Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जना अभियुक्तको बयान सकिएको छ। काठमाडौँ जिल्ला अदालतमा आज टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमशेर मियाँको बयान सकिएको जिल्ला अदालतले जनाएको छ । भोलि पूर्व गृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान हुने बताइएको छ । उनीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। थुनछेक बहस भनेको अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउने भन्ने बहस हुनेछ। यस प्रकरणमा सरकारी वकिलले ३० जनालाई प्रतिवादी बनाएको छ। यस प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । चारदिने भारत भ्रमणकालागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो। यसअघि प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसलगत्तै दुई देशका बीचमा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए ।

Read More

काठमाडौँ – नेकपा एसका झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हतकडी लाउन तयार रहेको बताएका हुन् । उनले भने, ‘म के भन्न चाहन्छु भने यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हतकडी लाउन तयार छु । अख्तियार र अरु तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस् । मैले राजनीतिलाई कमाइ खाने धन्दा ठानेको छैन ।त्यसै दिन एउटा कमिटी बनाएर उच्चतम रूपमा हामीले के गर्न सकिन्छ प्रस्ताव…

Read More

काठमाडौँ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित ३ जना दोषी ठहर भएका छन्। ​भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौँले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो । न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैंया जरिवाना तोकेको छ । दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको हो । अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन् । प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन…

Read More

काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका हरिभक्त महर्जन अदालतमा हाजिर भएका छन् । बिहीबार काठमाडौँ जिल्ला अदालतमा उनी हाजिर भएका हुन् । यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरिसकेको थियो । अदालतमा हाजिर हुन आएका महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले तयारी गरिरहेको छ ।

Read More

धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस र सौभाग्य अस्पताल प्रालीबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको विशेष पहलमा सो क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न उक्त सम्झौता गरिएको बताइएको छ । अस्पतालमा सेवा लिन जाँदा क्याम्पसको परिचय पत्र वा पहिचान खुल्ने प्रमाण पेश गरी सेवा लिन सकिने जनाइएको छ ।सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न सेवा सुविधामा ५ देखि २५ प्रतिशतसम्म छुट दिइनेछ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएको आरोपमा प्रहरीले राप्रपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिरमा जुत्ता हानेको र माला झुण्ड्याएको आरोपमा बिहीबार प्रहरीले राप्रपा कञ्चनपुरका जिल्ला समिति सदस्य जयकिसन बोहरा र भीमदत्त नगर सचिव किसन चन्दलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले राप्रपाका दुई कार्यकर्तालाई सोधपुछका लागि ल्याइएको बताए । जेठ १५ गते गणतन्त्र दिवसका दिन राप्रपाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका क्रममा महेन्द्रनगरको भानुचोकमा राप्रपाका केही कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएका थिए ।

Read More

हेटौंडा: मकवानपुरको हेटौंडामा एक महिलाले आफ्नो दुईजना नाबालक छोरालाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छन् । बाबुराम वाईवाकी ३६ वर्षीया श्रीमती सोनी पाख्रिनले आफ्नै छोरा ७ वर्षीय अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेकी थिइन् । उनका छोरा जेनिसको आज बिहान उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोनी र उनका ७ वर्षीय छोरा अस्किनको उपचार भइरहेको छ । प्रहरीका अनुसार सोनीको अवस्था गम्भीर छ । विष सेवन गर्नुको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

डोटीः डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ । सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो । खोलीखेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ । विशेष गरी खोला खेतमामा हलगोरुले रोपाइँ गर्न किसान व्यस्त छन् । जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने कृषि ज्ञान केन्द्र डोटीको दाबी छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकालगायतका ठाउँमा धमाधम रोपाइँ सुरु भएको छ । कृषि ज्ञानकेन्द्र डोटीका अनुसार जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि १०…

Read More

डडेल्धुरा: ‘मिस पवि’का नामले चिनिँदै आएकी टिकटक स्टार पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्तुत छिन् । टिकटकबाट चर्चामा आएकी डडेल्धुराकी ‘मिस पवि’ले पलसँग भिडियोमा अभिनय गर्ने आफ्नो सपना रहेको बताउँदै आएकी थिइन्। यो गीतमा टिका बम्जनको शब्द एवं संगीत छ भने हिमाल सागर र अनु चौधरीले यसमा स्वर दिएका छन् । गीतलाई शहस शाक्यले एरेन्ज गरेका हुन्। शान थापाको निर्देशनमा तयार भिडियोमा राजीव समरको कोरियोग्राफी छ। बिदुर सिग्देल निर्माता रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन, सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। https://youtu.be/4dvz1BzKopw

Read More