धनगढीः कैलालीमा अवैध काठ बरामद गरिएको छ । जिल्लाको कैलारी गाउँपालिका–९ गदरीयाका ४२ वर्षीय मदनसिंह रानाको घर अगाडि बारीमा सालको काठ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले ४ गोलिया २३.७४ क्युफिट सालको काठ बरामद गरेको जनाइएको छ । बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय फूलवारीको जिम्मा लगाएको प्रहरीले बताएको छ ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः धनगढी उपमहानगरपालिका–३ बोराडाँडी डिलासैनी टोलका ५२ वर्षीय वीरबहादुर विष्टले आफ्नै घरमा आगो लगाएका छन् । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरी आफ्नो दुईतले पक्की घरमा शुक्रवार राति आगो लगाएका हुन् । आगलागीबाट कोठाभित्र रहेका सोफा, वाईरिङ तार, लत्ताकपडा गरी ७० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने विष्टलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । मोरङ प्रहरीका अनुसार मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान भेटिएका हुन् । उनी सोही विद्यालयका लेखापाल हुन् । आगोले जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए। यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड-१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए । मन्त्रालयले कोभिड-१९…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर आज स्वदेश फर्कँदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आज दिल्लीबाट अपराह्न ४:२० मा नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्कने कार्यक्रम तय भएको छ । प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन् ।
धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको चाकडी गरेको आरोप लागेका डिएसपीको सरुवा भएको छ। इलाका प्रहरी कार्यालयको इन्चार्ज रहदा राम्रो काम गरेको भन्दै ख्याति कमाएका तर अस्ति रेशमलाल आउँदा हतारहतार गएर ‘एकदम खुसी लाग्यो’ भन्दै खादा लगाउने डिएसपी उद्दबसिंह भाटको हिजो सरुवाको भएको हो।भाटले पनि थारुको सम्मान गरेको भन्दै आफ्नो सरुवा गरिएको महेन्द्रनगरपोष्टलाई बताएका थिए। उद्धव सिंह भाटलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट विशेष सुरक्षा गण सुनवल तानिएको छ। उनीसहित नेपाल प्रहरीका २ प्रहरी उपरीक्षक (एसपी) र २ डीएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार एसपी काजीकुमार आचार्य र विनोद…
डडेल्धुरा: डडेल्धुरामा बजार अनुगमनका क्रममा भेटिएको अखाद्य वस्तु नष्ट गरिएको छ । जिल्लाको भागेश्वर गाउँपालिकास्थित भागेश्वर बजारमा शुक्रवार अनुगमन गरिएको हो । गाउँपालिकासँगै स्थानीय प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराको संयुक्त बजार अनुगमन टोलीले पालिकाभित्रका विभिन्न बजारमा अनुगमन गरेको बताइएको छ । अनुगमन टोलीले भागेश्वर-५ को सिराड, बुर्सा र खानीडाँडा, २ को रुइनपाटा र बयलपाटामा गरी १७ पसलमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । अनुगमनका क्रममा ७१ हजार ८० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको छ ।
बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-१ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । बालबालिकाहरुले विभिन्न १३ रोगविरुद्ध पाउने खोपहरु राष्ट्रिय खोप तालिका अनुसार पाएको यकीन भएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो । वडालाई पूर्ण खोप घोषणाका लागि स्वास्थ्यकर्मीहरुले खोप नलगाएका बालबालिकाहरुको खोजी गरी नियमित खोप कार्यक्रममा समावेश गरेका थिए । वडाहरुलाई पूर्ण खोप वडा घोषणा गरेपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।
काठमाडौँ: भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएको एनडीटीभीले जनाएको छ । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई…
काठमाडौँ: नेपाली दूतावास, दिल्लीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएको छ । दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धीमुलक रहेको बताएको हो । प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई चाँडै नेपाल भ्रमणमा आउन निम्ता समेत दिएको र मोदीले सकेसम्म छिटो र उचित समयमा नेपाल आउने बताएको विज्ञप्तीमा उल्लेख छ । भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सीमा विवादबारे छलफल गरेका थिए । दूतावासका अनुसार नयाँ हवाई रूटसहितका विषयमा पनि छलफल भएको छ । हवाई रुटको विषयमा भारतले सकारात्मक जवाफ दिएको उल्ले गरिएको छ ।