Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निदेवन दिएका छन् । तत्काल राजा वीरेन्द्र वीर विक्रम शाह र रानी ऐश्वर्य राज्य लक्ष्मी शाहसहितको हत्या भएको घटनाको सत्यतथ्य बाहिर नआउँदा नेपालको छवि अन्तर्राष्ट्रियरुपमा समेत धुमिल भएकोले यथाशक्य छिटो दरबार हत्याकाण्डको छानबिन एवम् अनुसन्धान गर्न नेपाल समाजवादी मोर्चाको तर्फबाट ध्यानाकर्षण गराउन चाहेको उनले बताएका छन् ।

Read More

धनगढी: कैलालीको गेटामा २०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरेर ६ सय बेडको अस्पताल संचालन गर्न माग गरिएको छ। शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) सहितले शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री र जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो। पाण्डेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपाल सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति घोर विरोध रहेको उल्लेख छ। ‘२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र…

Read More

काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहसहित १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो। केन्द्रीय कमिटीमा मनोनीतहरु- मुकुन्द न्यौपानेप्रेमबहादुर सिंहभागवत विश्वासीचुडामणि जंगलीहेमराज राईठम्बर विष्टउमाशंकर अरगरियाअजय गुप्ताएकवाल मियागणेश खनालप्रेम तामाङयमबहादुर परियारसुरेन्द्र मानन्धर

Read More

काठमाडौं – रास्वपा सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । सोविता र चितवनका गृहेन्द्र घिमिरेबीच केही दिनअघि विवाह भएको हो । विवाहपछि उनीहरू जापान पुगेका छन् । घिमिरेले गृष्मा ब्रोडकास्टिङमार्फत सांगीतिक कार्यक्रमहरू गर्दै आएका छन् ।

Read More

धनगढी – धनगढीमा भोलि तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । अत्तरिया(धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत सम्भार गर्नका लागि भोलि शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको विद्युत प्राधिकरण धनगढीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी सवस्टेशनबाट प्रशारण हुने विद्युत अवरुद्ध हुने जनाएको हो । केन्द्रले निर्धारित समय भन्दा अगाडी नै काम सम्पन्न भए विद्युत सुचारु गरिने जनाएको छ ।

Read More

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर रूपमा आत्मसमीक्षा गर्ने वेला आएको टिप्पणी गरेका छन्। शुक्रबार इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रहरी सङ्गठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने वेला आएको छ,’ श्रेष्ठले भने, ‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ। जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो। नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिनेछ।’ प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ…

Read More

काठमाडौँ – सशस्त्र प्रहरी बल (एपीएफ)मा पानी मुनि पुगेर उद्धार गर्ने डिप वाटर डाइभिङ ट्रेनिङ (गोताखोर) गर्ने जनशक्तिको संख्या ७४ पुगेको छ। कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयमा बिहीबार आयोजित एक समारोहबीच सशस्त्र प्रहरीका १९ र नेपाल प्रहरीका एक जना गरी २० जनालाई दीक्षित गरिएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एपीएफ आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक हुतराज थापासहित दीक्षान्त समारोहमा उपस्थित थिए। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बाढीको समयमा थपिएको जनशक्तिलाई विपद् उद्धारमा थप सजिलो भएको बताए। नेपालमा गोताखोरको तालिम भएको यो तेस्रोपटक हो। यसअघि २०६९ वैशाख ३१ देखि असार १४ गतेसम्म सशस्त्र प्रहरीका २५ जनाले…

Read More

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले विभिन्न ठाउँबाट भन्सार छलीका सवारीसाधन जफत गरेको छ । प्रहरीले भन्सार छलीका दुई थान मोटरसाइकल, एक थान स्कुटर र एक थान साइकल जफत गरेको हो । साथै भन्सार छलीका रेडिमेट कपडाहरु, खुला कपडा, प्लाष्टिक, नरिवलको धुलो, मिठाई, तेल, जुस, जुत्ता चप्पल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । करिब तीन लाख ७५ हजार तीन सय एक मूल्य बराबरका समान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित संलग्न तीन जनालाई शुक्रवार कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका हाकिमसमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल हेडक्वार्टर तानिएका छन्। उनी हाकिम रहेकै कार्यालयमा कार्यरत जुनियर एक महिला प्रहरीमाथि जबर्जस्ती गर्न खोजेको भन्दै प्रदेश प्रहरी कार्यालय धनगढीमा निवेदन परेपछि उनी हिजो प्रहरी प्रधान कार्यालय तानिएका हुन्। महिला प्रहरीले हालै डिआइजी कार्यालयलाई निवेदन चढाएकी थिइन्। प्रहरी प्रधान कार्यालय स्रोतले उनलाई हेडक्वार्टर तानिएको र उनी अहिले आइजीपीको सचिवालयमा बसिरहेको जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भरतबहादुर बोहराले पनि पाललाई हेडक्वार्टर पठाइएको पुष्टि गरे। तर कार्यालयकै कामले उनलाई त्यहाँ पठाइएको उनको दाबी छ।

Read More

कैलाली: कैलालीको टीकापुर अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको २ करोड ७५ लाख रकम निकासा गर्न आग्रह गरेको छ । अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई पत्र लेख्दै स्वास्थ्य बीमा अन्तर्गतको सो रकम निकासा गर्न आग्रह गरेको हो । चालु आर्थिक वर्षको माघ, फागुन र चैत महिनाको प्रमाणित बीमा दाबी रकम २ करोड ७५ लाख ७९ हजार ४२५ रुपैयाँ भुक्तानीको लागि पत्रमार्फत आग्रह गरिएको छ । भुक्तानी नभए स्वास्थ्य बीमा सेवाहरुको निरन्तरतामा कठिनाइ पर्नुका साथै अनिश्चितकालका लागि सेवा स्थगित गर्नुपर्ने समेत अस्पतालले जनाएको छ ।

Read More