Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई हुनु पर्नेमा जोड गरेका छन्। पूर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा बिबाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो। उनले नागरिकता विधेयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन्। ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं,’ भट्टराईले भनेका छन, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं।’

Read More

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको औपचारिक घोषणा भएको छ। परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन्। जसअनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको छ। ‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले ३१ मे देखी जुन ३ सम्ममा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विनम्र निमन्त्रणामा भारतको औपचारिक भ्रमण गर्नुहुनेछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छु’ पराराष्ट्र मन्त्री एनपी साउँदले भनेका छन्।

Read More

धनगढीः जिल्लाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एकजनाको लेक लागेर मृत्यु भएको छ। मकालु बेस क्याम्पमा मकालु गाउँपालिका –२ सेदुवाका ४० वर्षीया तुलाराम विष्टको मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्टको लेक लागेर मृत्यु भएको हो। मकालु बेस क्याम्प पुगेका विष्टलाई शुक्रबार लेक लागेर बिरामी परेका थिए। मकालु–२ सेदुवाका विष्ट विदेशी टोलीको भरिया काम गर्दै आएका थिए। विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उनी पाँच दिनअघि घरबाट हिँडेका थिए। विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकोप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताए। सदरमुकाम…

Read More

धनगढीः बैतडी जिल्लामा सबैभन्दा बढी जनसंख्या रहेको पुरचौँडी नगरपालिकामा टेलिकमको नेटवर्क आकाशमा बादल लाग्नेबित्तिकै बन्द हुने गरेको छ। पुरचौँडी नगरपालिकाको कुवाकोट–५, काटैको डाँडामा रहेको टेलिकमको टावरले बादल लागेको दिन काम गर्दैन। जसकारण यस्तो समस्या आएको हो। पाटन नगरपालिका–१०, ठाँटा बजार वा मटे गाउँ नजिक टेलिकमको टावर निर्माण गर्न सके सिगास र डडेलधुराको नवदुर्गा गाउँपालिकासम्मका सेवाग्राहीलाई सजिलो हुने स्थानीयको भनाइ छ। पुरचौँडी नगरपालिका र सिगास गाउँपालिकामा नेपाल टेलिकमको टावर छन् तर नेटवर्क भने कहिलेकहीँ मात्रै आउँछ। नेटवर्कको समस्या समाधानका लागि स्थानीयहरुले सरोकारवालासँग आग्रह गरेका छन्।

Read More

-राधा कृष्ण देउजा नेपाल प्रहरी संगठनको सफलता संगठन भित्रको आपसी विश्वास, सहकार्य र एकतामा प्रमुखत निर्भर गर्छ। अनि एकता सहकार्य र विश्वास पैदा आशंका र अविश्वास घटाउने काम चाहीँ अफवाहलाइ नजरअन्दाज गर्दै संवाद बढाउने कुराले मात्रै गर्न सक्छ। हाल नेपालमा जारी नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन र त्यसले आवश्यक गति लिने काम पनि प्रहरीको त्यही आन्तरिक सहकार्यले नै सम्भव बनाएको हो। तर जव प्रहरीले द्रुतता साथ अनुसन्धान अगाडी बढायो अनि त्यसमा उसले गृहमन्त्रीको दह्रो साथ पायो तव कहीं न कहीं प्रहरी भित्र नै अविश्वास आशँका र विवाद पैदा गराउनु पर्ने सोच अंकुर भयो। मलाइ लाग्छ त्यही अंकुरणकै जगमा अहिले नक्कली…

Read More

धनगढीः कैलाली चुरे गाउँपालिका–२ मा रहेको दडी झरना गुमनामजस्तै छ। पर्यटनका दृष्टिकोणले महत्वपूर्ण मानिएको सो झरना ओझेलमा परेको हो। झरनासम्म पुग्न असहज भएका कारण झरना ओझेलमा परेको बताइन्छ। पूर्वाधार विकास हुन नसक्दा सो झरनाको प्रचारप्रसार समेत नभएको हो। चुरेकै अग्लो भनेर दाबी गरिएको दडी झरनाको विकासमा सरकारले चासो दिए पर्यटन विकासमा टेवा पुग्ने छ। भौगोलिक रुपमा निकै दुर्गममा रहेको सो झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ। दडी झर्ना करिब एक ५० मिटरको उचाइबाट झरिरहेको छ।

Read More

धनगढीः डोटीका एक किशोर हराएका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका ७ पोखरी, सलेनाका विकास विक कैलालीबाट हराएका हुन्। कैलालीको गौरीगंगा नगरपालिका कठौती बस्दै आएका उनी दुर्गालक्ष्मी बहुुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत थिए। उनी यही जेठ ९ गते बिहान क्याम्पस जान भनी हिँडेकोमा आजसम्म घर नआएका विकको पारिवारिक स्रोतले जनाएको छ। उनलाई कहीँ कतै कसैले देखे नजिकको प्रहरी कार्यालय वा ९८०४६९०५१९ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ। यता, प्रहरीले भने उनको खोजीकार्य जारी रहेको जनाएको छ।

Read More

धनगढीः नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मानबहादुर धामी धामी नियुक्त भएका छन्। माओवादी संसदीय दलका नेता खगराज भट्टले धामीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। सुदूरपश्चिमका पूर्व वनमन्त्री समेत रहेका उनी दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। धामीलाई माओवादीले प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम माओवादी संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्त गरेको दलका नेता भट्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

Read More

धनगढीः  नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विक्रमसिंह धामी नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले धामीलाई प्रमुख सचेतकमा शुक्रवार नियुक्त गरेका हुन्। दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित धामी कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलमा नियुक्त भएको कांग्रेस संसदीय दलले जनाएको छ। धामीलाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्ति गरेको दलका नेता शाहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। 

Read More

डडेल्धुरा: नेपाल प्रेस युनियनकाे स्थापना दिवसको अवसरमा डडेल्धुराको जाेगबुडा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ। संविधान सभा सदस्य तथा नेपाली कांग्रेस महासमिति सदस्य नरभानकामीकाे संयोजकत्वमा बिरामीलाई फलफूल वितरण गरिएको प्रेस युनियन डडेल्धुराका कोषाध्यक्ष पदम जोराले बताए। उनका अनुसर एक दर्जन बिरामीलाई फलफूल वितरण गरि बिरामी र अस्पतालकाे अवस्था निरीक्षण गरिएको थियो। कार्यक्रममा नेपाली कांगेस सुदूरपश्चिम प्रदेश सदस्य धर्मानन्द भट्ट, जिल्ला कार्य समित सदस्य दलबहादुर साउद, परशुराम नगरसचिव मञ्जु धामी र जाेगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीको उपस्थिति रहेको थियो।

Read More