Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: काठमाडौँबाट भारतको बैंगलोर उडेको नेपाल वायुसेवा निगमको न्यारोबडीमा चरा ठोक्किएपछि वाइडबडी विमानलाई त्यसतर्फ पठाइएको छ । दिउँसो पौने २ बजे उडेको विमान सर्लाहीको आकाशमा पुग्दा चरा ठोक्किएको थियो । लगत्तै त्यहाँबाट फर्काइएको विमान दिउँसो सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त न्यारोबडी विमान ए ३२० को दायाँ इञ्जिनमा सामान्य समस्या देखिएपछि जापानको नारिताबाट दिउँसो साढे ३ बजे काठमाडौं आइपुगेको वाइडबडी विमान ए ३३० लाई डेढ सय यात्रुसहित साँझ साढे ६ बजे बैंगलौर उडाइएको छ ।

Read More

काठमाडौँ: माओवादीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले आज प्रदान गरेको पुरस्कारमा असहमति जनाउँदै केही पत्रकारले राजीनामा दिएका छन् । प्रेस सेन्टरको ललितपुर जिल्ला कमिटीलाई उत्कृष्ट घोषणा नगरिएकोमा अध्यक्षसहित आठ जना पदाधिकारीले राजीनामा दिएका छन् । उनीहरुले सेन्टरको साधारण सदस्यतासमेत त्यागेका हुन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा साँखुको एउटा रिसोर्टमा आयोजित कार्यक्रममा वितरित पुरस्कार असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको बताइएको छ । ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की,उपाध्यक्ष गोपाल आलेमगर,सचिव दीपक अर्याल,सहसचिव अनिल पन्त,कोषाध्यक्ष कृष्ण पौडेल,सहसचिव नारायण लिंखा देवान, ललितपुर महानगर समिति सचिव राजु नेपाल संयुक्त राजीनामा बुझाउनेमा छन् । संयुक्त राजीनामा दिनेमा प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश कमिटीका सदस्य राममणि…

Read More

गुल्मी: गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्गमा असल बुहारीहरुलाई सम्मान गरिएको छ । बुहारी सम्मान कार्यक्रम अन्तर्गत बुहारीहरुले ज्येष्ठ नागरिकप्रति गरेको सेवाको आधारमा नौ जना बुहारीलाई सम्मान गरिएको हो । पछिल्लो समय घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै सो वडामा प्रोत्साहन स्वरुप बुहारी सम्मान अभियान सुरु गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । वडा कार्यालयले साविकका नौ वडाबाट प्रतिनिधिमूलक रुपमा एक/एक जना असल बुहारीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको बताइएको छ । यस्तै, कार्यक्रममा उत्कृष्ट किसान, समाजसेवी, कर्मचारी, शिक्षक, उत्कृष्ट विद्यार्थी, खेलाडीलगायत विभिन्न समाजिक सङ्घ संस्थाका महत्त्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मान गरिएको बताइएको छ ।

Read More

काठमाडौँ: मिस नेपाल वर्ल्ड-२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिवार भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छन् । उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् । २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

Read More

बझाङ: बझाङमा यार्सा सङ्कलकबीच झडप भएको छ । जिल्लाको साइपाल गाउँपालिका-२ स्थित माझा वनमा यार्सा सङ्कलकहरुबीच झडप भएको हो । प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल-२ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबीच झडप भएको हो । झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका र उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका ७ को एक होटेलमा शनिवार बेहोस पाइएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका २ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए । आज बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए । उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

Read More

धनगढीः कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । क्याम्पसका विभागीय प्रमुखहरूले सामूहिक राजीनामा दिएका हुन् । शुक्रवार विभागीय प्रमुखबाट राजीनामा दिएर आन्दोलनमा उत्रिएका प्राध्यापकहरूले क्याम्पसमा तालाबन्दी समेत गरेका छन् । केन्द्रीय क्याम्पसका प्राध्यापकहरूको निहित स्वार्थका कारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको आरोप छ । विश्वविद्यालयले समायोजना हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेको थियो । यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्किटेक्चर इन्जिनियरिङ,…

Read More

कञ्चनपुर: कञ्चनपुरको कञ्चन बहुमुखी क्याम्पसमा अध्ययनरत भागेश्वरी देउवाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका गुलरियाकी देउवा बीए तेस्रो वर्षमा अध्ययनरत थिइन् । अन्दाजी २४ वर्षीया देउवा मुटु सम्बन्धी रोगबाट पीडित थिइन्।

Read More

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले महेन्द्रनगर नगर विकास घोटाला काण्ड यथाशीघ्र छानबिन गरी दोषिलाई कारबाहीको माग गरेका छन् । उनले समाजिक सञ्जालमार्फत नगरको गुरु योजना मिचेर जमिन लिजदेखि बिक्री वितरण लगायतका सबै गैरकानुनी गतिविधिमाथि छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् । ‘कञ्चनपुरको महेन्द्रनगर नगर विकास समिति (हाल भीमदत्त नगर विकास समिति)लाई २०३६ सालमा ६३८ बिघा ६ कट्ठा १३ धुर जमिनको स्वामित्व हस्तान्तरण गरेको थियो । उक्त जमिन जुन प्रयोजनका लागि नगर विकासलाई स्वामित्व दिइएको थियो, सो अनुसार प्रयोग नभई विभिन्न बहाना र स्वार्थ अनुसार स्थापना कालदेखिनै वास्तविक गुरु योजना विपरीत जग्गा बिक्री वितरण हुँदै आएको देखिन्छ,’…

Read More

बैतडी: नेपाल प्रेस युनियन स्थापना दिवसको अवसर पारेर बैतडीमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल प्रेस युनियन बैतडी शाखाले जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई शनिबार फलफूल वितरण गरेको हो । नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको प्रेस युनियन बैतडीका अध्यक्ष भगीरथ अवस्थीले बताए । बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा प्रेस युनियनका पदाधिकारी, नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र चन्द,तरुण दल बैतडीका उपाध्यक्ष महेशदत्त भट्ट, नेपाल पत्रकार महासंघ बैतडीका उपाध्यक्ष नरी बडू लगायतको सहभागिता रहेको थियो । फलफूल वितरण कार्यक्रमका लागि दशरथचन्द नगरपालिका १ मुस्याचोरस्थित होटेल जे एमले सहयोग गरेको थियो । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस…

Read More