आफूले पनि दुईमै चित्त बुझाएमा शुक्रबार…

Read More

विराटनगर: पतिसँग झगडा भएपछि आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी  शर्माको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए। उनका अनुसार  बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन्।

Read More

काठमाडौं: सरकारले खटाएकार सरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ। यो प्रवृत्ति रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, कार्यालय, आयोग, प्रदेश कार्यालय, विभाग, तथा स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयले सरुवा भएको कार्यालयमा सात दिनभित्र हाजिर नहुने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ। सरुवा गरिएको ठाउँमा कर्मचारीलाई नपठाउने तथा रमाना नदिने कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी दिइएको छ। सरकारले खटाएकारसरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ। खटाएको…

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–८ सैनीका ३८ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका मानबहादुर बिष्टलाई कारागार चलान गरिएको छ।  प्रहरीले आफ्नो अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलमार्फत अदालतमा पेश गरिएका बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। जिल्ला अदालतका न्यायधिश जयानन्द पनेरुको एकल इजलासले बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  सोही घटना पक्राउ परेकी धनमती भण्डारीलाई अदालतको आदेश अनुसार साधारण तारेखमा छोडिएको प्रहरी निरीक्षक जोशीले बताए।  वैशाख २ गते साँझ घाँटी रेटेर हत्या गरेको अवस्थामा जोशीको शव फेला परेको थियो। त्यसको भोलिपल्ट प्रहरीले हत्या अभियोगमा दुवै जनालाई नियन्त्रणमा…

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीले अवैध पल्सर मोटरसाइकलसहित करिब ६ लाख रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ। बिहीबार धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट भारतीय नम्बरको पल्सर मोटरसाइलसहितको अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्लाको संयुक्त टोलीले अवैध समान बरामद गरेको जानकारी दिए। बरामद गरिएका समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरी निरीक्षक साउदले बताए।

Read More

कैलाली: कैलालीको स्याउलेमा सडक अवरुद्ध गरिएको छ । धुलो धुवा नियन्त्रणको माग गर्दै धनगढी-दिपायल फास्ट ट्रयाक अन्तर्गतको सडक शुक्रवार बिहानदेखि स्थानीयले अवरुद्ध गरेका हुन्। सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेभी निर्माण कम्पनीले धुलोधुवाँ नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै अवरुद्ध गरेको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए। उनले धुलाम्मे सडकले आसपासका नागरिकको स्वास्थ्य अवस्था निकै जोखिममा पार्नुका साथै स्याउले बजारको व्यवसाय नै धरापमा परेको बताए। स्थानीयले पक्की हुन लागेको सडकमा निरन्तर पानी हाल्नुपर्ने माग गरेका छन्।

Read More

कञ्चनपुर: कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट लागुऔषध खैरो हेरोइन(ब्राउन सुगर)सहित २ जना पक्राउ परेका हुन्। बिहीबार ३ ग्राम खैरो हेरोइनसहित सालघारी बस्ने कमलेश गिरी र पंकच चन्द पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ३२ हजार नेपाली रुपैयाँ र पटाका पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

कैलाली: गएराती कैलालीको लम्कीचुहा नगरपालिका–१ का बिर्खबहादुर शाहीको एक तले गोठमा आगलागी भएको छ। आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने मानवीय र पशुचौपाया क्षति भएको छैन। आगो स्थानीयको सहयोगमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो। शाहीले गोठमा लामखुट्टे नआउन भनेर धुवा बनाउन आागो बालेका थिए। तर, सोही आगो आगलागीमा परिणत भएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सांसद डा आरजु राणा देउवाले देशमा पैसाको कमी नभएको बताएकी छन्। देश आर्थिक संकटतर्फ गइरहेको चर्चा भइरहेको अवस्थामा बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट (व्यवस्थापन) गर्न नसकिएको उल्लेख गरिन्। बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगले गरेको ‘महिला सशक्तिकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै नेतृ राणले भनिन, ‘मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ । हाम्रो देशमा म्यानेजमेन्टकै कमी हो । हरेक साल बजेटहरु खर्चै हुँदैन् । खर्च नभइ जान्छ ।’ उनले महिला सशक्तिकरणको लागि योजना…

Read More