Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सरकारले खटाएकार सरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ। यो प्रवृत्ति रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, कार्यालय, आयोग, प्रदेश कार्यालय, विभाग, तथा स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयले सरुवा भएको कार्यालयमा सात दिनभित्र हाजिर नहुने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ। सरुवा गरिएको ठाउँमा कर्मचारीलाई नपठाउने तथा रमाना नदिने कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी दिइएको छ। सरकारले खटाएकारसरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ। खटाएको…

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–८ सैनीका ३८ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका मानबहादुर बिष्टलाई कारागार चलान गरिएको छ।  प्रहरीले आफ्नो अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलमार्फत अदालतमा पेश गरिएका बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। जिल्ला अदालतका न्यायधिश जयानन्द पनेरुको एकल इजलासले बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  सोही घटना पक्राउ परेकी धनमती भण्डारीलाई अदालतको आदेश अनुसार साधारण तारेखमा छोडिएको प्रहरी निरीक्षक जोशीले बताए।  वैशाख २ गते साँझ घाँटी रेटेर हत्या गरेको अवस्थामा जोशीको शव फेला परेको थियो। त्यसको भोलिपल्ट प्रहरीले हत्या अभियोगमा दुवै जनालाई नियन्त्रणमा…

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीले अवैध पल्सर मोटरसाइकलसहित करिब ६ लाख रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ। बिहीबार धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट भारतीय नम्बरको पल्सर मोटरसाइलसहितको अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्लाको संयुक्त टोलीले अवैध समान बरामद गरेको जानकारी दिए। बरामद गरिएका समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरी निरीक्षक साउदले बताए।

Read More

कैलाली: कैलालीको स्याउलेमा सडक अवरुद्ध गरिएको छ । धुलो धुवा नियन्त्रणको माग गर्दै धनगढी-दिपायल फास्ट ट्रयाक अन्तर्गतको सडक शुक्रवार बिहानदेखि स्थानीयले अवरुद्ध गरेका हुन्। सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेभी निर्माण कम्पनीले धुलोधुवाँ नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै अवरुद्ध गरेको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए। उनले धुलाम्मे सडकले आसपासका नागरिकको स्वास्थ्य अवस्था निकै जोखिममा पार्नुका साथै स्याउले बजारको व्यवसाय नै धरापमा परेको बताए। स्थानीयले पक्की हुन लागेको सडकमा निरन्तर पानी हाल्नुपर्ने माग गरेका छन्।

Read More

कञ्चनपुर: कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट लागुऔषध खैरो हेरोइन(ब्राउन सुगर)सहित २ जना पक्राउ परेका हुन्। बिहीबार ३ ग्राम खैरो हेरोइनसहित सालघारी बस्ने कमलेश गिरी र पंकच चन्द पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ३२ हजार नेपाली रुपैयाँ र पटाका पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

कैलाली: गएराती कैलालीको लम्कीचुहा नगरपालिका–१ का बिर्खबहादुर शाहीको एक तले गोठमा आगलागी भएको छ। आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने मानवीय र पशुचौपाया क्षति भएको छैन। आगो स्थानीयको सहयोगमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो। शाहीले गोठमा लामखुट्टे नआउन भनेर धुवा बनाउन आागो बालेका थिए। तर, सोही आगो आगलागीमा परिणत भएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सांसद डा आरजु राणा देउवाले देशमा पैसाको कमी नभएको बताएकी छन्। देश आर्थिक संकटतर्फ गइरहेको चर्चा भइरहेको अवस्थामा बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट (व्यवस्थापन) गर्न नसकिएको उल्लेख गरिन्। बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगले गरेको ‘महिला सशक्तिकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै नेतृ राणले भनिन, ‘मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ । हाम्रो देशमा म्यानेजमेन्टकै कमी हो । हरेक साल बजेटहरु खर्चै हुँदैन् । खर्च नभइ जान्छ ।’ उनले महिला सशक्तिकरणको लागि योजना…

Read More

बझाङ: बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले कर्मचारी नियुक्त गर्दा दलीय भागबण्डा गरेको खुलासा गरेका छन्। उनले नगरपालिकाले विज्ञापन बिनै कर्मचारी भर्ना गरेको खुलासाको भिडिओ नै सार्बजनिक भएको हो। बुधबार विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाउन नगरपालिका गएका नेकपा एमालेका नेताहरुसँग कुरा गर्दै नगरप्रमुख बजालले उक्त खुलासा गरेका थिए। ‘तपाईँहरुलाई पनि थाहाँ भएकै कुरा त हो। हामीले तीन दललाई भागबण्डा गरेका हौँ। एक जना तपाईँहरुको पार्टीको राख्यौ। दुई जना अन्य पार्टीका छन्। सरसल्लाह गर्दा विज्ञापन नगरे पनि हुन्छ भनेपछि भर्ना गरेका हौँ,’ नगर प्रमुख बजालले भने। परामर्श सेवा अन्तर्गत तीन जना ओभरसियर नियुक्त गरिएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख बजालका अनुसार नेपाली…

Read More

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन्। पन्त श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्तिमा पर्छन। विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन्। “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखे”, उनले भने। पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोले। वन विभागको अनुमति लिएका पन्तले भने, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन।” काठमाडाँैमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गरेका पन्तले सन् २०१६ मा दक्षिण…

Read More

काठमाडौं: नेपाल बैंकर्स संघको बैठकले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । हाल बसिरहेको संघको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो । संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने जानकारी दिए । उनले भने, ‘कर्जाको ब्याज बिस्तारै घट्दै आइरहेको छ । जेठमा पनि घट्ने सहमति भइसकेको छ ।’

Read More